//टेलिकमको यो लुट कहिलेसम्म

टेलिकमको यो लुट कहिलेसम्म

काठमाडौं । भर्ती हुँदैमा सबैभन्दा कम नाफा कमाउने प्रतिस्पर्धीका रुपमा आएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी आफू बेठीक नभए पनि लिएको टीम भ्रष्ट र नालायक हुँदा ग्राहक ठगेर पनि आफ्नो योजना पूरा गर्न नसक्ने भएकी छन् ।

उनका पतिस्पर्धीहरु मध्येका एकले टेलिकमलाई ५० अर्व नाफा कार्यकालभरमा दिलाउने भनेका थिए भने अर्काले ४८ अर्व । तेस्रो तहकी कामिनीले ४७ अर्व नाफा निकाल्ने त भनिन । तर उनको टीमका आमूल प्रधानहरुको भष्मशुर रवैयाको ख्यालै गरीनन् । अहिले टेलिकमले ग्राहकहरुलाई सेवा सुविधा होइन सताईरहेको छ ठगेको पनि छ ।

देशमा अपराधी र भ्रष्टाचारीको बोलवाला छ । अघिकांश संचारमन्त्रीहरु घुसमा रमाए । कांग्रेसका मिनेन्द्र रिजालको समयदेखि त्यहाँ लुट्छ । संचार सचिव अध्यक्ष रहने प्रशासनका सहसचिव बोर्ड सदस्य रहने व्यवस्थाका कारण टेलिकमको लुटको अध्ययन भएको छैन । राज्यमन्त्री गोकुल बास्कोटाले ५५ हजारको कलम वहिष्कार गरे, मोवाइल सेट वहिष्कार गरे । तर कामिनी गिरोहले नाफा कमाउने आम्दानी बढाउने नाममा मोवाइल प्रयोगकर्ताहरुलाई कलर रिङटोन राख्ने नाममा दिनको १५ रुपैयाँ कर बाहेक ठग्दै आएको पत्तै पाएका छैनन् । एक पटक टोन राख्दा लिइने शुल्क सधंै लिन पाइदैन । त्यस्तो टोनको अवधि १२ दिनको हो । जसको निम्ति ग्राहकले १२ दिनको कर बाहेक रु. १५ तिर्छ । रकम सके पछि आफंै बन्द हुनुपर्ने व्यवस्थालाई यथावत राखेर कामिनीको नाफा रकम पु¥याउन ठगीदैछ । ग्राहकले थाहा नपाइकन व्यालेसन्बाट कर सहित १८ रुपैयाँ काटिन्छ । यही रकम हो टेलिकमको नाफा खातामा जम्मा हुने । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणासँग पढेकी कमिनीलाई मोहन बस्नेतले हटाउन खोज्दा आरजुलाई चुनाव खर्च दिएर कामिनी बचेकी थिइन ।

त्यो बेला संचार सचिव महेन्द्र गुरुङ्ग र भ्रष्ट सहसचिव रामचन्द्र ढकालको समेत कामिनी बचाउ मोर्चा बन्यो । बोर्ड अध्यक्ष भए वापत सचिवले राम्रै सुविधा लिएकाले पाएको सुविधा कटाउन उनले चाहेनन् । पछि केदार बहादुर अधिकारी आए । उनले पनि टेलिकम सुधार भन्दा आफ्नै खल्ती भर्न थाले । सहसचिव ढकाल त घुस खान सिपालु कालो कांग्रेस नै हुन् । यीनैलाई डा. मिनेन्द्रले प्रशासन महाशाखामा बसेर लुट्न दिएका हुन् । कुरा आदर्शका गर्न शेर धन राइलाई संस्थागत सुधारमा चासो भएन । उनका बारेमा एमालेको प्रेस चौतारी नै भुक्तभोगी छ । त्यही मन्त्रालयमा माओवादीका राम कार्की आए । उनीबाट सुधारको गुन्जायस थिएन । पियक्कड भएकाले कार्कीबाट जोगिन भ्रष्टहरुलाई परेन । कांग्रेसका मिनेन्द्र र कार्कीको चरित्र उस्तै थियो ।

अहिले टेलिकमकै नियम अनुसार संस्थागत रुपमा बढी नाफा कमाउछु भन्नेलाई प्रवन्ध निर्देशक पद नदिइ कामिनीलाई बोक्दा संस्थागत घाटा कम गर्न किन ग्राहक ठगिँदै छ ? सरकारकै कार्यालयहरुले टेलिफोन, विजुली, पानीको महसुल तिर्दैनन् साधारण ग्राहकले यीनको बोझ बोक्नु पर्छ । ल्याण्ड लाइन फोन जडान गरेकाहरुले फोन प्रयोग नगरी महसुल बुझाउनुपर्ने बाध्यता छ । हात हातमा मोबाइल हुँदा ल्याण्ड लाइनको प्रयोग त्यसै त घट्दो छ । त्यसमा पनि फोन जडान गर्दैमा धरौटी राखिएको हुन्छ । त्यो धरौटी रकम रहदा रहदै हरेक महिना न्यूनतम महशुल बुझाउनै पर्ने बाध्यता कामिनी गिरोहबाट गरिएको छ ।

एनसीएलको फोरजी सेवा सफल बनाउन टेलिकमले मौका दियो । अहिले फोरजीको सेवा राम्रो छैन । दलालहरु पाले र फोरजी सेवामा सुधार आउँदैन । आफू असक्षम भए पछि अपराध लुकाउन नयाँ नयाँ योजना बनाइन्छ । कतै कामिनीको असक्षमतालाई ढाकछोप गर्न मार्केटिङ्गका भष्मसुर आमूल प्रधानहरुले नै ग्राहक ठग्ने योजना बनाएका त होइनन् शंका यही छ । टेलिकमका प्राविधिकहरुकै सहयोगले एनसेल चम्केको छ । त्यहाँका प्राविधिकहरुले एक दिनमा एक क्षेत्रको फोन सेवा अवरुद्ध गरी दिनासाथ एनसेलको सेवा विस्वस्त भरपर्दो हुन्छ । अहिले पनि टेलिकमको मोवाइल सेवा कैयौ ठाउँमा साइड खोज्नु पर्छ । फोरजी सेवा विस्तार गरेको विज्ञापन गर्ने सेवा विस्वस्त बनाउन नसक्नुको कारण अरु छैन । टेलिकम भित्रको व्यवस्थापकीय कमजोरी हो । ठेकदारको पैसाले विदेश घुम्दा त्यही ठेकदारले गुणस्तर हिन सामान सप्लाइ गर्छ । त्यस्ता कम्पनीको स्वार्थमा कामिनी जोडिदा टेलिकमको लक्ष कसरी पुरा हुन्छ ? संचारराज्यमन्त्री बास्कोटाको स्वभाव खरो छ । खरो स्वभावका मान्छेले बदनामी हुन चाहदैन, लोभ गर्दैनन् । कतै टेलिकमको गिरोहले राज्यमन्त्रीका स्वभावलाई भोकाको रुपमा त लिएन प्रश्न जटिल छ ।

गत साताबाट टेलिकमले सामाजिक उत्तरदायित्व शीर्षकमा प्रदेशस्तरीय अस्पतालमा कम्बल केही स्कुलमा कम्प्युटर र इन्टरनेट सेवा उपलब्ध गराएको छ । ग्राहक ठगे अनुसारको यो काम उपयुक्त होइन ।

 

विदाकै दिन टेलिकममा गढबढ (प्रधानमन्त्रीले झपारेको त्यो क्षण)

जनतासँग सेवा दिए वापत महशुल धड्याउनु स्वभाविक हुन्छ । फोरजी सेवा लागू ग¥यौ अब मोवाइल सेवा ईमेल इन्टरनेटको समस्या आउँदैन भन्ने कुरा टेलिकमको व्यवस्थापनका लागि झ्याउरे गीत बन्दैछ । प्रधानमन्त्री खड्ग ओली समेत कामिनी राजभण्डारी गिरोहको कामबाट सन्तुष्ट भएनन् । जुन कुराको सन्देश संचार राज्यमन्त्री गोकुल बास्कोटाले दिएका थिए । शनिबार टेलिकमको सेवा अवरुद्ध पारेर एनसेल र स्मार्ट तिर फ्रिक्वाईसी प्रवाह गर्दै खाईरहेका खन्चुवाहरुका निम्ति प्रधानमन्त्री ओलीको बोली कन्द्रित थियो ।

टेलिकमको प्रगति सुन्दै गरेका प्रधानमन्त्री ओलीले संचारराज्य मन्त्रीकै अगाडि विदाका दिन फोन किन विग्रन्छ, अल्छी कर्मचारीलाई सरकारले कडाइ गर्छ । टेलिकमका बारेमा प्रधानमन्त्री समक्ष पुगेका गुनासाहरुको पोको त्यो बेला उनले फुकाए जुन दिन टेलिकमको वार्षिक प्रगति विवरण लिएर राज्यमन्त्रीको साथमा प्रवन्ध निर्देशक भण्डारी प्रम भेट्न पुगेकी थिइन् । प्रतिस्पर्धीमा कमजोर व्यवस्थापन कम नाफा कमाउने प्रस्ताव गर्दा गर्दै इन्जिनियर महिलाप्रति विश्वास गरेर नै कामिनीलाई प्रवन्ध निर्देशक पद दिलाइएको हो । तर उनको पालामा जस्तो भ्रष्टाचार टेलिकममा यस अगाडि भएकै छैन ।

कमसल सामान महंगोदरमा खरिद गर्ने टेलिकमको गिरोह र ठेकदारकै कारण फोन प्रयोगकर्ताहरुले दुःख सहेका छन् । गुणस्तरीय सेवा दिन सकिदैन भने पद छाडे हुन्छ टेलिकमकै सेवामा समस्या आउँछ एनसेल र स्मार्ट फोनमा किन समस्या आउँदैन ? कामिनीको व्यवस्थापन कमजोर छ उनी आमुल प्रधान गिरोहको फन्दामा पेरकी छन् । सेवा विस्तार हुन गुणस्तर नहुनुले सेवा विस्तारको अर्थ राख्दैन । अप्टीकल फाइवर विस्तारको काम प्रति पनि असन्तुष्ट प्रम ओलीले राज्यलाई करोडौ राजस्व नबुझाउने भारतीय ठग कम्पनी युटीयललाई फाइवर विस्तारको ठेक्का दिलाइएकोमा असन्तोष प्रकट गरे । सरकारी स्वामित्वको कम्पनीको सेवा गुणस्तर नहुनुको कारण त्यहाँको भ्रष्टाचार सेवा विस्तार गरेर गुणस्तर दिन्छ भन्ने कल्पना गर्नु व्यर्थ छ । टेलिकमका भ्रष्टाचारीहरुको दोहोलो काड्न सञ्चार मन्त्रालय लाग्नुपथ्र्यो । तर त्यहाँ टेलिकमबाट पालिएका भ्रष्टचारीहरु छन् । संचार राज्यमन्त्री बास्कोटाले तीनको पहिचान गर्न सकेका छैनन् । टेलिकमको गिरोह प्रधानमन्त्रीका भनाईबाट तर्सेको छैन ।