//संसदमा जनताका काम पस्कने बेला

संसदमा जनताका काम पस्कने बेला

सरकारको हैसियत जाँच्ने बेला भएको छ । हिजो सांसदहरूले संविधानसाको बैठकका बेला नाम कमाएनन् दामतिर लागे । नेपालको परिवर्तनमा युरोपेली युनियनले अनेक नाममा प्रवेश ग¥यो । शिक्षक, वकिल, पत्रकार, किसान, महिला, जनजाति, आदिवासी कोही बाँकी रहेनन् । क्रान्तिकारिताका नाममा पशुपतिको परम्पारमाथि प्रहार गर्न पछि परिएन । आलोचना भयो । माओवादीको पक्षमा आएको जनलहर धर्मका कारण सर्लक्कै बिग्रियो । धर्मलाई अफिम भन्ने कार्लमाक्र्सले स्थापित गरेको विज्ञानको अवधारणामा कम्युनिष्टहरू छैनन् । त्यो पनि नेपालका । जनयुद्धको एजेण्डा हो संघीय गणतन्त्र समावेशीता । धर्म निरपेक्षताको एजेण्डा ०६३÷०६४ मा आएकै थिएन ।

अहिले दरबारलाई पाल्दाको भन्दा ठूलो खर्च राज्यले गरेको छ । राजाहरू धेरै छन् । सुन तस्करी गर्ने, राजश्व चल्ने, जनतालाई कष्ट दिने काम हिजो दरबारका शाह वंशका राजाहरूले गरे । आज काँग्रेस, कम्युनिष्ट, मधेशी जनजातिका हुण्डरहरूले गर्दैछन् । जनताको सेवक बन्छु भन्ने प्रण गर्नेका लागि पद चाहिएको छ । त्यो पद नपाउँदा पार्टी एकता गर्ने प्रण पनि माटोमा मिलेको छ । राज्य तहका अंगहरू कमजोर यसकारण छन् जहाँ त्यहाँ नेताहरू गोमन साँप बनेका छन् । भ्रष्टाचार, कमिशनको डोब सबैतिर छ । दलका कुनै भातृ संगठनहरू शुद्ध र उनीहरूको पेशा धार्मितामा अडिएका छैनन् । विद्यार्थी नेताहरूको आहारा निजी कलेज र स्कुलहरूले अभिभावकमाथि गरेको लुट नै हो । पैसा बुझाएर तस्कर सांसद बन्छ, ठेकेदार मन्त्री हुन्छ नेताले कार्यकर्ता चिन्दैन । चुनावमा चिनेका मतदाता चुनाव सकिँदाको भोलिपल्टबाट नेताले वास्ता नगरेको पीडामा छ । सांसद बन्यो मन्त्री पड्कायो पार्टी समग्रता होइन गुटको झुण्डमा रमायो । अहिले चुनावमा पछारिएपछि नेपाली काँगे्रसले तीन भूवन देखेको छ । कम्युनष्टिले सहने पनि त्यही हो । जनताको काम जनप्रतिनिधिको डिउटीमा परेको छ । त्यो कामको शुरुआत एक वर्षसम्मको यो अवधिमा कानुनको अभावमा गाउँपालिकाहरू असरल्ल बनेका छन् । अधिकार, शिक्षा, स्वास्थ्य, वन, जलश्रोत, विद्युत, भूमिसुधारको मात्र होइन जमीन पास गर्ने शिक्षालयको स्वीकृति दिने, नागरिकता, पासपोर्टसम्मको व्यवस्थापन गर्न पाउने अधिकार गएको छ । एक कामको डोरोबाटो सिंहदरबारले दिएको छैन । संसदको बजेट अधिवेशनको हैसियत र राजनीतक इमान्दारिता निष्ठाको प्रयोग कसरी हुन्छ जनताको तर्फबाट प्रतिक्षा त भएकै छ ।

राजनीतिक नेतृत्वले जनताको तर्फबाट हिजो प्राप्त गरेको विश्वासलाई बचाउन सक्छ कि सक्दैन ? निष्ठाको राजनीति अहिले हराएको छ । पैसा नखाएसम्म काम नगर्ने क्रान्तिकारीहरू धेरै छन् । पञ्चले ३० वर्षमा नगरेको कुकर्म काँग्रेसले ११ वर्ष संसदीय अभ्यासमा गरेको हो । एमाले काँग्रेसको भाइ नै थियो । भाग नपाउँदा ५८ दिनसम्म सदन अवरुद्ध गरेर लाउडा एयरको रकम खाने काम एमालेले गरेको हो । अहिले एमाले नेताहरूको स्वेच्छता सद्भाव, इमान्दारीता छैन । माओवादीबाट त्यस्तो अपेक्षा गरिँदैन । किनकि माओवादीमा जस्तो घुस्याहा नेताहरू काँग्रेसमा पनि छैनन् । घुस्याहा धेरै माओवादीमा छन् क्रान्तिकारी पनि यिनै छन् । कुरा चर्का यिनैले गर्छन् ।

किन चाहियो १० करोड ?

प्रधानमन्त्री खड्ग ओलीको बोलीमा इमान्दारिता छ भने संसदको यो बजेट अधिवेशनमा प्रगतिशिल कार्यक्रम आउनु पर्छ । बजेटमा पक्षपातविहीन हुनुुहुन्न, प्रदेशका सांसदका क्षेत्राधिकार खोसेर संघ र राष्ट्रियसभाका सांसदहरूले क्षेत्रगत रुपमा १० करोडका दरले रकम मागेका छन् । त्यो रकम दिँदा राज्य तहको रु १ अर्ब ६५ करोड स्वाहा हुन्छ । त्यसको सदुपयोग हुँदैन । सांसद विकास कोषको पैसा कार्यकर्ता पाल्ने हो त्यो रकममा जस्तो भ्रष्टाचार अरु हुँदैन । सांसद र जिल्ला प्राविधिक कार्यालयको तजबीजमा खर्च हुने यो रकम सांसदले विश्वास गरेकाहरूले नै अग्रसर हुन्छन् ।

सरकारले खर्चमा कठोर हुनैपर्छ । विकासका पूर्वाधारहरू तयार गर्ने काम केन्द्रीय तहबाट हुनुपर्छ । चुनाव घोषणापत्रका आधारमा दलहरूको विकासे पुलिन्दाको थैली जनताले हेरेको छ । महंगो चुनाव खर्च उठाउनकै लागि रु १० करोड मागिएको हो भने प्रदेशको सरकार प्रदेशका सांसदको कोलाहल केन्द्रले बन्द गर्न सक्छ ? जबकि आर्थिक कानुन, शिक्षा जस्ता अधिकार प्रदेशमा गएका छन् । त्यो मात्र होइन सरकारले स्थानीय तहमा सुम्पेको अधिकारले प्रदेशको काम समेत देखिँदै । नेपाल प्रहरीभित्रका अपराधीहरूको खोजी त भएकै हो । तर आईजीपी एआईजी, डिआईजी, एसएसपी, एसपी र डिएसपीसम्मको सुन तस्करीको ताँदो चुडिन सक्छ । आज गृहमन्त्री रामबहादुर थापाले बोल्न त बोले, कुइन्टलका कुइन्टल सुनको प्रवेश प्रहरी र राजनीतिक संरक्षण बिना सम्भव छैन ।

राजनीतिक पात्रहरू स्व. खुमबहादुर खड्का स्व. रविन्द्रनाथ शर्मा चर्चामा थिए । यिनको नाम सुन शर्मा सुनबहादुर भएकै हो । दोस्रो चरणका पात्रहरू हुन वामदेव गौतम । कृष्णबहादुर महरा, वर्षमान पुन पनि यहाँ आर्थिक विचलनमा जोडिन्छन् । जनार्दन शर्मा ऊर्जामा रहँदा निकै सक्षम देखिए । गृहमा त यिनको लोकप्रियता भएन । ठूला बडा यिनै छन् । अध्यक्ष प्रचण्डका विश्वासपात्र यिनीहरूले आङ्खनालाई गरेका हुन् । यिनका आफन्त कोही अलपत्र छैनन् । व्यापार व्यवसाय लाग्ने आङ्खनो धन्दा चलाउने कम्युनिष्टहरू पार्टीबाट किनारा लागिसकेका छन् । कम्युनिष्ट पार्टीमा वर्गीय सोच हराएकोछ । कमिशनमुखी सोच फाइल माफियाहरूले नै पार्टीका आदर्श, दर्शन र सिद्धान्तको खेलो फड्को गरेका छन् । प्रहरीले चाहेको खण्डमा अपराधी पक्राउ गर्न सहज छ । आईजीपीहरू विवादमा पर्छन् । सुन काण्ड, सुडान काण्ड त्यहाँ चर्चित हुन् । प्रबन्ध, एमटी, लेखा जस्ता ठाउँ आफैंमा खर्च गर्ने खर्च हुने ठाउँ हुन् । राजनीतक संरक्षणबाट अपराध धेरै भएका छन् । नेपाल प्रहरीको नेतृत्व २०५१÷०५२ पछि अत्यन्त करप्टेड भएको हो । गृहमन्त्री भ्रष्ट बन्दा प्रहरी पनि भ्रष्ट हुन्छ भन्ने कहावत प्रमाणित भएकै छ ।