//अर्थमा व्यापक फेरबदलको तयारी

अर्थमा व्यापक फेरबदलको तयारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि पूर्व सरकारले खटाएको विभागका प्रमुखहरुको फेरबदल गर्ने तयारी गरिरहेका छन् । अहिले डा. रामशरण महतको समयमा भन्सार विभाग, आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, ठूला करदाता कार्यालयका प्रमुखहरु रहेका छन् । उनीहरुलाई केही दिनभित्र तानतुन पार्ने तयारीमा मन्त्री खतिवडा लागि रहेका छन् । यतिखेर मन्त्रीलाई सघाउन राजश्व सचिव शिशिर ढुंगाना बिहान आठै बजेदेखि बेलुकी आठ बजेसम्म मन्त्रालयमै भेटिन्छन् ।