//न्यायाधीश कुकर्म गर्न सिपालु !

न्यायाधीश कुकर्म गर्न सिपालु !

काठमाडौँ सम्मानित सर्वोच्च अदालत अहिले एकपछि अर्को बदनाम हुँदैछ भ्रष्टाचार सर्वोच्चको श्रीपेच नै भयो उमेर ढाँटेर प्रधानन्यायाधीश भएका गोपाल पराजुलीलाई हैरान पारिएकै बेला अर्का पूर्वन्यायाधीशले प्रयोग गरिरहेको सरकारी गाडी खोसेर सर्वोच्च अदालतका कर्मचारीले कमाल देखाए त्यही अदालत हो, तीन तलाको भवनमा सात तले लिफ्टको पैसा खर्च गरेर न्यायाधीशले खाएको प्रधानन्यायाधीश दामोदर शर्माको समयदेखि नै सर्वोच्च बदनाम थियो सर्वोच्चको कारण देशको ६४ अर्ब राजस्व घट्यो एनसेल प्रकरण होस् वा स्रोत नखुलेको अजय सुमार्गीको अर्ब ६४ करोड बैङ्कमा थन्किएको रकम सर्वोच्चले फुकुवा गरेको कुरा होस् करोड घटीका मुद्दा लिएर नआइज भन्ने गोपाल पराजुली होऊन् कि अहिलेका कामु प्रधानन्यायाधीश दीपकराज जोशी, चोलेन्द्रसमशेर जबरा किन नहून्, यिनले भ्रष्टाचारीको मुद्दा विशेष अदालतबाट सफाइ दिएका थिए अदालतमै १३ करोड १३ लाख बेरुजु सुशीला कार्कीले पैसा खाएर नवराज सिलवाल प्रकरणमा कार्यकारी सरकारले गरेको निर्णय उल्ट्याएर निकै बहादुरी देखाइन् पैसा उनका श्रीमान् दुर्गा सुवेदीले बटुल्थे तर कार्कीको डाँको ठूलो थियो हरिकृष्ण कार्की, सपना प्रधानहरू युरोपेली युनियनका दलाल थिए अग्नि खरेल यिनका सहयात्री तत्कालीन कानुनमन्त्री बन्दा केकस्तो षड्यन्त्र गरे, सबैका सामु प्रमाण छन् अहिले खरेल महान्यायाधिवक्ता छन् प्रधानमन्त्री ओलीले कसैलाई लगातार सत्ता दिएका छन्, कसैलाई छैन त्यो पनि ओलीका भजन मण्डलीले गरेका भ्रष्टाचारमा कसले चासो राख्ने ? किनकि एमालेको चरित्र त्यही हो