//डा साप कहाँ छ अधिनायकवाद ?

डा साप कहाँ छ अधिनायकवाद ?

नेपाली कांग्रेसका नेताको नजरमा देशभर अधिनायकवाद लागू भएछ । पार्टी सत्तामा हुँदा न्यायलय सेना प्रहरी कही बाँकी नराख्ने नेपाली कांग्रेसले संसदीय कालको १४ वर्ष शासन गर्दा घुस लिदै कानुनी प्रकृया पूरा नगरे पनि स्वीकृत दिएका निजी मेडीकल कलेज, अस्पताल, यातायातको क्षेत्र, ठूलाठूला सपिङ्गमल, हाउजीङ्गहरुले पु¥याएको राज्यकोषको नोक्सानमा कही कमजोरी देखेन । कांग्रेसका कार्यकर्ताको यातायात व्यवसायी संघ, ट्याङ्कर संघ पेट्रोलियम डिलर्स एसोसीयसन, इन्धन विक्री गर्न डिपोहरु ग्यास उद्योगहरुको ग्यास विक्री डिपोसंघबाट भएका अपराधमा प्रजातन्त्र फस्टायो लुटतन्त्र चम्कियो । अहिले सरकारले एक दुई ठाउँमा प्रहार गरी के गरेको थियो कांग्रेसीहरु सबैले अधिनायकवाद देख्न थाले । विदेशीमा नेपाली युवा पठाएर विचल्ली पार्ने धेरै कांग्रेस छन् अरु भष्मसुर र लुटाहा राजनीतिलाई व्यापार बनाउनेहरुले त अधिनायकवादमा सरकार गयो भन्छन् डा. शेखर कोइराला जस्ता दिग्गज विवेकशील नेताका आँखाले पनि नेपाल अधिनायकवादमा फसेको देख्छ ? डा. शेखरको बर्गिय सोच चिन्तन भ्रष्टाचारको पक्षमा लुटाहको समर्थनमा अपराधीको हितमा गयो भने प्रजातन्त्रको नाममा लडेको नेपाली कांग्रेसको इतिहाँसले के भन्ला ? आफू नालायकले सबैलाई उस्तै देख्छ देउवाको त्यो रोगहरुमा ।

सरकारले कामको सुधार गर्दछ । अरुलाई भन्नुसट्टा पहिले आफैबाट सुधार गर्नु पर्ने हो । प्रधानमन्त्री ओली कपटी छन्, छुल्याहा पनि छन् हावामा गुड्डी हाँक्छन्, जनतालाई उल्लु बनाउन सक्छ । ओलीको पछि लाग्ने गोठला खेतलाहरु भने पुरै दलाल अपराधी नेपाली जनताको थाप्लोमा गिर खेल्न सक्षम छन् । प्रम खड्ग ओलीले बोलेका कुरा पूरा गर्छन् कि गर्दैनन् थाहा छैन । तर सरकारलाई लोकतन्त्र सम्वत ढंगले हिडाउने रखवारी गर्नका लागि माओवादी केन्द्र पनि सरकारमा छ भन्ने बुझ्न कांग्रेसका यी विद्वानले किन नसकेका होलान् ? देउवाको मन्त्र हो अधिनायकवाद ? डा. शेखरलाई देउवाले आग्रह गरे यो शब्द बोल्न ?

कसको एजेण्डामा देश चलेको छ अहिले । स्व. गिरिजाले संघीयता गणतन्त्र समावेशीता धर्म निरपेक्षता (जर्वजस्ती कृश्चियानिटी होइन) को मुद्दा माओवादीका हुँदाहुदै स्वीकार गरेको किन हो ? डा. शेखरहरुले बुझेर बुझ पचाउनु पर्ने थिएन । बढी आदर्शवान बन्न खोज्दा मान्छे समाप्त हुन्छ भन्ने हेक्का डा शेखरमा छ कि छैन । उनले पनि वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजाइँ गरेकै थिए । त्यो बेला गिरिजाले गरेका राजनीति नियुक्तिमा ४८ जनामा ३७ जना त उनको वंश र नातागोताका थिए । तर सरकार नेपाली कांग्रेसको भनिन्थ्यो । डा. शेखर सुजाता जस्तो नाङ्गीएर भ्रष्टाचारमा डुवेनन् होला । जति अपराध सजाताले गरीन् । तर वंश जोडियो त ?

सुजताले परराष्ट्रमन्त्री बन्दा पासपोर्ट चोरेर वंगलादेशी नागरिकलाई बेचेको ज्वाइ मार्फत नेपाल टेलिकमको भिओआईपी प्रणालीबाट अन्र्तराष्ट्रिय कल वाईपास गरेको नेपाल टेलिकमलाई झण्डै ९ करोड नोक्सान पु¥याएको प्रजातन्त्र अहिले सफल हुँदैन । त्यस्तो अपेक्षा गर्न पनि हुन्न । तर सरकारले गरेका राम्रा काम सिण्डिकेटको अन्त । शिक्षण अस्पतालमा एम.वि.वि.एसका नक्कली परीक्षार्थीको पक्राउ, एयरपोर्टको सुन तस्करी, प्रशासनीक तहमा चम्केको घुसखोरी माथि प्रहार, प्रहरीको हाकीमहरु माथिको कारवाही, बरिष्ठताका आधारमा नेपाल प्रशरी शसस्त्र प्रहरीमा आईजीपी नियुक्त, लोड सेडिङ्ग अन्त गराउन विजुली चोरहरुको दोहोलो काड्ने गरी भएका कारवाही २० वर्ष पुराना गाडीहरु सडकबाट हटाउने निर्णय, यात्रु ठग्ने मनपरी भाडा उठाउने सेवा सुविधा समयमा नदिने सिण्डिकेट प्रणालीको अन्त, वैदेशिक रोजगारीमा नाममा ठग्ने म्यानपावर व्यवसायी माथिको कारवाही, अपराध कर्ममा सहभागी प्रहरीका हाकिमहरु माथिको कारवाही अधिनायकवाद होे ? डा. शेखर ? त्यो पनि जनआन्दोलनका शहिद स्मृति प्रतिष्ठानको कार्यक्रममा ओली सरकारको वदख्याँइ गर्दा डाक्टर सापको अभिमत यीनै विषयमा केन्द्रित जस्तो देखियो । कुन धरातलमा छन् ? कांग्रेसका शेखरहरु जो विचारको कुरा गर्छन् परिवारको गुट बनाउँछन् ? नेताले बोल्दा स्थान, कार्यक्रमको महत्व सान्दर्भिकताका बारेमा सोच्ने कि आफ्नो प्रतिक्रिया दिदा आफै पङ्गु हुने गरी प्रस्तुत हुने ? यस्ता कुरामा कांग्रेसले सोच्ने दिन आउनु पर्दैन ? कस्का कारण कांग्रेसले चुनाव हारेको हो ? डाक्टर सापलाई थाहा छ ? एमालेको राजनीति गर्ने लालबावु पण्डित सांसद हुँदा डा. कोइराला वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति थिए ? अहिले ०७४ सालमा म लालबाबु चिन्दिन भन्नु हुन्छ ? शेरबहादुर देउवाले हराउनु परेको कारण बढी बाठो हुन्छ भनेर हो । गिरिजाको सन्तान नहुनु वीपि पुत्र नहुनु त डा. शेखरका निम्ति कोइराला परिवारको पनि ‘ख’ श्रेणीको दर्जा हो । मान्छेहरु भन्छन् यी डाक्टर सोझै भारतीय सत्ताका नेपाली सूचक हुन् । अमरेशकुमार सिंह अहिले पनि दुई कम्युनिष्ट पार्टीबीच एकता हुन्न दिन्न भन्दै पैसा खर्च गरेर देखावटी कांग्रेस तर दरबारका भाटहरुद्वारा सञ्चालित पत्रिकामा आफै गएर समाचार छाप्दैन । यीनले त्यो गर्नु परेको छैन बौद्धिकका नाताले । कृष्ण सिटौला तल गिर्दैनन् । यी पनि रअकै तलबदार हुन् भनिन्छ । यीनको भाषा नरम प्रस्तुती सरल छ । तर यीनले गगन जस्ता व्यापारी परिचालन गर्छन । झापाको मेची पुलको वारी नेपालतर्फ भारतले मिचेको नेपाली भूमिका बारेमा कहिल्यै बोल्दैनन् । जुन भूमिको नाममा प्रधानमन्त्री खड्ग ओलीले प्रम नबन्दैदेखि मदन भण्डारी फाउण्डेशनको हाईफाईका लागि भारतसँग बार्षिक करोडौ दक्षिणा लिन्छन् ? डा. शेखरहरु कति पटक झापा गए ? तीनले यस्ता कुरा कतै कहिल्यै बुझ्ने प्रयास गरे की गरेनन् ? अधिनायकवादी सरकारका प्रधानमन्त्रीको धरातल झापामा गएको बेला बुझेर संसदमा संकल्प प्रस्ताव लैजाने आँट पार्टीका सांसद मार्फत गरे पो डा. शेखर क्यावाद भन्छ मान्छेले ?