//जाने बेलामा आईजीपी अर्याल फसे

जाने बेलामा आईजीपी अर्याल फसे

काठमाडौँ । प्रहरीका आईजीपीहरू भ्रष्ट हुने रहेछन् भन्ने कुरा पदमुक्त हुने बेलामा पनि आईजीपी प्रकाश अर्याल विवादमुक्त नहुनुले छर्लङ्ग बनायो । ३४ किलो सुनको सुराकी खर्च आफैँ कुम्ल्याएका प्रकाश अर्यालको मुद्दा अख्तियारमा थन्किएको छ । पैसाले थन्किएको त्यो मुद्दा उनको अवकाशसँगै ३३ केसी सुन काण्डको झमेलाले झन् बढावा दिएको छ । यस पटक अपराध महाशाखाका एसएसपी दीपेश लोहनी विवादमा परेका छन् । गृहको छानबिनले अपराध महाशाखा प्रमुखको व्यवहारमा शङ्का गरी छानबिन अगाडि बढाउन दिएको निर्देशन आईजीपी अर्यालले आलटाल गर्दा शङ्कामा प¥यो । एसएसपी लोहनी नायब उपरीक्षक प्रजित केसी, नायब निरीक्षक बालकृष्ण सञ्जेल ३३ किलो सुनका भरिया मुकेश शाक्य चूँडामणि उप्रेतीका भरिया हुन् । उप्रेती मल तस्कर भए पनि प्रहरीले नै भगाएको हो । नेपाल प्रहरी किन यस्तो बदनाम हुन्छ ? त्यहाँका हाकिमहरू किन यति निघृणी हुन्छन् ? त्यही कारण प्रहरीमा लोभीपापीविहीन नेतृत्वको खाँचो भएको हो । प्रधानमन्त्री खड्ग ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचमा आज छलफल हुँदैछ । विभागीय मन्त्री राबहादुर थापा भन्दा पावरफूल गृहसचिव प्रेम राईले सिफारिस प्रतिवेदन बनाउने जिम्मा पाएका छन् ।