//छक्का पन्जा– ३ को सुरु भो छायाङ्कन

छक्का पन्जा– ३ को सुरु भो छायाङ्कन

दुईवटा सिक्वेल ब्लकबस्टर भएपछि चलचित्र छक्का पन्जाको टिमले तेस्रो सिक्वेलको छायाङ्कन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायाङ्कन शनिवारबाट सुरु गरिएको हो । यो चलचित्रको छायाङ्कन काभ्रे, दमौली, पोखरालगायतका स्थानमा गरिने छ । यस पटक लोकेसनमा विविधता खोजिएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् । आमा सरस्वती मुभिज प्रालिको व्यानरमा आईएर्मइको प्रस्तुतिमा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्र असोज ३० गतेबाट रिलिज हुनेछ । चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा छन् भने सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रूपमा छन् । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी, वसन्त भट्ट, पुष्पल खड्का र प्रियङ्का कार्कीको मुख्य भूमिका छ । अर्जुन पोखरेल र दीपक शर्माको सङ्गीत रहेको चलचित्रमा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायाङ्कन, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्वाद, दीपकराज गिरीको कथा छ । यस पटक चलचित्रले वैदेशिक रोजागरीको कथा नबोक्ने कलाकार तथा लेखक दीपकराज गिरीले जानकारी दिएका छन् । यो चलचित्रसँग आफू जोडिन पाएकोमा निकै खुसी लागेको नायिका दीपिका प्रसाईले बताइन् । यस्तै, नायक पुष्पल खड्काले यो चलचित्रमा आफ्नो भूमिका निकै मन परेकाले काम गर्न लागेको बताए । निर्देशक दीपाश्री निरौलाले यस पटक पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा हाँस्यकलाकार हरिवंश आचार्यले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।