//नेपालप्रति मोदीको हेपाहा शैली

नेपालप्रति मोदीको हेपाहा शैली

सेना, सशस्त्र र प्रहरी पङ्गु बनाइए

काठमाडौँ । नेपालको भ्रमणमा आउन कुनै देशका प्रमुखले आफ्नै देशको सुरक्षा टिम ल्याउँदैनथे । तर छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता नेपाल भ्रमण गर्दा ६६ जना सुरक्षा टिमसहित ल्याए । नेपालको सुरक्षा निकाय कुनै पनि प्रकारले भारतीय सुरक्षा अङ्गभन्दा कम थिएन । तर भारतले नेपालको सुरक्षा टिमप्रति विश्वास गरेन । नेपालप्रति हेपाहा चरित्र देखाएको भारतले राजनीतिक तहमा मात्र होइन, प्रहरी, सेना, प्रशासन, राजनीति र न्यायिक क्षेत्रसम्म दलालहरू राखेको छ । भारतीय शासकहरूको व्यवहार नेपालप्रति हेवाहा नै छ । मोदी तेस्रो पटक नेपाल आए । तर यस पटक पहिले जस्तो वाहवाही पाउने अवस्था थिएन, त्यही कारण सरकारले जनतालाई सडक यात्रा गर्न दिएन । मोदी आफैँले निम्त्याएको अपमानकै कारण हो, यस पटक उनले ६६ जना हतियारधारीहरूको सुरक्षा घेरामा नेपालको धार्मिक एवं पर्यटकीय भ्रमण गरेको पनि नेपालको संविधान जारी हुँदा मोदी रिसाउनुपर्ने थिएन । मोदीका दलालहरू महन्थ ठाकुर, राजेन्द्र महतोले देशको समस्या देशभित्रै छलफल गर्नुपथ्र्यो । तर यिनीहरूले सीमामा पु¥याए । देशमाथि नाकाबन्दी लगाए । यिनका मुद्दा देश हितका थिएनन् । जनताले यिनलाई पत्याएको थिएन । यस पटक काँग्रेसले यिनलाई बोक्यो । यिनबाट साथ पाएन । राजपा अहिले भाँडिएको हो । महाधिवेशन गर्न सक्ने त परको कुरा, संसदीय दलको संरचनासमेत बनाउन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाली पक्षले फोस्रो आश्वासन पायो । नेपालको सुरक्षा निकाय नालायक घोषित गर्न सरकार लाग्यो कि भारतीय सुरक्षा टोली लाग्यो भविष्यले बताउला । तर नेपालको सीमा क्षेत्रको ७० ठाउँमा हस्तक्षेप गरेको मोदी चरित्रले धार्मिक भ्रमण गर्दा ६० जना कमाण्डो ल्याउन किन जरुरी ठान्यो ? राष्ट्रवादको ऐलान गर्ने एमाले नेतृत्वको ओली मण्डली बोलेन । मोदी आफ्नै देशमा सुरक्षित थिएनन् । भारतमा चुनाव हुने प्रदेशहरूमा मोदीको हिन्दू कट्टरताको विरोध छ । आफ्नो देशमा असुरक्षित भएकाले हुन सक्छ, नेपालको धार्मिक भ्रमणमा भारतकै सुरक्षा तैनाथ चम्केको पनि मोदी जस्ता प्रधानमन्त्री भारतबाट नेपाल धेरै पटक आए । तर यिनको जस्तो अहङ्कार अरूको थिएन । नेपालको सरकारमा पनि पहिले भारतीय दलाल थिए । अहिले प्रम ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो मोदीले नै उतारिदिए । अरूले भन्नै परेन । नेपाल भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन नसक्ने गरी समाप्त भएको हो ? यहाँको सेना, सशस्त्र, प्रहरी, प्रहरीको सुरक्षा कमाण्ड, काम नलाग्ने भुत्ते भयो ? यसबारे कसलाई सोध्ने ? मिल्छ सार्वभौम सम्पन्न देशमा भारतको सेनाको जनकपुर मुक्तिनाथ काठमाडौँको परेड प्रदर्शन गर्न प्रदेशमा भने दिइयो । राजपा र फोरमले भारतको अङ्गकै रूपमा सिङ्गारेर सफा गरे । संयोगले राज्यको खर्चमाथि हावाहुरीले मस्ती ग¥यो । काँग्रेसका विमलेन्द्र र राजपाका राजेन्द्र महतोसमेत भारतको खान्की खाने तर मोदीलाई ढोगभेट गर्दा फरक चरित्र देखाउने गरेकै हुन् । राजेन्द्रले जहाँ चुनाव जिते, त्यो उनको न घर न जिल्ला । तर गुप्तचरले राजेन्द्र रोज्यो । यस पटक प्रदेश– २ को सरकार नेपालको हो कि बिहारको हो भन्ने छुट्याउन कठिन भो । किनकि जनकपुरको त्यो चाकडीमा नेपालले पाउने केही थिएन । यस पटक लम्पसारवादमा एमालेको ओली मण्डली लाग्यो । ओलीकै चेला परराष्ट्रमन्त्री छन् । फोरम लागेर बदनामै भयो ।

मोदी आफ्नै देशमा असुरक्षित बन्दैछन् । उनको विजयको उत्सर्ग अब छैन । भारतमै असन्तुष्टहरू ४० प्रतिशत भएका छन् । जबर्जस्त हिन्दुत्व कसैको करकापमा हुँदैन । उत्तर प्रदेश,, मध्यप्रदेश, बिहार, राजस्थान, पञ्चावको चुनावमा मोदीको पार्टी नेपालको काँग्रेस जस्तै भएको छ । अरू त कुरै छाडौँ, गोरखपुरमा योगी आदित्यको समेत बिजोग हुँदैछ । अन्तर्राष्ट्रिय कानुनको समेत उल्लङ्घन गर्ने मोदीपथ र वाम गठबन्धनमा एकाधिकार कायम गर्ने ओलीपथमा फरक छैन ।