//गृहको आन्तरिक रिपोर्ट : प्रहरी हाकीमबाट प्रहरी कै वदनाम

गृहको आन्तरिक रिपोर्ट : प्रहरी हाकीमबाट प्रहरी कै वदनाम

काठमाण्डौ । वदनाम भईसकेको प्रहरी संगठनको सुधार कसरी होला ? सरकारको आफ्नो प्रतिनिधिको रुपमा प्रहरीले देशका कुना काप्चामा खटाएको हुन्छ । तर अपराध महानगरीय वृत्त केरकार परिसरकाले मात्र होइन सिआईवी, एयरर्पोट जस्ता ठाउँमा खटेकाहरुले गर्छ । गृहमन्त्रालयले एयरर्पोटबाट प्रहरीको साथ र सहयोगमा भन्सार छलेर सुन भित्र्याएको रिर्पोट पाए पछि त्यो काण्डमा मुछिएका तत्कालीन एयरर्पोट सुरक्षा कमाण्डमा खटेका डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेर मोरङ्ग पु¥यायो ।

एयरर्पोटमा सुनको वृफकेशलिन आफैं जाने विज्ञानराज खनाल चोर विरालोको चरित्रमा छन् । उनलाई निकै स्वच्छ शुद्द भनेर प्रचार गर्नेहरु पनि छन् । तर सिआइवीमा रहदा ३४ किलो सुनको सुराकी खर्च आफै खाने प्रकाश अर्यालले आईजीपीबाट अवकास पाइसके । अख्तियारमा रहेको उनी विरुद्दको मुद्दा अझै फाइल थन्क्याइएको अवस्थामा छ । यस पटक ३३ किलो सुन काण्डले एसएसपी श्याम बहादुर खत्री, दिवेश लोहनी, डिएसपी संजय राउत, एसपी विकास खनालसमेत तानिए भने सनम शाक्यको हत्या नभएको भए यो केरा दवाइन्थ्यो ।

प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल एआईजी विज्ञानराज खनाल सुन तस्करीका मुल नाइके चुडामणी उप्रेतीसँगको सम्र्पकमा रहेर मात्र खानेहरु हुन् । यी नै उप्रेतीसँग डिआईजी निरौलाको राम्रो आउजाउ भएकोले भरीयाले एयरर्पाेट कटाउदा प्रहरीको साथ पाउथे । टर्चर दिएर भरीया सानु वललाई मारियो सनमको सुनसरीमा हत्या हुदाँ तत्कालीन केरकार (काठमाण्डौ) का एसएसपी दिवेश लोहनीको टीम विवादमा प¥यो । सई वाल कृष्ण सन्जेल पनि अपराधीका सारथी थिए । डिएसपी प्रजित केसी र सइ सञ्जेललाई आईजीपी प्रकाश अर्यालको आदेश मानेर दिवेस लोहनीले सुनसरी पठाएका हुन् । यो काण्डमा एयरलाइन्सका कर्मचारी समेत तानिएका छन् । आफ्ना पूर्वजहरुले खनेको र्दुगन्धको खाडल पूर्ने काम सर्वेन्द्र खनालको थाप्लोमा आएको छ । यहाँ खाडलमा मकवानपुरको एसपी विकासराज खनाल पनि परेका छन् ।

सर्वेन्द्रकै थर मिल्ने विकास खनालको विगत पनि विवाद रहित भने थिएन । उनी एयरर्पाेटमा रहदाँ एसएसपी रविकुमार श्रेष्ठको डलर काण्डमा जागीर गएको थियो । त्यो बेला पनि खनाल निलम्बनमा परेका थिए । पैसा खान पाएपछि अपराधीहरुको फाइल दवाइने राजनिति नेपालमा छ । अहिले गृहमन्त्री रामबहादुर थापाले कुनै पनि अपराधी नछाडि कारबाहीका लागि कानुन अनुसार अगाडि बढन मलाई सोध्नु पर्दैन भनेका मात्र थिए । प्रहरी आफैं भित्रका अपराधीहरुको तेजोवघ गदैछ । यही प्रहरीको नेतृत्व लिएका उपेन्द्रकान्त अर्यालल प्रकाश अर्यालले गरेको वदनामी सर्वेन्द्र खनालले सुधार गर्नु पर्ने भए छ । सुन पक्राउपर्छ मालिक दीपक मलहोत्रादेखि पवन अग्रवाल राजेन्द्र शाक्या चेतन भण्डारी बच्ने जमाना पनि थियो कुनै बेला । अहिले विज्ञानराज खनाललाई पक्राउ गरिएको छैन । प्रहरी पोशाकमा सुन ओसार्ने यिनै थिए महानगरीय आयुक्तको एआईजी भएको बेला ।