//घोषणापत्र, भाषण र सरकारको गति

घोषणापत्र, भाषण र सरकारको गति

वाम कार्यदलले सरकारको नीति तथा कार्यक्रम बनाउँदैछ प्रधानमन्त्रीका एकदुई एकल निर्णयले धेरैलाई शङ्का उब्जायो चलखेल गरेर कमाइ हुने ठाउँमा जान सिपालु सचिवहरूको फेरबदलमा चुइँक्क हुन पाएन सचिवहरूले विगतमा पनि राम्रै चलखेल गर्थे यस पटक नेकपा एमाले माआवादीको चुनावी गठबन्धनले व्यक्त गरेका विषयको उठानलाई कार्यान्वयनमा ल्याउने काम पनि देखिँदैछ तर जनअपेक्षा थियो कालोबजार नियन्त्रण अनुगमनको आपूर्तिमन्त्रीलाई पार्टीबाट आदेश आयोग कि आफैँ एकल सोचबाट अनुगमन रोके, अनेकथरि कुरा काट्नेहरू सतहमा छन् मन्त्रीको तर्फबाट विश्वासिलो कुरा आएन छिमेकी देशहरूको सहयोगमा नेपालका डाँडाकाँडामा रेल कुदाउने नेपालको जलस्रोतको सदुपयोग विद्युत् उत्पादन, सिँचाइसँगै जलयात्राका कुरा आएका छन् छिमेकी चीनले केरुङकाठमाडौँकाठमाडौँलुम्बिनी रेलमार्ग बनाइदिन्छ भनेर शासकहरू ढुक्क छन् तर अर्को कपटी छिमेकी भारतले भने रेलमार्ग बनाउला नेपालको घाटा घट्ला भन्ने विश्वास गर्न कठिन प्रधानमन्त्री खड्ग ओली आफैँ भारतका विशवासापात्र हुन् समयले कुनै दिन भारतसँगको सम्बन्धमा केही दरार खडा भएको मात्र हो प्रधानमन्त्रीको चाहना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुरा गरेछन् प्रधानमन्त्री ओलीको तहबाट नेपालको पानीजहाज नेपालको गाउँठाउँमा रेल कुदाउने सपना पूरा गर्न सरकारको तहबाट पनि आव ०७५७६ को बजेटमा विकासका पूर्वाधारहरूको बजेट व्यवस्थापन हुने सङ्केत आएको सरकारको राजस्व सङ्कलनको कामलाई बजेटको यथोचित व्यवस्था जरुरी वामपन्थी शक्तिहरूप्रतिको जनअपेक्षा ठूलो भोकमरी, अशिक्षा, गरिबी, व्यभिचारको अन्त्य जरुरी भइसक्यो तर समष्टिगत योजना भन्दा मन्त्रीहरूका सयदिने कार्यक्रम हावामा आएका छन्

शिक्षा क्षेत्रको कुकर्मरूपी लुटमा स्थानीय निकायले केही लछार्ने जस्तो छैन । किनकि माफियाहरूले स्थानीय तहका भोका प्रतिनिधिको मन छामिसकेका छन् । बीचमा पैसा पाए झ्याप पार्न सक्ने काँग्रेस र एमालेका सिपालु कार्यकर्ता स्थानीय तहको बर्चस्वमा छन् । दलको केन्द्रीय नेतृत्वले व्यूरोक्रेसीको तहमा खबरदारी त ग¥यो तर अन्तरपार्टी जीवनमा कुनै प्रशिक्षण दिएको सुनिँदैन । वाम दलको एकतासम्बन्धी कार्यदलको निर्देशनअनुसार बन्ने बजेटको खाकासम्बन्धी जनता सचेत छन् । भाषण, उदारो कार्यक्रम घोषणा नेपालको राजनीतिक सत्ताको निरन्तरता बन्दैछ । प्रधानमन्त्रीका सपना भारतका प्रधानमन्त्रीले पूरा गरेका छन्, त्यो पनि भाषणमा । जनताले भाषण सुन्छन्, भाषण खान्छन् कि वास्तविकता बजेट नआएसम्म थाहा हुँदैन ।