//भारू प्रकरण अर्थशास्त्रीहरूलाई दनक

भारू प्रकरण अर्थशास्त्रीहरूलाई दनक

काठमाडौँ नेपालका अर्थशास्त्रीहरूलाई बेलाबखत बिज्रो चपाएर बोल्दा फस्ने अवस्था आउँछ यो बेला नेपाल प्रहरीको आईजीपी पदमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् खनालको पदभारकै समयमा नेपाल प्रहरीको काठमाडौँ परिसरले रू. ४९ लाख ३१ हजार पाँच सय भारू पक्राउ गरेको आईजीपी खनाल यस्ता कार्यमा सहभागी भएका अपराधीको दोहोलो काड्न माहिर थिए उनको त्यो बाटो काठमाडौँ प्रहरी अपराध अनुसन्धानमा रहँदा जस्तो थियो, त्यस्तै अभ्यास यस पटक एसएसपी विश्व पोखरेलले निरन्तरता दिएका छन् पोखरेलको टिमले मोरङ घर भएका ५३ वर्षका सुनीलदेव वैश्य नुवाकोट शिवपुरी का चेतबहादुर नेपालीबाट लाजिम्पाटमा भारू पक्राउ गरेको हो त्यो रकम राजस्व अनुसन्धान विभागमा पठाइएको माओवादीका पूर्वलडाकु नेपालीले व्यापारी वैश्यलाई सघाएको बताउँथे प्रहरीको क्रियाशीलताको यो शृङ्खलाले देशमा अपराध गर्नेलाई चुनौती होला तर अर्थतन्त्रका विज्ञहरू जो नेपालभारतबीचको सम्बन्धका पाटा केलाउँछन् तिनका लागि भने समस्या हुन सक्छ प्रम ओलीको भारत भ्रमणमा थन्किएको भारूको प्रसङ्ग उठ्यो सय भारू नेपाली रूपैयाँ ४५ देखि ५५ मा बेच्ने खरिद गर्ने प्रमुख गिरोहसम्म प्रहरी पुगेकै छैन अर्थशास्त्रीका कुरा आएका छैनन् नेपालका अर्थशास्त्रीहरूले पनि यसको वास्तविकता भन्न सक्दैनन् प्रधानमन्त्रीको भारत भ्रमणबाट सुरु भएको नेपालमा थुप्रिएको भारू कतै हिजो भारतीय सडकमा फालिएको भारू होइन ? त्यो बेला मोदी सरकारको निर्णयले भारतका धनाढ्यहरूले पुरानो स्टक रकम फालेका थिए नेपालमा जस्तो बदमास व्यापारी भारतमा पनि छन् चेम्बर अफ कमर्स, नेपाल चाइना व्यापार सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ जस्ता संस्थाको सदस्य भएर सरकारलाई सताउने राजस्व छल्ने ठग्ने काम धेरै भएका छन् प्रहरीको अनुसन्धान गहिरियो भने यस्तो प्रकरणमा विनोद चौधरी राजेन्द्र खेतान मात्र होइन, राजेशकाजी श्रेष्ठ, उमेश श्रेष्ठ तथा मोतीलाल दुगडहरू जोडिन्छन्, जो जहाँ पनि हात हाल्छन् काठमाडौँ परिसरले भारू प्रकरण उधिनेको यहाँ नेतृत्वको सक्रियता क्षमतामा साथ दिन सरकारी निकाय कति सक्रिय होलान् ? प्रश्न उठेको