//काँग्रेस विभाजनकै सङ्घारमा

काँग्रेस विभाजनकै सङ्घारमा

काठमाडौँ । नेपाली काँग्रेस अन्ततः विभाजनको सङ्घारमा पुगेको छ । यो कामको पुष्टि पार्टीमा जबर्जस्त नेता मान्नुपर्ने रामचन्द्र पौडेलको व्यवहारले गरेको छ । काँग्रेसका रामचन्द्र लोभी र परिवारवादी भएकाले सङ्गठनमा कहीँ पहुँच भएन । हिजो यिनी कोइराला परिवारको कृपामा सधैँ सत्तामा बसे । त्यो बेला यिनको धन्दा आफ्ना सन्तान र आफन्तको सेवा गर्नु थियो । पार्टीका प्रत्येक स्थानमा यिनको भाग छुट्ट्याउनुपर्ने बाध्यता नेताहरूमा थोपरियो । अहिले यी रामचन्द्र संसद्मा पनि पराजित भए, पार्टी सभापति हुने यिनको न त छाती ठूलो थियो न त व्यवहारिक थिए, न त सङ्गठक नै यी बने ।

नेविसङ्घ काँग्रेसको बिरुवा हो । यसको संरक्षण गर्ने दायित्व यिनको हो । तर अब काँग्रेस केन्द्रीय तहमा रहेको गुटबन्दी र भागबण्डाको उच्छृङ्खल रूप नेविसङ्घमा देखिएको छ । पौडेल जस्ता नालायक नेतालाई बोकेर नेविसङ्घभित्र कुन्दन काफ्ले, रामप्रसाद अधिकारीले जसरी अध्यक्ष नैनसिंह महरमाथि प्रहार गरेका छन्, त्यसको नकारात्मक फलको विष पिउने र हुर्काउने जस यिनले नै पाउने हो । मुलुकको शैक्षिक क्षेत्रको भद्रगोल अवस्थाका बारेमा नेविसङ्घलाई चासो छैन । विद्यार्थी भर्नामा सरकारले अभियान चलायो । अखिलका विद्यार्थीहरू कहीँ–कतै देखा परे, त्यो बेला नेविसङ्घ आफ्नै स्थापना दिवस दुई ठाउँमा मनाएर रामचन्द्र पौडेलहरूको स्वार्थ पूरा गर्दै थिए । शेरबहादुर देउवालाई सभापति बनाउने पनि काँग्रेस नै हुन् ।

निर्वाचित केन्द्रीय सदस्यहरूले मनोनीत गरेका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत काँग्रेसमै जीवन बिताएका अनुहारहरू हुन् । रामचन्द्रसित जाने प्रजातन्त्रवादी र शेरबहादुरको नजिक हुने प्रजातन्त्रविरोधी हुन सक्दैन । पौडेल र कृष्ण सिटौला सभापति पदमा प्रतिस्पर्धा गरेका नेता हुन् । विधानतः खसेको मतको बहुमत पाएपछि चुनाव जितिन्छ । देउवाको पक्षमा कार्यकर्ताले दिएको मतकै अवमूल्यन गर्ने पौडेल आर्थिक रूपमा दरिद्र र मौका पाउँदा श्रीमती, छोरी, बुहारीसम्मलाई राज्यकोषबाट रकम दिलाउने समाजवादी भएकाले यिनका पछाडि रातो पासपोर्ट बेचुवा र फोर्टुम खानेहरू लागेका हुन् । अहिले पौडेलले पनि टिकट बेचेकै थिए । तस्कर, ठेकेदार र डनहरूलाई काँग्रेसले उम्मेदवार बनायो । त्यहाँ गुरु घिमिरेको टिकट पाउने योग्यता पुग्ने धनराजको क्षमता पुगेन, नेतृत्व कस्तो छ काँग्रेसको भन्ने कुरा यहीँ देखियो ।

यस्तो काँग्रेसका गल्ती शेरबहादुरले मात्र बोक्नुपर्छ ? रामचन्द्र, डा. शशांक, कृष्ण सिटौला, डा. रामशरण, अर्जुननरसिंहको कहीँ कमजोरी थिएन ? किन भाँडिँदैछ नेविसङ्घ ? विधानले दिएको अधिकार निर्वाचित अध्यक्षले नेविसङ्घमा प्रयोग गर्न नपाउने पार्टी सभापतिले पार्टीमा प्रयोग गर्न नपाउने कस्तो प्रजातन्त्रमा लागेको छ रामचन्द्रहरूको काँग्रेस ?

नेतापिच्छे गुट खडा गर्ने कम्युनिस्ट पार्टीको रोग काँग्रेसमा सरेको छ । कम्युनिस्टहरू कार्यकर्ताबीचमा अन्तिम अवस्थामा जान्छन् र पार्टी फुटाउँछन् । रामचन्द्रहरू चुनाव हारेको भोलिपल्टबाट पार्टी नेतृत्वको विरोध र असहयोग गर्छन् । त्यो पनि शेरबहादुरको नरमपनको फाइदा हेरेर गिरिजा कोइरालाको समयमा देउवालाई कोइरालाको दादागिरी हुकुमी शासनविरुद्ध त्यो बेला रामचन्द कोइराला परिवारको दास थिए । कोइरालाहरू  राजनीतिबाट अस्थाए । क वर्गका अस्ताए, ख वर्गका ३ कोइरालाहरूले रामचन्द्रलाई पत्याएनन् किन ? पौडेलको दरिद्रता, क्षमताहीनता र असक्षमताको कारण दोस्रो पुस्ताले उनको नेतृत्व स्वीकारेको छैन । त्यो कुरामा जबर्जस्त गर्दा फाइदा हुँदैन । रामचन्द्र त्यस्तो बुझ्दैनन् ? त्यही कारण नेविसङ्घका कुन्दन र रामचन्द्रहरू पौडेलहरूको नकाव लगाएर भद्रगोल निम्त्याउँदै छन् । कहाँ हराए यो भद्रगोलमा डा. शेखर ? के कृष्ण सिटौलाले आफ्ना पछाडिका गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरीहरूको क्षमतामा वारपार लगाउने आँट गर्छन् ? सिटौलाकै कारण झापामा काँग्रेस सत्यानाश भएको हो । पौडेलको कारण प्रदेश– ४ मा काँग्रेस ओरालो लागेको हो । यो यथार्थ धरातलमा जाने आँट काँग्रेसमा छैन । नेताले आफ्नो क्षेत्र प्रदेशको ख्याल गर्दैन भने त्यसले त्यहाँ जनताका बीच जाने हैसियत राख्दैन । रामचन्द्र गुटकै कारण विभागहरूले पूर्णता नपाउने मनानीतको क्षेत्रमा योग्य नपर्ने पार्टमा हस्तक्षेप गर्ने काँग्रेसको प्रजातन्त्रमा जनवर्गीय सङ्गठनहरूलाई उनीहरूको कार्यक्षेत्रमा सक्रिय बनाउने कि भड्काउने हो ?