//अवैध विदेशी मुद्रा सहित पक्राउ

अवैध विदेशी मुद्रा सहित पक्राउ

काठमाडौं । झापा अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय दिनेश गिरीलाई विभिन्न १४ देशका अवैध मुद्रा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।     चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक पोष्टमा प्रहरीले जाँच गर्ने क्रममा काकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना.५.ख ७९३७ नम्बरको यात्रुबहाक बसमा सवार गिरीको झोलाबाट अमेरिकी डलर ३ हजार ८ सय ९, कतारी रियाल ३ हजार ५ सय ४५ , जापानिज यान ४ लाख ९३ हजार, कोरियन वन ३ लाख १० हजार, साउदी रियाल ६ हजार ५ सय ३५, मलेसियन रिंगिट १ हजार ८ सय ६५, कुवेती दिनार २ सय ४७, ओमान रियाल ६५, बहराइन दिनार २०, हङकङ डलर २ सय ५०, पाउण्ड स्टर्लिङ १०, थाई भाट ४०, युरो १ सय १० र युएई दिर्हाम ६ हजार ६ सय ८० रूपैयाँ  फेला पारी पक्राउ गरेको हो ।