//चन्दा उठाउने चिरिप्पै

चन्दा उठाउने चिरिप्पै

काठमाडौँ । बहुमूल्य वृद्ध श्रीखण्डको तस्करी फेरि हुन थालेको छ । भारतबाट नेपाल हुँदै चीनमा तस्करी हुने रक्तचन्दन (श्रीखण्ड) को तस्करी नेपाल–भारत आउ–जाउ हुने यात्रु बसको प्रयोगबाट भएको भेद खुलेको छ । राजधानीको शान्ति सुरक्षामाथि चुनौती थपेको डान्सबार, डिस्को, होटल, लज, रेष्टुरेन्टमाथि निगरानी गरिरहेको प्रहरी परिसरकै सक्रियतामा गत साता कलङ्कीबाट प्रहरीले दिल्ली–काठमाडौँ पर्यटक बसबाट रक्तचन्दन, कपडा र विद्युतीय सामान पक्राउ गरेको हो ।

एसएसपी विश्व पोखरेलले सो बसबाट रक्तचन्दन आउँदैछ भन्ने जानकारी आफूले लिए तर थानकोट प्रभागले के गर्दोरहेछ भनेर सूचना गोप्य राखे । नागढुङ्गाबाट थानकोटसम्म प्रहरी सुराकी सक्रिय गरिए । बसको पिछा गरियो । कालिमाटीबाट खटाइएको टोलीले कलङ्की नपुग्दै बस कब्जामा लियो । सो बसको खानतलासी परिसरभित्रै भयो । सुरुमा कपडा र विद्युतीय सामग्री भेटेको प्रहरीले पुनः खातलासी गर्दा बसको सिटमुनि डिजेल ट्याङ्कीसँगै १५ वटा श्रीखण्डका भाँडा र ४७० ग्राम तौलको माला पनि फेला पारेको छ । तस्करहरूले बस छुटाउन रू. २० लाख अफर गरेका छन् । तर एसएसपी पोखरेलको टिम तस्करका कुरा सुन्नमा होइन, पर्यटक ओसार्ने नाममा तस्करी गर्दै आएको काठमाडौँ–दिल्ली यातायातमाथि कारबाही गर्ने तहमा पुगेको छ । रक्तचन्दनको उत्पादन भारतमा हुन्छ, बजार चीन र हङकङ रहेको छ । नेपाल ओसार–पसार गर्ने मात्र हो । प्रहरी परिसरले बालाजु, बौद्ध, बानेश्वर जस्ता स्थानहरूमा जनता र व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुरक्षामा खटेका प्रहरीहरूको बारेमा गोप्य सूचना समेत लिने गरेको छ । परिसरको यो अभियानप्रति जनसमर्थन जुट्ने क्रम बढेको बताइन्छ । काठमाडौँका एसएसपी पोखरेलले राम्रो टिम पनि पाएका छन् । नेतृत्व आफू शुद्ध भयो भने तल्लो तहमा सुधार आउँछ भनेको यही हो । पोखरेलका अनुसार तस्करीमा प्रयोग भएको गाडी राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

भाषणमा आमूल परिवर्तन भन्ने काममा भने जनताका तत्कालिन समस्या, महंगी, भ्रष्टाचारका विरुद्धमा कुनै पनि कार्यक्रम गर्न नसक्ने नेत्रविक्रम चन्दको चन्दा व्यवसायमाथि नेपाल प्रहरीको कडा निगरानी हुने गरेको छ । काठमाडौं परिसरले मंगलबार दिउँसो चन्द पक्षका कार्यकर्ताहरुलाई जबर्जस्ती चन्दा उठाउँदाउठाउँदै क¥यापझ्याप पारेपछि यो व्यवसाय उदांगो भएको हो ।