//ठूलाकै संरक्षणमा ठेकेदार मन्त्री महतो

ठूलाकै संरक्षणमा ठेकेदार मन्त्री महतो

यसरी डुबाइँदैछ सडकमा २० अर्ब

काठमाडौं । प्रधानमन्त्री खड्ग ओलीले जतिसुकै भ्रष्टाचारको अन्त्य गर्ने एमालेको जबज पढुन् । उनको टीमका रघुवीर महासेठले ओलीको प्रतिबद्धता सुन्ने कुरै छैन । रघुवीर महासेठ ती हुन् जसले नयाँ बसपार्क कब्जा ग¥यो । महानगरलाई तिर्नु पर्ने राजश्व तिर्न पर्दैन । एमालेका नाममा खुलेका ठेकेदारहरूलाई चिन्ता छैन । त्यहाँ थपिएका छन् राप्रपाका विक्रम पाण्डे जसले लिएको ठेक्का समयमा पूरा हुँदैनन्, भएका छैनन् । भौतिक पूर्वाधार मन्त्रालयमा विजय गच्छदार जस्ता भ्रष्टलाई मन्त्री बनाउँदाको फल राज्यले २० अर्ब खरानी बनाएको छ । अहिलेका मन्त्री एमालेका उपाध्यक्ष वामदेव गौतमका लगानीकर्ता हुन् । उनका जेठान उपेन्द्र महतो श्रीमती जुली महतो हुन् ।

यिनले ठेकेदारसँगको सम्पर्कमा पवन महतो, जनकपुर अञ्चलभित्रको अपराधमा बलराम महतोलाई खटाएका छन् । मन्त्री महासेठ ल्होत्से बहुउद्देश्यीय कम्पनीका लगानीकर्ता हुन् । यहाँ ३ नं. प्रदेशको भौतिक पूर्वाधार मन्त्री केशव स्थापित जोडिन्छन् । भ्रष्टहरू जुनसुकै पार्टीका भए पनि नाम जोडिन्छ । त्यसको मुल कारण यस्तै अनियमितता भए पनि नाम जोडिन्छ । त्यसको मुल कारण यस्तै अनियमितता हुन् । सडकमा २० अर्बको चुना लगाउने काम विजय गच्छेदार, माधव कार्की, अर्जुन कार्कीजस्ता नालायकहरूले गरेका हुन् । यही थाहापाएर अर्थ मन्त्रालयले ३७ अर्ब रोक्का गर्दा भष्मासुरहरूलाई पीडा भएको हो । गच्छेदार को पालामा सिन्डीकेट लगाइएको सडक ठेक्कामा राप्रपाका विक्रम पाण्डे मन्त्री भए । उनको कालिका कन्स्ट्रक्सन हो मुलुकको अर्ब खाने तेल बेच्ने आयल निगमका गोपाल खड्कालाई घुस खुवाएर दिनेश यादव जस्ता बैगुनी दरिद्रलाई अप्ठ्यारोमा पार्ने । अरु सबै कन्स्ट्रक्सन काँग्रेस र एमालेका हुन् । लामा कन्स्ट्रक्सनका मालिक जिपछिरिङ लामा काँग्रेस सभापति शेरबहादुर देउवा र कान्तिपुरका मालिक कैलास शिरोहियाको आम्दानीको स्रोत हुन् । रमेश शर्माको शर्मा एण्ड कम्पनी, शेरबहादुर देउवाभन्दा वरिष्ठ हो भने कान्छाराम तामाङ रामेछापको सांसदमा उम्मेदवार बन्दा पराजयको प्रमुख भएका हुन् । यिनकै सहयात्री थिए गणेश लामा जो ऐसको जीवन बिताउँदै डिल्लीबजार खोरमा छन् ।

रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्यले नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई २ करोड बुझाएकै थिए । यिनले २५ करोड भाँजेर चुनाव जित्दा काँग्रेसीहरू छक्क परे । सडकको ठेक्कामा काम नगरी राज्यको धन कुम्ल्याउन पाइन्छ । त्यही कारण ठेकेदारले चुनावमा करोड खर्च गर्छन् । सडकका कर्मचारी धम्क्याउँछन् । मन्त्री महासेठ आफैं ठेकेदार भएकाले अर्थले रोकेको ३७ अर्ब फूत्काउन अर्थमन्त्रीसम्म पुगेका छन् । नेकपा एमाले जनहत्यारा अपराधी, बलात्कारीको संरक्षण गर्छ । मानवअधिकारको नाममा सुबोध प्याकुरेल, सुशील प्याकुरेल, अग्नि खरेलजस्ता सिआईएका एजेन्टहरूको भरणपोषण गर्छन भन्ने प्रमाण अहिले यी व्यक्तिहरूको राजनीति नियुक्तिले छर्लङ्ग पार्छ । त्यसो त तुदी कन्स्ट्रक्सन, माओवादी अध्यक्षलाई झुलाउने, महानगरपालिकालाई डुबाउने स्वच्छन्द निर्माण सेवा, श्रेष्ठ कन्स्ट्रक्सन पनि काँग्रेसका संरक्षणमा छन् । बैंकको ऋण लिने नतिर्ने यस्ता ठगहरूको संरक्षक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकोमा जनताले गर्व गरेका छन् ।

ठेकेदार मन्त्रीको कुकर्मको फल यो देशले अलपत्र सडक व्यहोर्ने हो । धुवा धुलो वर्तमान सरकारको उपहारका रुपमा दिलाउन विजय गच्छदार, शेरबहादुर देउवा जस्ता प्रजातन्त्र सेनानीहरू सक्रिय थिए । यी बाहेक अरुले ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उपहार दिएर सडक निर्माणको काम रोक्ने शैलुङ कन्स्ट्रक्सनको निम्ति त्यही बेला छुट्टै व्यवस्था गरी काम दिलाइएको हो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार सरकारले चिन्दैन भनिरहँदा उनको पार्टीका नेता ठेकेदार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठका उठ्तीमा खट्ने पवन महतो र बलराम महतोको क्रियाकलाप बुझ्न जबरजस्त डनकै मातहतमा तानेको राष्ट्रिय अनुसन्धन विभागका एमाले कार्यकर्तालाई खटाउनु सक्छन् ? सडक विभागका लुटाहा महानिर्देशक गोपाल सिग्देल प्रश्न गर्छन् ? यिनै सिग्देल आरजु देउवालाई ९ करोड बुझाएर डिजी हुँदा वीरबहादुर मन्त्री थिए ।