//सुबेदारबाट श्री ३ महाराज बन्न सफल जङ्गबहादुर

सुबेदारबाट श्री ३ महाराज बन्न सफल जङ्गबहादुर

मोहन थापा

जन्म र परिवार

जङ्गबहादुर कु“वरको जन्म वि.सं. १८७४ असार ७ गते काठमाडौँमा भएको हो । उनी तत्कालीन नेपाल दरबारका काजी बालनरसिंह कुँवरकी कान्छी श्रीमती गणेशकुमारीतर्फका जेठा छोरा थिए । जङ्गबहादुरको बाल्यकालको नाम वीरनरसिंह कु“वर थियो । जङ्गबहादुरका मामा माथवरसिंह थापाले यिनको स्वभावअनुरूप जङ्गबहादुर नाम राखिदिएका थिए ।

पृथ्वीनारायण शाहको सेनामा सर्दार रहेका वीर योद्धा रामकृष्ण कु“वरका छोरा काजी रणजीत कु“वर र रणजीत कु“वरका जेठा छोरा काजी बालनरसिंह कुँवर जङ्गबहादुरका पिता थिए । काजी बालनरसिंह कु“वरकी जेठी श्रीमतीतर्फबाट एक छोरा थिए, उनको नाम भक्तवीर कु“वर थियो । जङ्गबहादुरकी आमा गणेशकुमारीका तर्फका जङ्गबहादुर, बमबहादुर, बद्रीनरसिंह, कृष्णबहादुर, रणोद्धीपसिंह, जगतसमशेर र धीरसमशेरसमेत सात छोरा थिए, जसमध्ये जेठा जङ्गबहादुर कु“वर थिए ।

राजदरबारस“गको हिमचिम

वि.सं. १८६३ वैशाख १५ गते राति राजा गीर्वाणयुद्धविक्रम शाहका नायब रहेका रणबहादुर शाहको सौतेनी भाइ शेरबहादुर शाहले तरबार प्रहार गरी हत्या गरिदिए । तत्कालै शेरबहादुर शाहको बालनरसिंह कु“वरले हत्या गरिदिए । अब नेपाल दरबारमा भीमसेन थापा शक्तिशाली बने । भीमसेन थापाका भाइ काजी नयनसिंह थापाकी छोरी गणेशकुमारी थापासँग बालनरसिंह कु“वरले दोस्रो विवाह गरेका थिए । काजी नयनसिंह थापाकी कान्छी छोरी ललितत्रिपुरासुन्दरीस“ग पूर्वराजा रणबहादुर शाहले चौथो विवाह गरेका थिए । रणबहादुर शाहको हत्यापछि नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहको नायब बनेर ललितत्रिपुरासुन्दरीले भीमसेन थापाको सहयोगमा नेपालको राजकाज चलाएकी थिइन् । तसर्थ जङ्गबहादुर क“ुवरले बाल्यावस्थादेखि नै नेपालको राजदरबारमा हिमचिम बढाएका थिए ।

नेपाली सेनामा सुबेदारमा नियुक्ति,

लप्टनमा पदोन्नति र बर्खास्दी

काजी बालनरसिंह कु“वर भीमसेन थापाका अत्यन्त विश्वासीमध्येका थिए । भीमसेन थापाको सिफारिसमा बानलनरसिंह कु“वर बडाहाकिम बनेर वि.सं. १८८५ ताका केही समय पूर्वी नेपालको धनकुटा र वि.सं. १८९०–९२ तिर पश्चिम नेपालको डडेल्धुरा र जुम्लामा सपरिवार बसेका थिए । नेपाल दरबारमा भीमसेन थापा शक्तिशाली रहेकै अवस्थामा वि.सं. १८९० मा जङ्गबहादुर बाबुसँग डडेल्धुरामा छँदा १६ वर्ष उमेर पुगेपछि नेपाली सेनाको सुबेदार पदमा नियुक्त भए । तत्कालीन अवस्थामा राज्यका प्रशासनिक निकायका प्रमुख पदमा सेनाका अधिकारी नै हुने गर्दथे । राजधानीबाहिरका संवेदनशील क्षेत्रका प्रमुखका रूपमा बडाहाकिम नियुक्त गरेर सैनिक अधिकारीलाई पठाउने प्रचलनअनुसार सेना र प्रशासन प्रमुखका रूपमा नियुक्त बालनरसिंह कु“वरका छोरा जङ्गबहादुर कु“वरले घोडा चढ्ने, दौडने, रुख चढ्ने, कुस्ती खेल्ने, पौडी खेल्ने, सिकार खेल्ने, निशाना लगाउने, बन्दुक चलाउने लगायतका कार्यमा निपुणता हासिल गरेका थिए । जङ्गबहादुर सानैदेखि जोखिमपूर्ण कार्य गर्न उत्साहित हुन्थे । हिन्दू शास्त्रमा वर्णित युद्ध र लडाइँका कथा सुन्न मन पराउने जङ्गबहादुरले नेपालको एकीकरण युद्ध, दरबार र भारदारबीचको आन्तरिक द्वन्द्वबाट समयानुकूल बुद्धि र पाठ सिकेका थिए । यिनी वि.सं. १८९२ मा बाबुको जुम्लामा भएको सरुवास“गै जुम्लामा सरुवा भएर नेपाली सेनाको सुबेदार पदबाट रिसल्लातर्फको लेफ्टिनेन्ट पदमा पदोन्नत भएका थिए । बाबुस“ग काठमाडौँ उपत्यकाबाहिर रह“दा जङ्गबहादुरले देशका पूर्व–पश्चिमका जिल्ला र भुगोलबारे जानकारी पाएका थिए । त्यस अवधिमा उनले नेपालको सीमा र रहन–सहनलाई नजिकबाट अनुभव गर्ने मौका पाएका थिए ।

वि.सं. १८९४ मा मुख्तियार तथा जनरल कमान्डर–इन्–चिफ भीमसेन थापालाई राजा राजेन्द्रविक्रम शाहकी जेठी श्रीमती साम्राज्यलक्ष्मीदेवी शाहतर्फबाट जन्मिएका बालक छोराको मृत्यु विष सेवनबाट भएको र सो कार्यमा  भीमसेन थापासमेतको हात छ भन्ने आरोपमा पदमुक्त गरियो । भीमसेन थापालाई विष मुद्दामा पदमुक्त गरी कैदमा राखिएपछि उनका परिवार, नातेदारहरू सबैलाई राज्यका सेना र प्रशासनलगायत सबै पदबाट बर्खास्त गरिएको थियो । सोही अभियोगमा जङ्गबहादुरका बाबु बालनरसिंह कु“वर काजी तथा बडाहाकिम पदबाट र उनका छोरा जङ्गबहादुर कु“वर पनि रिसल्लातर्फका लप्टन पदबाट पदमुक्त गरिए । सरकारी जागिर खोसिएपछि जङ्गबहादुरको परिवार काठमाडौँ फिर्ता भयो । घर र जायजेथा सरकारकातर्फबाट सर्वस्व गरिएकाले कु“वर परिवार दुःखका साथ जीवनयापन गर्न बाध्य भयो ।

कप्तानमा नियुक्ति

त्यस बेला हिउ“दमा काठमाडौ“मा धेरै जाडो हने हु“दा राजाहरू सपरिवार जाडो छल्न र सिकार गर्न तराईतर्फ जाने गर्दथे । सेना, सुसारेसहित ठूला जङ्गलमा सिकार खेल्ने टोलीमा धेरै मानिसहरू हुने गर्दथे । वि.सं. १८९७ को जाडो मौसममा राजा राजेन्द्रविक्रम शाह सैनिकसहित ठूलो टोली लिएर तराईमा सिकार खेल्न गए । सो टोलीमा जङ्गबहादुर पनि थिए ।  सिकार यात्रामा जङ्गबहादुर कु“वरले राजा राजेन्द्रलाई चलाखीका साथ हात्ती खेदामा जङ्गली हात्ती समात्न र बाघलाई घेराउमा पारी मार्ने कला देखाए । जङ्गबहादुरसँग राजा राजेन्द्र खुसी भए । उनले जङ्गबहादुरको परिवार र स्वयं उनी भीमसेन थापाको पतनसँगै बिनाअपराध खोसुवामा परेको, सर्वस्व गरिएको जानकारी पाए । उनले जङ्गबहादुरलाई तत्कालै तोपखानाको कप्तान पदमा नियुक्त गरिदिए ।

जङ्गबहादुर कु“वर सुरा, चलाख र बुद्धिमान थिए । नेपाली सेनाको कप्तान दर्जामा नियुक्त भएपछि उनले काठमाडौ“ उपत्यकामा कतिपय जोखिमपूर्ण कार्य गरेका चर्चाहरू आजपर्यन्त पढ्न पाइन्छ । जङ्गबहादुरका यस प्रकारका कार्यबाट त्यसताका राज्यका सबैजसो मानिसहरू परिचित थिए । सोही कारण जङ्गबहादुरलाई युवराज सुरेन्द्रविक्रम शाहको अङ्गरक्षक नियुक्त गरियो । युवराज सुरेन्द्रविक्रम शाहको आदेशमा जङ्गबहादुर कु“वरले कहिले सुन्धारास्थित नौ तले धरहराबाट फाल हाल्न परेको, १२ वर्षे गहिरो इनारमा फाल हाल्न परेको त कहिले घोडामा चढेर नै वर्षायामको त्रिशूली नदीमा हाम्फाल्न परेको थियो । ती सबै जोखिमपूर्ण कार्यमा जङ्गबहादुर सकुशल रहन सकेका थिए । दिनानु दिन जङ्गबहादुर कुँवर आफ्नो साहसपूर्ण कार्यबाट प्रशंसा बटुलिरहेका थिए ।

दुर्बल राजा, अस्तव्यस्त राजदरबार

भीमसेन थापाको पतनपछि दरबारमा अस्थिरता थियो । राजा राजेन्द्रका जेठी श्रीमती साम्राज्यलक्ष्मीदेवी शाह र कान्छी श्रीमती राज्यलक्ष्मीदेवी शाहको बेग्लाबेग्लै गुट थिए । उच्चसैनिक र भारदार दुईमध्ये एक गुटमा सामेल हुन्थे । कुन बेला कुन गुट शक्तिमा उदाउने र अर्काे गुट अस्ताउने हो ? यकीन हु“दैनथ्यो । आपूm शक्तिमा रहने र आफ्नो छोरालाई राजगद्दी दिलाउने प्रयासमा दुवै महारानी प्रयासरत थिए । राजा आफ्ना रानीका सामु निरीहरूपमा प्रस्तुत हुने गर्दथे । चलाख र चाटुकार भारदार तथा सैनिक कुनै एक महारानीको पक्षमा र दरबारभित्रका सुसारेहरूको प्रेमी बनेर  शक्तिमा उक्लिने रणनीतिमा थिए ।

यसबीच जेठी महारानी साम्राज्यलक्ष्मीको हेटौ“डा जाने क्रममा वि.सं. १८९८ असोजमा मृत्यु भयो । युवराज सुरेन्द्र हनुमानढोका दरबारमा आमाको किरियामा रहेको समयमा पूर्वकाजी तथा जङ्गबहादुरका पिता बालनरसिंह कु“वरको  प्रयासमा कप्तान पदमा रहेका जङ्गबहादुर कुँवर युवराज सुरेन्द्रको अङ्गरक्षकबाट राजा राजेन्द्रको अङ्गरक्षकमा सरुवा भए । राजाको अङ्गरक्षकमा सरुवा भएपछि जङ्गबहादुरको राजदरबारभित्र अझ हिमचिम बढ्यो । यही मौकामा उनले  राजदरबारभित्रकी सुसारे पुतलीसँग प्रेम सम्बन्ध बनाउने मौका पाए ।

काजी पद प्राप्त, माथवरसिंह थापाको हत्या

राजदरबारभित्रकी पुतलीसँगको सम्पर्कपछि जङ्गबहादुरले राजदरबारका गोपनीय खबर थाहा पाउन थाले । जेठी महारानीको मृत्युपछि दरबारमा कान्छी महारानी शक्तिशाली थिइन् । राजा कान्छी महारानीको कुरा काट्न सक्दैनथे । कान्छी महारानी गगनसिंह भण्डारीको विश्वास गर्दथिन् । उनी सौतातर्फका छोरा युवराज सुरेन्द्रलाई जसरी भए पनि पन्छाएर आफ्नो छोरा रणेन्द्रलाई राजगद्दीको उत्तराधिकारी बनाउने गोप्य योजनामा थिइन् र सो कार्यका लागि गगनसिंह र आपूmले विश्वास गरेका पात्रको सहयोगको अपेक्षामा थिइन् । महारानीले गगनसिंहलाई काजी पदमा पदोन्नत गरेकी थिइन् । गगनसिंह भारदारहरूमा आफ्नो पक्ष बलियो बनाउन आफूप्रति विश्वासी मानिसहरूको खोजीमा थिए । कान्छी महारानी र गगनसिंहबीच निकट सम्बन्ध रहेको सुइँको सुसारे पुतलीमार्फत् जङ्गबहादुरले थाहा पाएका थिए । चलाख जङ्गबहादुरले गगनसिंहसँग सम्बन्ध बढाए । गगनसिंहको विश्वास जिते । फलतः गगनसिंहको सिफारिसमा जङ्गबहादुर कुँवरले वि.संं. १८९८ को मंसिर–पुसमा कुमारीचोकको जिम्मेवारी हेर्ने गरी काजी पद पाए । आमाको मृत्युपछि युवराज सुरेन्द्रको पागलपन, अत्याचार र अमानवीयपन बढ्दै गएको थियो । उनीप्रति जनता नकारात्मक बन्दै गएका थिए । वि.सं. १९०० मा राजा राजेन्द्रले राजकीय अधिकारहरू कान्छी महारानीलाई लालमोहरमार्फत् सुम्पिए । अब कान्छी महारानी शक्तिशाली बनिन् । उनले गगनसिंह, जङ्गबहादुर लगायतलाई राज्यको महत्वपूर्ण जिम्मेवारी दिइन् । युवराज सुरेन्द्रलाई पन्छाउन सहयोग पाउने अपेक्षाले भारत निर्वासनमा रहेका पूर्वमुख्तियार भीमसेन थापाका भतिज एवं छोटा जर्नेल माथवरसिंह थापालाई नेपाल झिकाएर प्रधानमन्त्री तथा प्रधानसेनापति पद दिइन् । माथवरसिंह थापाबाट कान्छी महारानीले अपेक्षा गरेको सहयोग प्राप्त हुन नसक्ने बुझेपछि गगनसिंहसँगको गुप्त सल्लाहमा थापालाई पन्छाउने योजनामा थापाको हत्या गर्न जङ्गबहादुरलाई मञ्जुर गराउने गगनसिंह नै थिए । कान्छी महारानी र गगनसिंहको सल्लाहअनुरूप राजा राजेन्द्रको आदेशमा जङ्गबहादुर कु“वरले आफ्नै सहोदर मामा माथरवरसिंह थापा प्रधानमन्त्री तथा प्रधानसेनापति रहेकै अवस्थामा वि.सं. १९०२ जेठ ६ गते हनुमानढोका राजदरबारभित्र गोली हानी हत्या गरिदिए ।

माथवरसिंह थापाको हत्या गर्न सफल भएकोमा जङ्गबहादुरप्रति राजा राजेन्द्र, कान्छी महारानी र जनरल गगनसिंह भण्डारी खुसी भए । माथवरसिंह थापाको हत्यापछि वि.सं. १९०२ साउनमा चौतारिया फत्तेजङ्ग शाह प्रधानमन्त्री बनाइए । काजी गगनसिंह भण्डारीले नेपाली सेनाका जनरल र सात पल्टनको अख्तियारीका साथै सम्पूर्ण सिलखाना, बारुदखाना र तोपखानाहरूको अख्तियारी पाए । दोस्रा जनरल पदमा अभिमानसिंह राना नियुक्त गरिए । उनले तीन पल्टनको अख्तियारी र पूर्व–पश्चिम र तराई मधेसको रेखदेखको अख्तियारी पाए । काजी जङ्गबहादुरले जनरल पदसहित तेस्रा जनरल र तीन पल्टनको अख्तियारीका साथै सेनाका जवानहरूलाई तालिम दिने तथा कचहरीमा मुख्य मानिसहरू छानेर राख्ने जिम्मेवारी पाए ।

कोतपर्व र प्रधानमन्त्री, प्रधानसेनापति नियुक्त

वि.सं. १८९० मा उमेर पुगेपछि नेपाली सेनाको सुबेदार पदमा नियुक्त भएका जङ्गबहादुर कु“वर १८९२ सालमा रिसल्लातर्फको लेफ्टिनेन्ट र १८९४ सालमा बर्खास्दीमा परेका थिए । पुनः राजा राजेन्द्रबाट वि.सं. १८९७ मा कोतखानाको कप्तान बनाइएका जङ्गबहादुर कु“वर काजी र जनरल हुँदै अब शक्ति र पदको उच्च सोपान प्राप्त गर्ने चाहनामा दृढ थिए । भीमसेन थापाको पतनपछिको राजनीतिक अवस्था त्यस बेलासम्म अस्थिर नै थियो । देशको सम्पूर्ण कार्यकारी अधिकार राजारानीमा निहित थियो । राजा, रानी र युवराज तीन ध्रुवमा विभक्त थिए । भारदारहरू, उच्च सैनिकहरूले कसको निर्देशनमा परिचालन हुने ? कसको आदेश मान्ने वा पालना गर्ने ? कुनै निश्चित थिएन । राज्यका उच्च पदाधिकारी स्वयं नै अन्योलमा थिए । यहीबीच वि.सं. १९०३ भदौ ३१ गते राति तीन जनरलमध्येका शक्तिशाली र कान्छी महारानीका विश्वास प्राप्त जनरल एवं काजी गगनसिंह भण्डारीको आफ्नै घरमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरिदियो । तत्कालै भण्डारीको हत्यारा पत्ता लगाउने भन्दै महारानीको आदेशमा उच्च भारदार र सैनिक अधिकारीहरूलाई राजदरबार परिसरको कोतमा उपस्थित गराइयो । जङ्गबहादुरले आफ्ना विश्वासी भाइ र अन्य सहयोगी सैनिकहरूबाट हनुमानढोका राजदरबार र कोत व्यारेक घेराउ गर्न लगाएका थिए । सेनाका अधिकारी, उच्च भारदार तथा प्रधानमन्त्रीलगायतका व्यक्तिहरू निशस्त्र भेला भएका थिए । राजा राजेन्द्रविक्रम शाह पक्षका प्रधानमन्त्री फत्तेजङ्ग शाह, उनका भाइ र  छोरा, काजी दलभन्जन पा“डे, काजी एवं जनरल अभिमानसिंह रानालगायत सेनाका उच्च पदाधिकारीको छानी–छानी सो रात जङ्गबहादुर कु“वर र उनका भाइ तथा सहयोगी सैनिकले हत्या गरिदिए । भोलिपल्ट राजा राजेन्द्र र उनकी कान्छी महारानी राज्यलक्ष्मीदेवी शाहका तर्फबाट जङ्गबहादुर कु“वर नेपालको प्रधानमन्त्री र नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्त भए ।

वि.सं. १९०३ असोज १ गते नेपालको प्रधानमन्त्री र नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्त भएपछि जङ्गबहादुर कु“वरले सोही वर्ष कात्तिक १७ गते हनुमानढोका राजदरबार परिसरनजिक भण्डारखालमा आफ्ना विरोधी काजी वीरध्वज बस्न्यातसहित नेपाली सेनाका र राज्यका थप भारदारको हत्या गरे । त्यसै दिन कान्छी महारानीलाई राजदरबारबाट निकाली बडागुरुज्यूको घरमा कैद गरे र कात्तिक २६ गतेका दिन राजा राजेन्द्रका साथमा केही सैनिक सहयोगीसहित काशीतर्फ धपाए । राजा राजेन्द्र, कान्छी महारानी, उनीतर्फका दई छोरा केही सहयोगीसहित काशीतर्फ गएपछि जङ्गबहादुर कु“वर राजा राजेन्द्रका जेठीतर्फका जेठा छोरा सुरेन्द्रलाई राजाका प्रतिनिधि मानेर देशका सर्वेसर्वा भई शासन सञ्चालन गर्न थाले ।

केही समयपछि राजा राजेन्द्रलाई काठमाडौँ फिर्ता आउन जङ्गबहादुर क“ुवरले अनुरोध गरे । राजा राजेन्द्र काठमाडौँ आउन नमानेको र काशीबाट आफूविरुद्ध षड्यन्त्र गरेको आरोपमा जङ्गबहादुर कु“वरले राजा राजेन्द्रविक्रम शाह जीवित छ“दै गद्दीबाट हटाएर उनका जेठा छोरा सुरेन्द्रविक्रम शाहलाई वि.सं. १९०४ वैशाख ३१ गते राजगद्दीमा राखेर राजा घोषित गरे । सोही वर्ष साउनमा पूर्वराजा राजेन्द्रले काशीबाट वीरगन्जनजिक अलौ भन्ने स्थानमा चौतारिया गुरुप्रसाद शाह र पूर्वकाजी जगतराम पाँडेको नेतृत्वमा केही सैनिक सङ्कलन गरी जङ्गबहादुरविरुद्ध लडाइँ गरेर राजगद्दी पुनः प्राप्त गर्ने प्रयास गरे । सोको जानकारी पाएर जङ्गबहादुर कुँवरले कप्तान सनकसिंह टण्डन र बलभद्र माझीको नेतृत्वमा काठमाडौँबाट सेना पठाएर चौतारिया गुरुप्रसाद शाहसमेतको सक्रियतामा सङ्गठित सेनालाई परास्त गरी पूर्वराजा राजेन्द्रविक्रम शाहलाई पक्राउ गरी काठमाडौँ ल्याएर भक्तपुर दरबारमा कैद गरिदिए र सुरेन्द्रविक्रम शाहलाई नाम मात्रको राजा तुल्याई आफै“ सर्वाधिकारसम्पन्न बनेर शासन चलाउन थाले ।

राणा उपाधि

वि.सं. १९०५ वैशाख १३ गते जङ्गबहादुर कु“वरले आफू र उनका भाइ, सन्तानसमेत वंशजहरूलाई अब उप्रान्त राणाजी भन्नू भन्ने लालमोहर राजा सुरेन्द्रबाट लिए । सोही वर्ष असार १ मा जङ्गबहादुर क“ुवरले राजा सुरेन्द्रबाट कु“वर राणाजीहरूले सैनिक पोसाकमा लगाउने पगरीको चा“दमा राजाहरूले सरह कल्की लगाउन पाउने अख्तियारी लिए ।  वि.सं. १९०५ मा जङ्गबहादुर कु“वर राणाले जङ्गी किताबखाना खडा गरे । जङ्गबहादुर कु“वर राणा वि.सं. १९०६ माघमा आफ्ना भाइ भारदार र विश्वासी सैनिकसहित ४१ जनाको समूह लिएर भारत हु“दै बेलायत भ्रमणका लागि गए । नेपाल मात्र होइन, त्यस बेलासम्म भारतवर्षका हिन्दू शासकहरूले बेलायत भ्रमण गरेका थिएनन् । बेलायत भ्रमणपछि फ्रान्स गएर जङ्गबहादुर कु“वर राणाले त्यहा“का एक लाख सैनिकबाट गरिएको मास–मार्च–पाष्ट हेर्नुका साथै उक्त फौजले प्रदान गरेको सलामी ग्रहण गरेका थिए । वि.सं. १९१० मा जङ्गबहादुरले नेपालमा मुलुकी ऐन जारी गरी लागू गरे ।

वि.सं. १९११ मा जङ्गबहादुरको नेतृत्वमा नेपालले भोट अर्थात् तिब्बतस“ग युद्ध ग¥यो र सो युद्धमा तिब्बतलाई पराजित गरी नेपाल विजयी भयो । वि.सं. १९१२ मा नेपाल र भोटबीच थापाथली सन्धि भयो । उक्त सन्धिमार्फत् नेपालका सर्तहरू मान्न तिब्बत सहमत भयो ।

श्री ३ महाराजको खिताब

वि.सं. १९१३ साउन १४ गते जङ्गबहादुर कु“वर राणाले राजा सुरेन्द्रबाट एक लालमोहर लिए । अब उनी श्री ३ महाराज बने । उक्त लालमोहरमार्फत् उनी र उनका सन्तानले मात्र पाउने गरी उनले कास्की र लमजुङको श्री ३  महाराजको खिताब प्राप्त गरेका थिए । अब जङ्गबहादुर कु“वर राणा श्री ३ महाराज, प्रधानमन्त्री बने । अब उनी नेपालका राजाले प्रयोग गर्दै आएका सबै अधिकारहरू जस्तै– युद्ध तथा सन्धि गर्ने, मृत्युदण्ड दिने, कर तोक्ने, प्रधानसेनापति नियुक्त र बर्खास्त गर्ने लगायतका सबै अधिकार प्राप्त गर्न सफल भए । १६ वर्षको उमेरमा नेपाली सेनाको सुबेदारबाट राज्यको सेवामा प्रवेश गरेका जङ्गबहादुर कु“वर राणा २९ वर्षको उमेरमा प्रधानमन्त्री तथा प्रधानसेनापति बनेका थिए भने ३९ वर्षको उमेरमा उनले नेपाल अधिराज्यको सार्वभौमसत्ता प्राप्त गर्न सफल भएका थिए । अब नेपालका राजा नाम मात्रका भएर रहन थाले ।

वि.सं. १९१४ साल असार ७ गते जङ्गबहादुर कु“वर राणाले एक लालमोहरमार्फत् सर्वाेच्च प्रधानसेनापति पद प्राप्त गरे । आफू र आफ्नो सन्तानमा निसृत हुँदै जाने श्री ३ महाराजको पद र नेपाल अधिराज्यको सार्वभौमसत्ता सहितको अधिकार जङ्गबहादुरको मृत्युपछि उनका भाइहरूले र भाइ रणोद्वीपसिंह कु“वर राणाको वि.सं. १९४२ मा हत्यापछि जङ्गबहादुरका कान्छा भाइ धीरसमशेरका छोरा तथा नातिहरूले उपभोग गर्दै आए । उक्त समयलाई नेपालको इतिहासमा राणाकाल भनिन्छ । १०४ वर्षपछि वि.सं. २००७ फागुन ७ गते नेपालमा राणाकालको अन्त्य भएको थियो ।

वि.सं. १९१४ मा भारतमा भएको सिपाही विद्रोहमा सैनिक सहयोग गरेबापत तत्कालीन भारतस्थित इष्ट इन्डिया कम्पनीको सिफारिसमा बेलायत सरकारका तर्फबाट जङ्गबहादुरसँग खुसी भएर नेपाल सरकारलाई वि.सं. १८७१‐७२ मा नेपाल‐अङ्ग्रेज युद्धपछि सुगौली सन्धिमार्फत् नेपालले गुमाएका पश्चिम तराईका भू‐भागमध्ये पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता प्राप्त हुन सक्यो ।

जङ्गबहादुर कु“वर राणाले सैनिकतर्फ सुधार गर्ने क्रममा जङ्गी अड्डाको स्थापना गरे । नेपालमै तोप ढाल्ने कारखाना ललितपुरको नक्खुमा र बारुदखाना सन् १८६० तदनुसार वि.सं. १९१७ मा स्थापना गरे । सोही वर्ष अक्टोवर–नोभेम्बरमा उनले पूर्व–पश्चिममा भारतस“गको सीमामा सीमा स्तम्भ निर्माण गराए, जसलाई हालसम्म जङ्गेखम्बा भनिन्छ । जङ्गबहादुरले आफू शक्तिमा हु“दा सरकारी पुस्तकालय बनाए । वि.सं. १९१७ मा उनले पहिलो पटक नेपालमा जनगणना गराए । उनले काठमाडौँको गोकर्ण र नागार्जुनमा सरकार संरक्षित जङ्गल छुट्ट्याए र दुर्लभ वनस्पति र वन्यजन्तुहरू संरक्षण गर्ने व्यवस्था मिलाए ।

जङ्गबहादुरले चीन, बेलायत र फ्रान्सबाट विभिन्न पदकहरू प्राप्त गरेका थिए । आपूmविरुद्ध अनेकौँ षड्यन्त्र गरेको र स्थानीय जनतालाई भड्काएको आरोपमा उनले वि.सं. १९३३ मा गोरखाका लखन थापालाई रुखमा झुन्ड्याएर मृत्युदण्ड दिए । वि.सं. १९२१ मा जङ्गी ऐन लागू गरे । काठमाडौ“मा वैद्यखानाको स्थापना गरे । जङ्गबहादुर कु“वर राणाका ४२ श्रीमती थिए र २९ छोराछोरी थिए । जङ्गबहादुर सिकारमा रहेको बेला वि.सं. १९३३ फागुन १३ गते, दक्षिण तराईको रौतहट जिल्ला वागमती नदी किनार, वहरी भनिने पत्थरघट्टामा ५९ वर्ष ८ महिनाको उमेरमा मृत्यु भयो ।

जङ्गबहादुर कु“वर राणा नेपालका एक प्रतिभावान् सैनिक व्यक्तित्व थिए । उनले आफ्नो स्वार्थका लागि राज्यका भारदारहरूको हत्या गरे । त्यस बेला नेपाल दरबारको कमजोरी र भारदारबीच अस्वस्थ प्रतिस्पर्धाका कारण साधारण घटनामा धेरै देशप्रेमी सैनिकहरूले जीवन गुमाउनुपरेको थियो । जङ्गबहादुर कु“वर नै यस्ता सैनिक हुन्, उनले साहसपूर्वक अघि बढेर आफ्ना विपक्षीहरूको कत्लेआम गरी शाहवंशीय राजाको हातबाट राजकीय अधिकार आफू र आफ्ना भाइहरूमा ल्याउन सफल भएका थिए । राज्यसत्ता आफ्नो हातमा ल्याएपछि उनले स्थिर सरकार दिए र देशका लागि केही असल काम पनि गरेका थिए ।