//पिआइडीको भ्रष्टाचारमा कस्को कति हात

पिआइडीको भ्रष्टाचारमा कस्को कति हात

भ्रष्टको थलो अख्तीयारले हेर्छ यो ?

काठमाडौं । लुटको क्षेत्र राष्ट्रिय गौरवका आयोजनाहरु भएका छन् । मेलम्चीको नाउँमा १ अर्व ३० करोड भ्रष्टाचार हुन्छ भने काठमाडौं उपत्यका खाने पानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयमा कति भ्रष्टाचार हुन्छ ? जहाँका हाकीमलाई नेत्रविक्रम चन्दको पार्टीले धम्काएर करोड अशुल्छ त्यो काममा सहायता गर्न लेखाका काफ्ले तत्पर छन् । सरकारको प्रोजेक्टमा यस्तो लुट पाईप विच्छ्याउने पूर्व घोषित योजना परिवर्तन गरेर करोड खाने वैद्य थरका उपनिर्देशक एक नम्बरका हुन् । बाध्ने भए सरकारले पिआइडीमा भएको लुटमा बाँध्ने यी हुन् । काफ्ले त घोषीत नै हुन् विचार मान्न सकिन्छ । त्यसो त केयुकेएल भित्रको बढुवा प्रकरणले बोर्डका हाकिम रामचन्द्र ढकाललाई समेत सताएको छ । पिआइडी केयुकेयलको प्रोजेक्ट हो । जहाँ आउन खानेपानी विभाग, मन्त्रालयका पावरदार कर्मचारीहरु मरीहत्ते गर्छन् । पिआइडीले उपत्यकाको पाईप विस्तारको काम गर्छ । पाईप खरिद पहिले भए पनि विस्तारको काममा सडक विस्तार सँगै क्षेत्र बढेको छ । यही ठाउँमा इस्टिमेट विपरित नयाँ स्टिमेट गराएर खाने काम उपनिर्देशक बैद्यको टीमले गर्दै आएको छ । उनी फोन सम्पर्कमा आउँदैनन् । उनको फोन ९८५१०३२६६६ मा सम्पर्क गर्दा स्वीचअफ थियो ।

यो टोलीले मेरीएसन अर्डर विपरित अहिले नयाँ पाईप जडानको नाममा ठेकदारहरुसँग खाई रहेको छ । वैद्य यही धन्दामा कार्यालयको लुटाहा टोलीको सहमतिमा विहानदेखि खट्ने भएकाले फोन स्वीच अफ गरेको समाचार सूत्र बताउँछ । पैसा हात पर्दा यो टोली बाजेको सेकुवामा राति ११ बजेसम्म बस्छ । दिवाकर ढकाल नामका निर्देशकलाई पनि हामीले फोन ग¥यौ । उनले सडक सुधार नहुँदाका बेला भएको इस्टिमेट केही ठाउँमा परिवर्तन भएको बताए । यस्तो छुटफुट सबै पछि जोडिन्छ प्रत्येक योजनामा यो हुन्छ पन्त भन्दै थिए ।

गाडी मर्मतमै लुट

त्यसो त गोपी कृष्ण हल पछाडि लुटेराहरुको समूहले वर्कसप खडा गरेको छ । त्यहाँ अरु वर्क सपमा रु. १० हजारमा हुने वर्कसपको खर्च पिआईडीको गाडीमा रु. १ लाखको बील बन्छ । यो लुटमा कार्यकारी प्रमुख तारकी भट्ट समेत लेखाबाट सहभागी हुने गर्छन् । किनकि उनी पनि कमाउन आएका हुन् । पत्रकारको वेइज्जत गरी पिआईडीबाट फोटोकपी पेपर डटपेन बोक्नेहरु पनि छन् । जसले पत्रकार महासंघको सदस्य बनाइदिनेदेखि सूचना विभागका शशीगुरु मार्फत हिजो फिलान्सरको परिचयपत्र दिलाउन सहयोग पु¥याए । शशी गुरु सूचना विभागमा सबैका गुरु कसले छानवीन गर्छ ? फिलान्सरको परिचयपत्र लिनेको प्रेस काउन्सिलले चासो देवोस् त त्यस्ता औठाछाप फिलान्सरहरुले नविकरण गर्दैनन् । पिआइडीको खर्च फाईल एक पटक अख्तियारले लग्दा कोलाहल मच्चिएको हो । अहिले पनि अख्तीयार प्रवेश ग¥यो यदी भने अनौठो मान्नु पर्दैन । किनकि अपराधीको संरक्षक बन्नेहरु केयुकेयलमा धेरै छन् । कोही जापान गएर फर्के महल बनाए कोही यही दादागिरी गरे झन कमाए सूत्र भन्छ । केयुकेलका महाप्रवन्धक महेश भट्टराईलाई काँध थाप्दा थाकेका कांग्रेस र माओवादीका कर्मचारीहरु खान्न खान्न लोकचार खान थाल्यो पाथीचार चरित्रका प्रशासकको सेवक बन्दा केही हात नलागे पछि दंग छन् । केयुकेल मेलम्चीको तयारीमा छैन । त्यहाँ डा. डोलप्रसाद चापागाई जस्ता असक्षम महाप्रवन्धक बन्ने रहर गर्दैछन् । मेलम्चीपछिको केयुकेयल यस्ता लफङ्गाले धान्छन् ? जो दुहुनो गाई सरहको महाराजगंजबाट खेदिएर बानेश्वर जाँदा झन फुर्सदीला भएका हुन् । भ्रष्टका कारण ठूला आयोजना डुब्छन् मेलम्ची डुब्न सक्छ । डाक्टरलाई महाराजगंजमा कांग्रेसी युनियनका नेता तेजेन्द्रले काँध थाप्थे । तेजेन्द्रका लागि पनि पिआइडीको व्रम्हलुटको पैसा छुट्याईन्छ । एमाले माओवादीका कर्मचारी नेता त्यहाँका पाहुना हुन् । कमिशनको रकम बुझ्न सबै पुग्छन् । एक सूत्रले बतायो । सूत्रले त्यहाँको भ्रष्टाचारमा जोडिएका भुक्तानी चेक नम्बर समेत संकलन गरेको बताउँछ ।

राष्ट्रिय गौरवको आयोजनामा हुने यो डकैतीको मुक दर्शक बनेको क्रान्तिकारी विकासवादी भ्रष्टाचार विरोधी सरकारले महालेखा प्रतिवेदनले देखाएको मेलम्चीको नाममा भएको रु. १३ अर्व ३० करोड उठाउन सक्छ ? पिआइडीका लुटाहाहरु त्यसै भन्दैछन् । जहाँ सुरुङ्ग खन्ने नाममा कामै नगरी रु. १० करोड ३१ लाख भ्रष्टाचार भयो । पेस्की मात्र रु. ५९ करोड ६ लाख अतिरिक्त लागियो । बील भौचर विना रु. २ करोड २५ लाख झ्याप पारीयो । कामै नगरे पनि रु. ३ करोड १८ लाख भुक्तानी मेलम्ची खाने पानी विकास समितिबाट भएको छ । राष्ट्रिय गौरवको आयोजनाको क्षमता पारदर्शीता स्वच्छता यही हो ? पिआईडी त लुट्नकै लागि केयुकेयल, मन्त्रालय, खानेपानी विभागका भष्मसुरहरुले भरीएको प्रोजेक्ट हो । एक पटक अख्तीयारले लग्यो जनता खुसी थिए । दिप बस्नेतले ७८ लाख खाएर छानवीन नगरे पछिको यो लुट चर्को छ । अख्तीयारका का.मु. आयुक्त नविन घिमिरे र उनले डामेर छाडेका दलाल भवानी सुवेदीमाथि कसैले आक्रमण ग¥यो भने हेर्छ कसैले ?

केयुकेयलमा अत्याचार

मेलम्ची बने पछिको पानी वितरणको सम्पूर्ण अधिकार प्राप्त केयुकेयलले कर्मचारी बढुवामा अत्याचार गरेको छ । बढुवामा प्रशासनको हात हुन्छ त्यहाँ सुरेश आचार्यले के हेरे ? कोही काममा जोतिएको छ । कोही ठगेको छ । समयमा काम नगर्ने बढुवा हुन्छ र जसले संस्थाको काम बिहान, बेलुकी, विदा भन्दैन उसको त्यहाँ लेखो छैन । एमाले माओवादी कांग्रेसका झुण्ड कर्मचारी समूहले यस्तो अत्याचार किन ग¥यो ? महाप्रवन्धक महेश भट्टराई प्रशासन प्रमुख सुरेश आचार्यले के हेरे ?