//दुवैतिर वरिष्ठ : अपराध नियन्त्रण दुवैको एजेन्डा

दुवैतिर वरिष्ठ : अपराध नियन्त्रण दुवैको एजेन्डा

काठमाडौँ सरकारले यस पटक नेपाल प्रहरी सशस्त्र प्रहरीको आईजीपीमा सङ्गठनका वरिष्ठ अधिकृतहरूलाई नियुक्त गरेको विगतमा सशस्त्रमा वरिष्ठता जेष्ठतालाई दायाँबायाँ गरिएको छैन राजनीतिक हस्तक्षेप भएको पनि छैन तर नेपाल प्रहरीमा भने बढी मात्रामा राजनीतिक हस्तक्षेप हुने गरेको थियो यस पटक सरकारले वरिष्ठता मिचेन डीआईजी बढुवा हुँदा कामकै भरमा वरिष्ठ बन्न पुगेका सर्वेन्द्र खनालको विरुद्ध रमेश खरेलले डीआईजी पदबाट अवकाश लिने घोषणा गरे तेस्रो वरियताका पुष्कर कार्की पनि काममा अगाडि हुन् उनले कुनै गुनासो गरेनन् काँग्रेसको आड आफ्नै काका अच्युतकृष्ण खरेलको भरोसामा प्रहरीमा सक्षम बनेका खरेल वागमती प्रहरी कार्यालयको प्रमुख हुँदा एक पटक पनि सुन पक्राउ परेन त्यो बेला खासाबाट सुन तस्करी हुन्थ्यो भक्तपुर, कोटेश्वर, बौद्ध जस्ता ठाउँबाट सीआईबी, अपराध महाशाखाबाट सुन पक्राउ पथ्र्यो तर प्रहरीको वागमती कार्यालयले पत्ता लगाउँदैनथ्यो रमेश खरेलको क्षमता यही हो प्रचार बहादुर भएकाले वीरगन्जमा रहँदा श्रीमतीको नाममा सुराकी खर्च लिने, भरतपुर तालिम केन्द्रमा रहँदा प्रहरी ऐनविपरीत प्रहरी भर्ना गर्ने, काठमाडौँमा रहँदा पैसा बोकेर हाकिम नेताहरूकोमा कुँदेँ भन्दै आफ्नो क्षमता देखाएका सक्षम खरेल थिए उनको त्यो बेला चर्को विरोध भयो खनालका अर्का प्रतिद्वन्द्वी कार्कीले थालेको डनहरूमाथिको आक्रमण सर्वेन्द्र काठमाडौँ केरकारमा रहँदा पनि यथावत् रह्यो लगानी गर्न नपर्ने, अर्काको लगानीबाट भाग खोज्ने डनहरू पक्राउ पर्ने थुनिन थाले गणेश लामा अहिले जेलमा छन् एसएसपी विश्व पारखेलको टिमले लामालाई समाएको हो मीनकृष्ण महर्जन सुध्रिएका छन् पुष्कर बस्नेत, समीरमान सिंह बस्नेत, रमेश बाहुन जस्ता डनहरू तह लागेका छन् दीपक मनाङे वारेन्टेड छन् चक्रे मिलनको हालत त्यस्तै

अबको प्रहरी सबल सक्षम हुने आशा जनताले राखेका छन् प्रहरीमा शिक्षित क्षमतावान्हरूको पालो आएको नेपाल प्रहरी तस्करी नियन्त्रण, गुण्डाराज अन्त्य, सभ्य समाज निर्माण सबल बन्न सकेको खण्डमा त्यहाँ सुडान काण्ड पनि हुँदैन, विदेशी मिसन पनि हट्दैन प्रहरीको बन्दोबस्तीका सामग्री खरिदमा राजनीतिक चासो पनि हुँदैन आईजीपी बन्न ठेकेदारहरूसँग पैसा लिएर बुझाउने गलत संस्कारकै कारण युएन मिसनका ईपीसी खरिदमा थोत्रा पनि स्वीकार गरिएको हो रमेशचन्द्र ठकुरीलाई विवादमा फसाउने राजेन्द्रसिंह भण्डारी जस्ता जान्ने, वसन्त कुँवर जस्ता अहङ्कारीहरू पनि प्रहरीमा थुप्रै थिए कुँवरले बढुवाका लागि तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले लाख मागेपछि बढुवा छाडेर राजीनामा दिएको बताउँथे उनी भूपू प्रहरीका नेता हुन् भने अहिले उनी धनी बाबुका बिग्रेका छोराको पैसा दुहुनमा व्यस्त छन् यस पटक प्रतिस्पर्धा चर्चामा पुष्कर कार्की सर्वेन्द्रकै चर्चा थियो कामका दृष्टिले यिनीहरू विदेशमा रहेको अवस्थाबाहेक स्वदेशमा रहँदा प्रहरीको क्षमता प्रदर्शन गर्न सफल अधिकृत हुन् आईजीपी बनेका खनालले भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि फुटबलको म्याच फिक्सिङ, पेट्रोल पम्पहरूको ठगी नोजल प्रकरण उदाङ्गो बनाउने कुमार घैंटेको इन्काउन्टर मात्र होइन, डीआईजीको रूपमा ट्राफिक महाशाखामा रहँदा सडक यातायात सुधारका एक दर्जन काम सफल बनाएका थिए वर्षौंदेखि बन्द रहेको सडक बत्ती, सार्वजनिक यातायातको सेवालाई अनुशासित बनाउन यी सफल भए प्रहरी जस्तो सुरक्षा अङ्गसँग सम्बन्धित सुरक्षा शक्तिमाथि राजनीतिक हस्तक्षेप हुँदाको दुर्गति विगतमा राजधानीमा घटेका आपराधिक काण्ड सबैका सामु छर्लङ्ग राजधानीको सुरक्षा चुस्तताले देशमा राम्रो सन्देश जान्छ राजधानीका तिनै जिल्लामा यतिखेर नेपाल प्रहरीले राम्रा अधिकृत परिचालन गर्दा जनताबाट जस पाउँछ भन्ने कुरा काठमाडौँ परिसरमा एसएसपी विश्व पोखेरेल गएपछिको दैनिक कामकारबाहीले देखाउँछ उनको क्रियाशीलता हरेक दिन चर्को इमानदारीपूर्वक प्रहरीमा भारतनेपाल तीर्थयात्री बस प्रयोग गरेर भएको आपराधिक धन्दा पनि खुल्छ भन्ने कुरा गत साता पर्यटक बस पक्राउ गरिएको घटनाले देखाउँछ होटल, लजको निगरानी चर्को यही बेला ४९ लाख ३१ हजार पाँच सय भारु पक्राउ परेको सशस्त्र प्रहरीले औद्योगिक सुरक्षा, भीआईपी सुरक्षा, कूटनीतिक नियोग, सीमा सुरक्षा जस्ता स्थानमा आफ्नो परिचय बनाएको सीमा पोष्टहरूमा तस्करी सशस्त्र प्रहरी नेपाल प्रहरीको विवादले तस्करहरूले फाइदा लिएका छन् सशस्त्रमा कोषराज वन्तले स्थापित गरेको भ्रष्टाचार काण्डमा खर्चसम्बन्धी कागजपत्र जलाएको घटनाले फेरि पनि स्थान पाउने हो कि भन्ने शङ्का सरकारको खर्चमा राष्ट्रका समृद्धि सुरक्षा, सामाजिक सन्तुलन कायम राख्ने जिम्मेवारी पाएका यी शक्तिहरू बेइमानी भएनन् भने देशले अन्तर्राष्ट्रिय जगतमा सम्मान पाउँछ, दुवै सङ्गठनका नयाँ आईजीपीले ध्यान दिऊन्