//ऊर्जामा शुरुभो प्रिपेड घुस

ऊर्जामा शुरुभो प्रिपेड घुस

काठमाडौं । ऊर्जा, सिचाई मन्त्री वर्षमान पुनको प्रशासनिक क्षमतामा प्रश्न उठ्ने गरेको छ । उनले ३ अर्ब ५० करोड सिक्टा परियोजनाको भद्रगोल हटाउन सकेनन् । त्यहाँ रहेका महेश्वर केसीको कार्यक्षमतालाई मन्त्री पुनले पत्याएनन् । महेश्वर काँग्रेस नेता अर्जुन नरसिंह केसीका भाई हुन् । उनले जागिरका बेला राजनीतिलाई हुर्केलो बनाएनन् ।

प्रदेश ५ का प्रमुख उमाकान्त झा सिञ्चाई विभागको महानिर्देशक हुँदा सिक्टाको अवधारणा आएको हो । भारतले सिक्टा बन्न दिँदैन भन्ने व्यापार हल्ला थियो । तर नेपालले आङ्खनो देशको पानी आङ्खनै देशका भूमि सिञ्चाईका लागि भारत बाधक किन अडान राख्यो । ४२ हजार ७ सय ६ हेक्टर जमीन सिञ्चाई हुने सिक्टाको शुरुआत रु ७ अर्ब ४४ करोड हो । तर त्यो बढ्दो अवस्थामा पुगेको छ । अब त्यो सिक्टा बहुउद्देश्य आयोजनाको रुपमा पुगेको छ ।

त्यही सिक्टाभित्रको रानी जमरामा पनि भद्रगोल छ । कालिका कन्स्ट्रक्सनले रु १ अर्ब ७० करोडमा त्यो ठेक्का लिँदा सिक्टाका हर्ताकर्ता रमेशकुमार बस्नेत नै थिए । यी अहिले फेरि महेश्वरलाई घोक्य्राएर सिक्टामा पुगेका छन् । त्यो ठेक्काको काम भएको छैन । विक्रम पाण्डे सरकार भन्दा ठूला हुन् । उनले चुनाव खर्च ठूलै नेतालाई दिएकाले सत्तामा ठूलै हुन्छन् । उनीहरूले पाण्डेको सुरक्षा नगर्ने कुरा भएन ।

ऊर्जा तथा सिञ्चाई मन्त्रालयले अहिले विद्युतको क्षेत्रमा निकै हल्लीखल्ली चलाएको छ । मन्त्री वर्षमान पुन अहिले विद्युत र सिञ्चाई क्षेत्रका अधुरा योजना सफल बनाउने दौडधूपमा छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको विश्वासीलो खम्बा भएकाले ऊर्जा तथा सिञ्चाई मन्त्रालय पाएका हुन् ।