//दूधसँग खान नहुने पाँच कुरा

दूधसँग खान नहुने पाँच कुरा

भिटामिन र मिनरल्स पाइने भएकाले दूध पिइन्छ । तर आयुर्वेदको नियमअनुसार दूधसँघ केही खानेकुरा खानुहुँदैन ।

कागती र कटहरसँग दूध हानिकारक

दूधसँग कागती, कटहर, करेला वा नुनको कहिल्यै पनि सेवन गर्नुहुँदैन । दूधसँग यी खानेकुराको सेवनले छालाको रोग जस्तै– दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।

दूधसँग दाल

दूधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । यस्तै, गाजर, आलु, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घन्टाको अन्तर आवश्यक छ । दूधसँग दालको सेवनले हृदयाघातको खतरा बढ्ने गर्छ ।

दूधसँग मूला

दूधलाई कहिल्यै पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दूध खानुहुँदैन । यस्तो गर्दा दूध विषाक्त हुन्छ साथै छालासम्बन्धी रोगको आशङ्का हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तीमा दुई घन्टापछि मात्र दूध पिउनुहोस् ।

माछासँग दूध

दूधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धी रोग लाग्न सक्छ ।

फलफूल र दूध

दूधसँग सुन्तला जस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । व्रत बस्दा मानिसहरू केरासँग दूध खान्छन्, जुन गलत हो । केराले कफ बढाउँछ भने दूधले पनि कफ बढाउन सहयोग गर्दछ । दुवै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।