//योजना आयोगमा किन खोजिन्छ ओलीकै दलाल ?

योजना आयोगमा किन खोजिन्छ ओलीकै दलाल ?

काठमाडौँ प्रधानमन्त्री कार्यालयसँग जोडिएको सरकारका नयाँ योजनाहरूको तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा को आउला ? नेकपा एमालेले डा. पुष्प कँडेलको नाम फालेको तर उनी सङ्घीयताविरोधी भएकाले सङ्घीय संरचनामा कँडेल जस्ता धुर्मुसको आगमन स्वीकारयोग्य हुँदैन आयोगको उपाध्यक्षमा डा. दीपेन्द्रबहादुर क्षेत्री, डा. जनक शाह, डा. राजन भट्टराई मात्र होइनन्, आमूल परिवर्तनका पक्षधर डा. गुप्तबहादुर श्रेष्ठ, डा. सुमित्रा अमात्य, डा. गोविन्द नेपाल, डा. सुनीबहादुर श्रेष्ठ, डा. खिमलाल देवकोटालगायत योजना आयोगको सदस्य भएर काम गरिसकेका दर्जनौँ डाक्टरहरू छन् तर डा. पुष्प कँडेल जस्ता सुस्त सङ्घीयताविरोधीलाई किन नाम अगाडि ल्याइएको होला ? जबकि प्रधानमन्त्री खड्ग ओली रक्षामन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले कँडेलको नाम ल्याउँदा कस्तो प्रतिक्रिया आउँछ भनेर जाँच्न पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भनेका हुन सक्छन् तर माओवादीले सुरुमै अब्जेक्सन ¥यो माओवादी अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्वयन गर्ने समयमा सङ्घीयताविरोधी डाक्टरलाई कसरी उपाध्यक्ष बनाउनु ? एमालेका लागि पार्टी एकता भएपछि पनि आफ्नै दलालहरूको खोजी गर्ने प्रवृत्ति रहने भयो भन्न थालेका छन् पार्टी एकता भन्ने तर माओवादी विचार राख्ने अर्थविद्हरू योजना आयोगको उपाध्यक्ष नहुने ? यो कस्तो कम्युनिस्ट एकता हो ? आयोगमा पनि समावेशिता लागू भएको महिला, मधेस, जनजातिको त्यहाँ

प्रतिनिधित्व गराउन थालिएको एमालेका अर्थशास्त्री डा. डिल्लीराज खनालले किन पाउँदैनन् ? योजना आयोगमा ओलीकै दलाल किन खोजिन्छ ?