//हट अवतारमा प्रियंका

हट अवतारमा प्रियंका

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा श्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली साङ्गीतिक आकाशमा कैयौँ हिट गीत दिएका परियारले ‘मात नलाग्ने’ बोलको गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् । शिवको एघारौँ एल्बम शिवालयमा समावेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशीष अविरलको सङ्गीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ । गीतको  कोरियोग्राफर राजीव समरले गरेका हुन् । यही वर्ष मात्रै शिवको ‘आँसुको अर्थ’ र ‘हल्ला हल्लामै माया’ जस्ता हिट बजारमा आइसकेका छन् । आफ्ना अरू गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’ पनि दर्शक तथा श्रोतालाई मन पर्ने गायक परियारले बताए । म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायाङ्कन रहेको यस गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् ।