//साढे छ अरबको विद्यालयको लाइबेरीमा माफियाको चलखेल

साढे छ अरबको विद्यालयको लाइबेरीमा माफियाको चलखेल

पुण्यप्रसाद प्रसाई, साहित्यकार तथा प्रकाशक
देशमा पुस्तकालय भएनन्, औपचारिक शिक्षा अर्थात् डिग्रीका लागि बाहेकको शिक्षामा सरकारले ध्यान पु¥याउँदै पु¥याएन भनिँदै रहेको बेला सरकारले अब भने सोचमा केही परिवर्तन गरेको लक्षण देखा परेको छ । सार्वजनिक पुस्तकालयदेखि, एक विद्यालय एक पुस्तकालयको अवधारणामा समेत सरकारलेकाम थालेको छ । अघिल्लो वर्षदेखि विश्वका विभिन्न दातृ निकायको सहयोगमा नेपाल सरकारले पुस्तकालय निर्माणका लागि ६ लाख ५० हजार प्रदान गर्दै आएको छ । दश हजार स्कुललाई पुस्तकालय उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको यो योजना लगभग साढे ६ अरबको हो । यो रकमको भरमार दोहन भइरहेको चर्चाहरू बजारमा जोडतोडले उठ्ने गरेका छन् । पुस्तकालयमा पुस्तक नभएर पुस्तकको बिलमात्र पुग्ने गरेको तथ्यहरू सार्वजनिक भइरहेका छन् । स्कुललाई सहुलियत दिनुको साटो शक्तिशाली पुस्तक प्रकाशकहरू शक्तिकेन्द्रमा धाएर आप्mना पुस्तक जसरी पनि पार्ने र कति प्रकाशक भने जिल्ला शिक्षा अधिकारीलाई कमिशन दिएर आप्mनो संस्थाको पुस्तक स्कुलमा लगाउन बाध्य पार्ने गरेका देखि अरु अनेक विकृति र विसंगतिको चर्चा बढेको छ । यही विषयमा केन्द्रित रहेर दर्जनौं सफल कृतिका सर्जक वरिष्ठ साहित्यकार तथा डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईसँग कुराकानी गरेका छौं ।

० विद्यालय क्षेत्र विकास कार्यक्रमले त पुस्तक प्रकाशकहरूलाई फाइदा भएछ नि ?
– नेपालमा सरकारको पुस्तकालय नीति नबनेको र देशमा पुस्तक कल्चरको विकास हुन नसकेको कारणले गाइड, गेस पेपर र टेक्स्ट बुक नभएर ति बाहेकका जेनेरल बुक जस्तो नेपाली साहित्य, विश्व साहित्यका पुस्तकहरू, जीवनी आत्मकथा, बालसाहित्य, धार्मिक, स्वस्थ, मनोविज्ञान, कृषि र अरु विविध किसिमका पुस्तक प्रकाशन गर्ने हामी जस्ता प्रकाशकको स्थिति निकै गाह्रो थियो । त्यसैले साहित्यको सेवा गर्ने भनेर आएका प्रकाशक पनि केही दिनपछि यस्ता पुस्तकको बिक्री ठप्प देखेर गाइड र गेसपेपर प्रकाशनतिर लागि हाल्थे । नेपालमा प्रकाशक भन्ने वित्तिकै आम मानिसले गाइड छाप्ने भनेर बुझ्थे किनकि यहाँका ९९ प्रतिशत प्रकाशक गाइड र गेसपेपर छापेर बाँचेका छन् । उनीहरूलाई कतै पुस्तकालय हुनु र नहुनुको केही चासो पनि छैन तर हामी जस्ता प्रकाशक जो केवल साहित्यिक, सामाजिक, जीवनी, बालसाहित्य र अन्य विविध पुस्तक मात्र प्रकाशन गर्छौं तिनीहरूलाई भने पुस्तकालयको अवधारणा केही राहत दिने हुन सक्छ ।
० प्रकाशनहरूको समूहमा डिकुराको भिन्न पहिचान के हो ?
– डिकुराको मुख्य उद्देश्य भनेको नेपालमा रिडिंग कल्चरको विकासमा योगदान पु¥याउनु नै रहेको छ । यसका लागि हामी लागि परेका छौं पनि । २ वर्षमा हामीले राजधानी र देशका विभिन्न ठाउँमा दर्जनभन्दा बढी पुस्तक प्रदर्शनी गर्नु यसै अन्तर्गत पर्छ । रिडिंग कल्चरको विकासका लागि पठनीय र रोचक पुस्तकहरू पाठकसम्म पु¥याएर उनीहरूको पढ्ने बानीको विकास गर्न आवश्यक छ । जसका लागि हामीले विश्वका अति महत्वका क्लासिकल बुकहरूलाई नेपाली भाषामा ल्याएका छौं, सयौं जीवनी र आत्मकथाका पुस्तक प्रकाशन गरेका छौं । बालबालिका लागि २०० भन्दा बढी शीर्षकका पुस्तक प्रकाशन गरेका छौं । डिकुरामा सबै खाले पाठककालागि आवश्यक पुस्तकहरू रहेका छन् ।हल्काफुल्कादेखि अति गम्भीर पुस्तक पनि हामीले छापेका छौं । नेपाली साहित्यका पुस्तक प्रकाशन गर्ने संस्थामा पनि पछिल्लो समय आएर हामी सबैभन्दा अघि देखिन थालेका छौं । प्रेरक साहित्य पनि हामीसँग पर्याप्त छन् । अहिले आम पाठकमा डिकुरा पब्लिकेसनमा जस्ता किसिमका पुस्तक पनि पाइन्छन् भन्ने धारणा बनेको छ । र, विविधता हाम्रो पहिचान बनेको छ ।
० विद्यालयको पुस्तकालयमा कस्ता पुस्तकहरू पुग्न आवश्यक छ ?
– मानिसमा उमेर अनुसारको रुचि हुने गर्छ । शरीरको विकाससँगै रुचिमा परिवर्तन हुँदै जानु मानिसको स्वभाव भएकाले उमेरकै आधारमा विद्यालयको पुस्तकालय बनाउनु पर्ने हुन्छ । जस्तो ससाना नानीहरूका लागि थोरै अक्षर र धेरै चित्र भएका पुस्तक हुनु पर्छ भने उमेर बढ्नुसँगै अलिक लामा कथा र कम चित्र प्रयोग गर्दा पनि हुन्छ । तीन क्लासदेखि ९, १० वर्षको बच्चा राम्ररी पढ्न सक्ने भएकाले उनीहरूका लागि रोचक कथा कविता सबैखाले पुस्तक दिन सकिन्छ । उनीहरूलाई जनवार र बालबालिका मुख्य पात्र भएका कल्पनाशिल पुस्तक रमाइलो लाग्छ । र, यस बेला उनीहरूलाई एकदमै कल्पना गर्न प्रेरित गर्ने पुस्तकहरू दिनु राम्रो हुन्छ । उनीहरू यस उमेरमा पढेको कुरालाई प्रयोग गर्न पनि रुचाउछन् । उडन्ते र काल्पनिक कुरा गर्न मनपराउँछन् र यसका लागि उनीहरूलाई प्यारेन्ट्स र टिचरले उत्साहित गर्नुपर्छ । जब कोही बच्चा उडन्ते र काल्पनिक कुरा गर्छ तब उसलाई धाप मारेर स्याबास दिनुहोस् । बच्चा जति उडन्ते कुरा गर्छ उसको दिमागले उति नै सक्रियताका साथ काम गरिरहेको हुन्छ । मस्तिष्कको क्षमतामा व्यापक बृद्धि भइरहेको हुन्छ । यसको मतलब के भने बच्चालाई एकदमै कल्पनासिल पुस्तक पढ्न दिनुपर्छ ।
दोस्रो फेजका बच्चालाई ९ क्लाससम्म मोटिभेसनल पुस्तक र जीवनी र आत्मकथा र फिक्सन पढ्न प्ररित गर्नुपर्छ । ९ क्लासदेखि स्टुडेन्ट सबैखाले पुस्तक पढ्न सक्ने हुन्छन् । उनीहरू कला, साहित्य, प्रेरक साहित्य जीवनी आत्मकथा, धार्मिक साहित्य, ज्ञान विज्ञान, इतिहास, भूगोल सबैखाले पुस्तक रुचिअनुसार पढ्न सक्छन् । यो उमेरमा अलिक बढी मोटिभेसनल पुस्तक पढाउनु अझ महत्वपूर्ण हुन्छ । विद्यालयको पुस्तकालय विद्यार्थीका लागि जति आवश्यक छ त्योभन्दा बढी टिचरलाई आवश्यक छ । एक टिचर जब धेरै पढ्न थाल्नुहुन्छ तब त्यसले स्वतः स्टुडेन्टलाई पढ्न प्रेरित गर्छ । स्कुलको पुस्तकालय प्यारेट्सका लागि पनि उपयोगी हुन आवश्यक छ त्यसैले स्कुलको पुस्तकालयमा सबैखाले पुस्तक हुनु आवश्यक छ ।
० अहिले निकै तातो बनेको छ स्कुल लाइब्रेरीकोकुरा तपाईको नाम पनि जोडिएको छ । शिक्षक मासिकले लेखेको छ तपाईंले स्कुललाई कोटेसन मिलाइदिने भन्नु भएछ ?
– सतही रिपोर्ट र रिपोर्टरको मूर्खताका विषयमा धेरै कुरा गर्नु खासै आवश्यक पर्ला जस्तो मलाई लाग्दैन । सरकारले नै पाँचलाख भन्दा कमको सामान जसमा पुस्तक पनि पर्छटेन्डर नगरी कोटेसनको आधारमा खरिद गर्न सक्ने भनेको नै छ भने कतै स्कुलमा पुस्तक दिनका लागि हामीले कोटेसन दिनु कुनै ठुलोे कुरा पनि भएन । अरुले जस्तै हामी पनि दिन्छौं ।दिन मिल्ने कुरा अथवा भनौं दिनै पर्ने कुरा दिन्छुभन्दा के गल्ती भयो ?सबै काम नियमसंगत मात्र हुन्छ भनेको कुरालाई समेत शिक्षक मासिकले तोडमोड गरेर पितपत्रकारिताको नमूना पेश गरेको छ । कहाँसम्म भने मेरो लिएको अन्तर्वार्ता नछापेर नक्कली कुरा छापेका छन् उनीहरूले । कनकमणिजीको संस्थाले गर्ने पत्रकारिता भनेको चाहे शिक्षक मासिकले होस या हिमाल खबर, ले कसैको पैसा लिएर यहाँ भ्रम छर्नका लागि हुने बारेमा नेपाली जनता उतिसारो अनभिज्ञ छैनन् त्यसैले मैले पनि उतिसारो चिन्ता गरिनँ ।
० अर्को एउटा गम्भीर आरोप पनि लाएको छ शिक्षक मासिकले, डिकुरा पब्लिकेसनले स्कुलमा हिंसा पैmलाउने खालका पुस्तक बिक्री गर्छ जस्तो चे ग्वेभारा र हिटलरको जीवनी तथा आत्मकथा अरु पनि यस्तै ?
– यही प्रसंगले पनि शिक्षक मासिकको रिपोर्टिंङको हैसियत र त्यसको प्रकाशन संस्थाको मिसन र सोच बारे ज्ञान हुन्छ जुन मैले माथि उल्लेख पनि गरें ।यो अलिक स्पष्ट हुन आवश्यक छ । एक पटक रोल्पाबाट एक जना सर आउनुभयो डिकुरामा पुस्तक लिनका लागि । उहाँलाई मैले विपीका केही पुस्तक पनि देखाएँ । यी पनि पठनीय छन्, बालबालिकाले मन पराउँछन् लिन सक्नुहुन्छ भने । तब उहाँले मलाई स्पष्ट भन्नु भयो, माक्र्सवादी बाहेक एउटा पनि पुस्तक आल्तुफाल्तु नहाल्नुस्, यो विपीको त भन् एउटै नपरोस् ।
पूर्वतिरबाट त्यसैगरी अर्को सर आउनुभएको थियो, उहाँलाई नेपाली साहित्यका पुस्तक देखाएँ केही प्रगतिशिल साहित्य पनि । उहाँले भन्नु भयो, यो बामेको साहित्य पनि साहित्य हो, विपी बाहेक पनि यो देशमा कोही साहित्यकार छ । माक्र्सवादी पुस्तक एउटा पनि नराख्नू । राख्नुभयो भने पैसा फिर्ता लिन्छु । शिक्षक मासिकको त्यो रिपार्ट पनि यि सरहरूकै मानसिक स्तरका व्यक्तिबाट लेखिएको हो । उहाँलाई हामीले प्रकाशन गरेका चे र हिटलरले हिंसा बढाउँछ जस्तो लाग्यो, सायद नेपोलियन, जर्ज वासिंटन, सुवासचन्दु बोस, माओ, हो चि मिन्ह, चर्चिलका पुस्तक पनि त्यस्तै लाग्छन् । हिंसा बढाउने पुस्तक । ०४६ साल अघि पञ्चायती सरकारलाई विपी, केपी, गणेशमान, मनमोहन सबैका पुस्तक हिंसा र विद्रोह पैmलाउने खालका नै लाग्थे । उता अर्को खाले हुन्छन् जसलाई विपीको सुम्निमा, आशोको संभोगबाट समाधि मात्र हैन, गर्भावस्था र शिशु पालन समेत अश्लिल लाग्छ । रुसमा एकपटक गीतालाई नै हिंसा बढाउने पुस्तक भनेर प्रतिबन्ध लगाउने प्रयास भएको थियो । शिक्षक मासिकको जस्तो यही मानसिकता भएपछि मानिसले पुस्तकालयमा आगो लगाउँछ किनकि ऊ आपूmभन्दा फरक विचारलाई निषेध मात्र हैन निर्मूल नै पार्न चाहन्छ, एउटा एउटा बहाना बनाएर । तर मेरो मान्यता त्यस्तो छैन, म पुस्तकालयमा सबै खाले विचारका पुस्तक हुनुपर्छ भन्ने खालको मान्छे परें । त्यसैले म स्कुलको पुस्तकालयमा पुस्तक लग्दा सरहरूलाई आप्mनो रुचिको आधारमा भन्दा पनि सबै खाले पुस्तक लान अनुरोध गर्छु ।र, हाम्रो डिकुरा पब्लिकेसन प्रकाशनमा पनि विविधता ल्याउने प्रयास गरिरहेको छ जसको परिणामा हामीसँग विभिन्न शीर्षकका ८०० भन्दा बढी पुस्तक छन् । यहाँ केही गाइडवाला प्रकाशक छन् जो स्कुलको लाइब्रेरी गाइड र गेसपेपरले भर्न खोजिरहेका छन् तर हामीसँग पुस्तकालयका लागि अति नै महत्वका पुस्तक भएकाले त्यसमा टिचरको रुचि देखिन्छ ।
० तपाईंको डिकुरा पब्लिकेसनलाई अहिले पुस्तक व्यवसायी र यसका संघले समेत एउटा अभियोग लगाइरहेका छन् बढी छुट बजार विगा¥यो भनेर ?
– पुस्तक व्यवसाय अहिले आएर गाइड र पाठ्यपुस्तक छाप्ने प्रकाशकबाट नियन्त्रित भएकाले यस्तो विचार आएको हो बजारमा किनकि उनीहरूको उद्देश्य केवल पैसा कमाउने हो । तर हामी जो गाइड र पाठ्यपुस्तक नछापेर अरु विविध पुस्तक प्रकाशनको व्यवसाय गर्छौं हाम्रो उद्देश्य केवल पैसा कमाउनका लागि मात्र गरिने व्यवसाय हैन यो । त्यसमा पनि म जस्ता लेखकहरू नै यो व्यवसायमा आउनुको कारण भनेको पुस्तक र पुस्तक पठनको महत्व समाजमा स्थापित गर्नका लागि पनि हो । पैसा मात्र कमाउने हो भने त तपाई जग्गा दलाली गरेर र शेयर ब्रोकर भएर पनि कमाउन सक्नु हुन्छ । अब यस व्यवसायमा पनि यही मार्काका मानिसहरू हावी भएकाले पनि यस्तो विचार आएको हो ।म यो क्षेत्रमा आएको पैसाका लागि मात्र नभएर पुस्तक कल्चरका लागि हो । यो देशमा एउटा पनि पुस्तक नभएका लाखौं घर छन् । एउटा पनि पुस्तकालय नभएका दशौं हजार स्कुल छन् । बाहिरको त कुरै नगरौं उपत्याकामा एउटा गतिलो सार्वजनिक लाइब्रेरी छैन जबकि यति जनसंख्या भएका महानगरमा २०० बन्दा बढी लाइब्रेरी चोकचोकमा हुनु पथ्र्यो । रत्नपार्कमा कसैलाई पर्खनु परे हाम्रा युवाले पुस्तकालयमा पढ्दै पर्खन पाउनु पथ्र्यो । तर विडम्बना सरकारले पुस्तकको महत्व नबुझेका कारण या पैसाको अभावका कारणले यो हुन पाएको छैन । तर म आप्mनो तरिकाले यो अभियानमा लागेको छु । एकदमै न्युन नाफा राखेर बढी छुटमा रुचिकर र पठनीय पुस्तक उपलब्ध गराएर म पाठकलाई आकर्षित गर्न खोजिरहेको छु । पुस्तक पाठक कम छन् तिनै कमलाई निचोरीहाल्न चाहनेहरूको हुँइया हो यो । पैसामात्र खोज्ने नाफाखोरहरूले गर्ने व्यवसाय नै हैन यो । यो पुस्तकको वास्तविक महत्व बुभ्mने र पुस्तकलाई अन्तरहृदयबाटै प्रेम गर्नेहरूले गर्ने व्यवसाय हो ।
० कुनै पनि व्यापारबाट फाइदै नभए कसरी व्यवसाय बढाउन सकिन्छ त ?
– फाइदा दुई किसिमका हुन्छन् गर्नासाथै पाइने फाइदा र समयको अन्तरालमा हुँदै जाने फाइदा । हामी त्यही पछिल्लो लामो बाटो हिंडिरहेका छौं । फाइदा हुनु पर्छ र त्यो हामीलाई पनि आवश्यक छ । हामीलाई यस कारणले फाइदा चाहिन्छ ताकि सेवाको गणस्तर बढाउन सकियोस् । तर फाइदाका नाममा लुट मचाउन भने पाइँदैन । फाइदा अरुले पनि राखेका छन् तर उनीहरूको कमिशनको खेल ठूलो हुन्छ । विभिन्न हांगाबिगामा उनीहरूको कमिशन पुग्नुपर्ने हुनाले सिधा पाठकलाई पुग्ने बेलामा त्यो नदेखिने छुट हुन्छ तर हाम्रो सिधा पाठक या बढीमा एक स्टेप मात्र रहने हुनाले हामी आम पाठक या भनौं सिधै उपभोक्तमा पुग्ने भएकाले बढी छुट देखिएको हो । यो पनि होलसेलरले पाउने भन्दा केही कम नै हुन्छ ।
० भर्खरै एक पत्रिकामा तपाईंहरूले त्यही पुस्तकको प्राइस पहिलाभन्दा बढी बढाएर बढी छुट दिएको भन्ने पनि छ जस्तो तपाईंहरूले पहिला प्रकाशित गरेको चे को मूल्यभन्दा अहिले बढी छ भनिएको छ ?
– सायद तपाईंले भर्खरै प्रकाशित ‘शिक्षक’ मासिकको आधारमा यसो भन्नु भएको होला । यसलाई प्रष्ट पारौं । पहिला त यो पत्रिका कसले प्रकाशित गरेको र त्यो पत्रिकाले त्यो लेख लेखेर डिकुरा पब्लिकेसनका पुस्तकको विरोध गर्नुको अन्तर्य के छ बुभ्mनु आवश्यक छ । त्यसपछि हामी पुस्तकको मूल्य बढी राखेर बेचेको हो या बजारमा अरु बिक्री भइरहेका पुस्तकका दाँजो कम छ बताउँछु ।
० त्यो लेखको उद्देश्य सरकारका रकमको दुरुपयोग नहोस् विद्यालयमा बढीभन्दा बढी र आवश्यक पुस्तक पुगुन भन्ने नै होइन र ?
– सीधा हेर्दा त्यस्तै लाग्छ तर भित्री कुरा भने अर्कै छ । हिमाल मिडिया र उसका सिस्टर अर्गनाइजेसनहरू छन् जो पुस्तकबिक्रीमा माफियागिरी गरिरहेछन् । पुस्तकमा मात्र होइन पूरा शिक्षा क्षेत्रमा हावी हुने यिनीहरूको सोच अन्तर्गत हाम्रा विरुद्ध यो लेख आएको छ । अघिल्लो वर्ष हुनुपर्छ आठ दश करोडको एक प्रोजेक्ट आयो । विभिन्न स्कुललाई हुने बालबालिकालागि पुस्तक दिनुपर्ने । त्यो विभिन्न शक्तिकेन्द्रमा धाएर कनकमणि दिक्षितजीहरूले हात पार्नु भयो र पहिला रुम टु रिडले पहिल्यै स्कुलमा पठाएका पुस्तकहरूको राइट लिएर रातारात छापेर फेरि तिनै पुस्तक स्कुलमा पु¥याइए । यदि खुला रुपमा माग गरेको भए अरु दर्जनौ प्रकाशक जो बालासाहित्यका पुस्तक प्रकाशित गरिरहेका छन्, हामीले पनि २०० भन्दा बढी शीर्षकमा बाल साहित्य प्रकाशित गरेका छौ, सबैका पुस्तक जान्थे तर कनकजीहरूले सबै एक्लै खाने लोभले फेरि उही पुस्तक पुगे । अब यो १० हजार स्कुललाई ६ लाख ५० हजारको लाइब्रेरीको योजना छ यो ठूलो रुपैयाँको छ । पाँच वर्षमा झण्डै साढे ६ अरब । यत्रो ठूलो रकममा उहाँहरूका आँखा नबल्ने कुरै भएन । र, यो पनि शक्ति केन्द्रमा धाएर अनेक प्रलोभन दिएर उहाँहरूले आप्mनै हातमा पार्न खोज्नु भयो । सबै पुस्तक हामी नै दिन्छौं भनेर यो ६ अरब ५० करोडको प्रोजेक्टका लागि शिक्षा मन्त्रालय प्रधानमन्त्री कार्यालय र अरु अनेक ठाउँमा उहाँहरूको एजेन्ट खटे तर त्यो बेला खड्ग ओली प्रधानमन्त्री भएका कारणले उहाँहरूको यो आर्थिक खेलको दुश्चर्क सफल भएन । बजेट जिल्लामा नै जाने भयो ।
अब जिल्लामा त्यो पनि सीधा स्कुलले नै आप्mनो स्वविवेकको प्रयोग गरेर पुस्तक खरिद गर्न सक्ने भएपछि उहाँहरूले शक्ति केन्द्रको आडमा र पैसाको बलमा भ्रष्ट जिल्ला शिक्षा अधिकारीहरूलाई चाहिं प्रभावमा पारेर आप्mनामात्र पुस्तक दिन कनकमणिजीहरूका मात्र होइन एकता बुक्सदेखि विद्यार्थी पब्लिकेसनका एजेन्टहरू खुब खटिरहेका छन् । केही महिनादेखि कनकजीहरूकै मार्केटिङ म्यानेजर ताराजीहरू देश दौडाहमा छन् । यसरी बाहिर स्कुल घुमेपछि उहाँहरूले के थाहा पाउनु भयो भने डिकुरा पब्लिकेसनसँग स्कुलका लागि चाहिने सबै खालका पुस्तकहरू छन् । बालसाहित्य २०० भन्दा बढी पुस्तक ५०० भन्दा बढी जीवनी र आत्मकथाका पुस्तक, प्रेरक साहित्य, धार्मिक र स्वस्थ्यका, बाल मनोविज्ञानका पुस्तक, कला साहित्यमा उपन्यास, कथा, कविता निबन्धका साथै विश्वका दुर्लभ साहित्यको नेपालीमा अनुवाद समेत देखेपछि र तिनै पुस्तकमा विद्यालयले रुचि देखाएको पाएपछि उहाँहरूले यो खेलबाट हामीलाई बाहिर निकाल्ने षडयन्त्र अन्तर्गत नै आएको हो त्यो शिक्षक मासिकको हाम्रा विरुद्धको लेख । शुरुमा उहाँहरू जिल्लाशिक्षा अधिकारीलाई आर्थिक प्रलोभन पारेर सबै स्कुललाई डिकुराका पुस्तक चाहिं नलिनु भन्न सर्कुलर जारी गर्न लाउनु हुन्थ्यो । आज पनि म कहाँ कति स्कुलको सरहरू आउनु हुन्छ र भन्नु हुन्छ, जिशिअले तपाईंहरूले एकता बुक्स, हिमाल मिडिया र विद्यार्थी पब्लिकेसनबाट नै पुस्तक ल्याउनु होला, डिकुराबाट ल्याए म बिल पास गर्दिन भनेका छन् तर हामी तपाईंहरूकोमा नै आयौं किनभने तिनीहरूका निकै कम पुस्तकमात्र हामीलाई कामका छन् तर तपाईंले दिने ९० प्रतिशत पुस्तक हामीले उपयोगी पायौं । फेरि छुट पनि राम्रो दिनु भएकाले बढी पुस्तक पनि लान सकिने भयो ।
जिशिअले यसो भन्नुको कारण चाहिं के होला त भनेर मैले प्रश्न गर्दा सरले भन्नु भयो, होला नि कमिशनको खेल । उनीहरू सिधै जिशिअलाई कमिशन दिन्छन् । पैसा खान पाएपछि के चाहियो अनि हामीलाई फलाना ठाउँबाटै ल्याउनु भन्छन् । यस्ता धेरै प्रकाशनहरू छन् जो हामी स्कुललाई छुट दिएर बढी पुस्तक स्कुलमा पु¥याउनुभन्दा जिशिअलाई घुस दिन राम्रो मान्छन् ।
० तर तपाईंहरूको पुस्तक महँगा छन् भन्ने कुरा चाहिं नि ?
– पहिलो कुरा हामी विरुद्ध जो यस्तो कुप्रचार गरिरहेका छन् तिनीहरू यस्तै माफियागिरी गर्ने प्रकाशन र तिनीहरूका एजेण्ट हुन् । यो देशमा सबैभन्दा महँगा पुस्तक नै जगदम्बा पब्लिकेसनका छन् । विदेशबाट पुस्तक छापेर फ्रि कपिज बाढ्ने भनेको पुस्तकको समेत उनीहरू चर्को मूल्य राखेर बेच्ने गर्छन् । उपभोक्ताको ढाड सेक्ने गरी चर्को मूल्य लिएपछि त्यो राम्रोमा प्रमाणित हुन्छ भन्ने उनीहरूको सोच छ । चाहे त्यो रातो बंगालको चर्को फि होस् या पुस्तक । जस्तो उदाहरणमा डिकुरा पब्लिकेसन र मेरा विरुद्धलेख्ने त्यही शिक्षक मासिकले प्रकाशित गरेको पुस्तक लिउँ, ‘दिवास्वप्न’ भन्ने गिजुभाइको एउटा पुस्तक छ १२३ पेजको, मूल्य छ २०० रुपैयाँ, अर्को लिउँ यिनीहरूकै टिमको गिजुभाइकै पुस्तक ‘हामी आमाबाबु’, जुन ११६ पेजको छ मूल्य छ २२५ रुपैयाँ । अब हाम्रो चे ग्वेभारा जुन उनीहरू महँगोमा बेच्यो भनेर पत्रिकामा लेखिरहेछन् ५४४ पेजको पुस्तक छ मूल्य छ ६९५ उनीहरूको हिसाबले मूल्य राख्ने हो भने यस पुस्तकको मूल्य एक हजार हुन्थ्यो । अरुका पुस्तकका मूल्य पनि हेरौं ‘यार’ भन्ने नयनजीको पुस्तक छ फाइनप्रिन्टले निकालेको पेज २४० मूल्य ४७५ अर्थात् पेजको दोब्बर त्यो हिसाबले डिकुराले प्रकाशन गरेको मैले लेखेको ‘युद्धका डोबहरू’ ४०० पेजको पुस्तकको मूल्य मैले ८०० राख्नु पथ्र्यो तर ५०० मात्र छ । यस्तै उनीहरूले भनेको हिटलरको जीवनी र आत्मकथाको पेज र मूल्य उनीहरूले राखेको मूल्यभन्दा निकै नै सस्तो पर्छ पाठकलाई । हाम्रो अर्को पुस्तक हेरौं, १२५ जनाको जीवनी भएको ६०८ पेजको पुस्तक उनीहरूकै अनुसार मूल्य राख्ने हो भने मैले यस पुस्तकको मूल्य १२०० नभए पनि ११०० राखे हुने हो । तर हामी उनीहरूले जस्तो शक्तिको आडमा उपभोक्तालाई ठग्दैनौ । हाम्रा कुनै पनि पुस्तकको मूल्य नेपालमा अहिलेका चलिरहेका पुस्तकको दाँजोमा बढी छैन र बरु कम छ र गुणस्तर कसैको भन्दा कम छैन । भन्छन् नि मान्छे आप्mनो आङमा भैंसी बोकेर अर्काको जुम्रा देखाएर जिस्काउँछ ।
० त्यसो भए यति धेरै छुट तपाईंहरू कसरी दिइरहन सक्नु भएको छ त ?
– मैले पहिला पनि भनेको छु हामी कम मार्जिनमा काम गर्छौं । हामी आजको भोलि नै नाफा कमाइहालेर भोलि अन्त लाग्न आएका हैनौ । हामी पठन संस्कृतिको विकास गरेर पुस्तक व्यवसायलाई दिगो बनाउन आएका हौं। पुस्तकको दुनियाँलाई उपयोगी बनाउन र पुस्तक कल्चरको विकास गर्नमा हामीसँग धेरै राम्राराम्रा योजनाहरू छन् जुन अब हामी चाँडै नै त्यसमा प्रयोग शुरु गर्ने छौं । हामी अनेक शक्तिकेन्द्रलाई कमिसन खुवाउने चक्कर नगरेर सिधै स्कुल र उपभोक्ता अनि पाठकलाई सम्मान गर्ने विक्रेतालाई बढी छुट दिनेछौं ।
० तर धेरै प्रकाशक त भनिरहेका छन् पुस्तकमा त्यत्रो फाइदा नै हुँदैन कसरी बढी छुट दिन सकिन्छ ?
– फाइदा नहुन्थ्यो भने तिनीहरू महल बनाइरहेका चाहिं कुन पुख्र्यौली सम्पत्ति ल्याएर हो नि ? उपभोक्तालाई चुस्ने बानी परेकाहरूले बोल्ने भाषा हो यो । उपभोक्तालाई छुट दिनुको साटो कमिशन बाँड्न पल्केकाले बोल्छन् यो भाषा । हामी विभिन्न ठाउँमा पुस्तक प्रदर्शन गर्दै पाठकलाई आकर्षित गर्न केही बढी छुट दिँदा यस्ता कमिशन खोरहरू जुलुस लिएर समेत विरोधमा उत्रेका थिए ।
० तपाईंहरूका पुस्तकको गुणस्तरलाई लिएर पनि शंका उब्जाएका छन् नि ?
– यहाँका धेरै प्रकाशकहरू पत्रिकामा छापिएका लेख बटुलबाटुल पारेर पुस्तकको आकार दिन्छन् र छाप्छन् अनि त्यही गुणस्तरी भनेर प्रचार गर्छन् । तर हामी पाठकको रुचि र आवश्यकतालाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्छौं । हामीले विभिन्न ठाउँमा धेरै पटक पुस्तक प्रदर्शनी गरेका छौं त्यहाँ पाठक हाम्रा पुस्तकमा नै झुम्मिएको, मन पराएको र बढी बिकेको हामीले देखेका छौं । अब आप्mनो पुस्तकलाई आपैm राम्रो र गुणस्तरीय भनेर मख्ख पर्ने कि जनताले भन्ने हो । जनताले त हाम्रा पुस्तक मनपराउनु भएको छ । हाम्रो मेहनत देख्नु भएको छ । पाठकले हामीलाई रुचाएको देखेर कमिशनखोर दलाल प्रकाशकहरू आतिएर हाम्रो विरोध गरिरहेछन् कहिले के त कहिले के भनेर । केहीले त संघ पनि बनाएका छन् यस्तो लाग्छ यिनीहरूले संघ बनाएकै हाम्रो विरोध गर्न हो । कहाँसम्म भने उनीहरू डिकुराले गर्ने पुस्तक प्रदर्शनीको समेत विरोध गर्छन् ।
० कतिले तपाईंहरूका धेरै अनुवाद कमजोर छ पनि भनेका छन्?
– त्यो पनि पाठकले हैन कुनै प्रकाशनको कुप्रचार हो । कमी कमजोरी छैनन भन्ने हैन । जसले गर्छ उसबाटै गल्ती पनि हुने हो । पुराना गल्ती भेटिए पछिल्लो संस्करणमा हामीले सच्याएर पनि निकालेका छौं।तर अरुका जो हामीलाई आरोप लाउन मजा मान्छन् तिनीहरूका पुस्तक चाहिं गल्ती नै नभएका हुन् त ? यता पनि विचार गरौं । म पुस्तक प्रकाशन र लेखनमा २४ वर्षदेखि छु । डिकुरा २४ वर्षको लक्का जवान भइसकेको छ । त्यसैले हामीलाई विश्वास छ अब पाठकले हामीलाई बुझेका छन् । पठन संस्कृतिको विकासमा यो देशमा हाम्रो भूमिकालाई कम आँक्न खोजेर, हाम्रो बदनाम गर्न खोजेर अब आम पाठकले विश्वास गर्दैनन् भन्ने हाम्रो ठम्याइ छ ।
० तपाईं कतै स्कुलमा सिधै जानु हुन्न कसैलाई कमिशन पनि खुवाउनु हुन्न तर कसरी स्कुलहरू तपाईंकोमा पुस्तक लिन आइपुग्छन् ?
– हामी स्कुलमा पुस्तक पठाउनु अघि बडो संवेदनशिल बन्छौं । पुस्तक लिन आउनुहुने टिचरहरूलाई सबै किसिमका पुस्तकहरू देखाउँछौं । यहाँनेर अवगत गराउँ, सरहरू काठमाण्डौ सिधै हाम्रा पुस्तक लिन आउनु हुन्न । तिनै शक्तिकेन्द्रले पठाएका ठाउँमा पुग्नु हुन्छ । स्कुलका सरहरू भनेको पढेको विद्वान मान्छे हुने हो उहाँहरूको चेतना यहाँ काठकाण्डौमा बसेर आपूmलाई महान् ठान्नेको भन्दा कति पनि कम छैन । यहाँ आइसकेपछि सबै कुरा थाहा हुँदै जान्छ । उहाँहरू हाम्रा बारेमा पनि सुन्नु हुन्छ र आइपुग्नु हुन्छ । हाम्रा पुस्तकहरू देखेपछि उहाँहरू चकित पर्नुहुन्छ स्कुलका लागि अति नै उपयोगी पुस्तक देखेर । अनि उहाँहरू हाम्रा पुस्तक छान्नु हुन्छ । तीस प्रतिशत चाहिं दिनुहोस् है भनेर अनुरोध गर्नुहुन्छ तर हामी उहाँहरूलाई ४० प्रतिशत दिन्छौं । यसपछि उहाँहरू त्यो बढी छुटको पनि फेरि पुस्तक नै थप्नु हुन्छ । र, एक ठाउँको स्कुलमा पुस्तक पुगेपछि त्यो स्कुलमा पुस्तक हेरेर अन्य स्कुलबाट पनि सरहरू आउनु हुन्छ । यसरी हाम्रो सेवा र गुणस्तरले पाठकलाई आकर्षित गरिरहेछ भन्ने हाम्रो विश्वास हो जुन पुस्तकमा दलाली गर्ने बानी परेकालाई पाच्य छैन ।
० बढी छुट चाहिं किन ? कम छुटमै बेचे पनि हुने नि ?
– यसको खास कारण त स्कुलमा बढी पुस्तक पुगुन भन्ने नै हो । अर्को कुरा नेपालमा स्कुल यस्ता ठाउँमा समेत छन् जहाँ पुस्तक खच्चरमा बोकाएर लानु पर्छ । जुन पुस्तक किन्नुभन्दा महँगो पर्छ । यदि राम्रो छुट नपाउने हो भने उहाँहरूले स्कुलमा पुस्तक लानै सक्नुहुन्न । हामीले दिएको त्यो थप छुटले उहाँहरूलाई पुस्तक लान अलिक सहज भएको छ । अर्को कुरा बचेको पैसाले स्कुलमा पुस्तक राख्न थप ¥याक पनि बनाउन सकियो ।अझ अर्को कुरा जुन स्कुलका सरहरू पुस्तक नलगी बिलमात्र किनेर पैसा खाने दाउ गरिरहेका हुन्छन् उनीहरूलाई पनि बिल किन्नुभन्दा त त्यो पैसाले पुस्तक नै आउने भएकाले पुस्तक किन्न प्रेरणा मिल्ने भयो । यो थप छुटले भ्रष्टचार पनि रोकिरहेको छ । तर हाम्रो यो पवित्र भावनालाई पनि बग्याएर लेखेको छ शिक्षक मासिकले । मिडियालाई केही माफियाहरूले आप्mनो नीजि स्वार्थमा प्रयोग गर्दा अनुसन्धानको नाममा यस्ता अर्काको चरित्रहत्या गर्नेसम्मको स्तरमा गिर्छ । फेरि चरित्रहत्या गर्ने आलेख बनाउने रामजी दाहालहरू म मिडियाकर्मी हुँ भन्ने बिर्सन्छन् आपूmलाई बोस कनकमणिको नोकरको रुपमा प्रस्तुत गर्छन् किनकि उनीहरू योग्यताले नभएर यस्तै बोस खुसी
पारेर काम पाउँछन् । उनीहरू पत्रकारिता मार्फत प्रकाशकरुपी बोस कनकमणिजीहरूको अन्य व्यापार बढाउन लागिपर्न अभिशप्त छन् ।