//प्रदेश दुईको यस्तो राष्ट्रवाद !

प्रदेश दुईको यस्तो राष्ट्रवाद !

काठमाडौँ । नेपालमा संविधान जारी हुँदा असन्तुष्ट भारतले नेपालको राष्ट्रिय स्वाभिमान र सावैर्भाम अखण्डतामाथि प्रहार गर्न आफ्ना विधायक कीर्ति आजातलाई मात्र प्रयोग गरेन, मैथिली भाषामाथि बलात्कार गरेर फोरमका हर्ताकर्ता प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई समेत प्रयोग ग¥यो । नेपालको संविधान मान्ने, त्यही संविधानअनुसार सपथ ग्रहण गर्ने, राष्ट्रिय झण्डा नेपालको राख्ने तावेदारी भारतको गर्नेहरू नेपालमा राजपा र फोरमको दौरामा कसरी सक्रिय भए भन्ने पनि यस पटक देखियो । भारतीय लोकसभाका सदस्य आजातले प्रदेश दुईलाई भारतमा गाभ्नुपर्छ भन्नु प्रदेश दुईका मुख्यमन्त्रीले नेपालको आन्तरिक मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म विस्तृतरूपमा कहनु, मोदीले नेपालको विकासमा साथ भन्दै गर्दा ओली सरकारले ल्याएका योजनामा समर्थन गर्छु भन्ने तर संविधानका बारेमा मुख नखोल्नुले झन् शङ्का बढाएको छ । भारतको भाजपाकै असली रूप राजपाले आफ्नो कर्मथलोका मुख्यमन्त्रीले बोलेको कुरामा चासो नदिनु उपेन्द्र यादव जस्तो भारतबाट गाइडेड नेताले मन्त्रीलाई बर्खास्त गरी अर्को व्यक्ति छनौट नगर्नु जस्ता कुराले नेपालप्रति मोदी शासनको चरित्र झल्किन्छ । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतको लोकसभाका सांसद आजातको कुरामा विमति जनाए । तर उनले प्रदेश दुई ढिलोचाँडो भारतमा विलय लगाउने चेष्टाअनुसार भारतीय प्रधानमन्त्रीका अगाडि राजपाका नेताहरू तल्लीन छन् भन्ने कुरा उनीहरू मुख्यमन्त्रीको भनाइ जनकपुरमा देखाइएको दासताबाट छर्लङ्ग हुन्छ । भारतीय प्रधानमन्त्री मोदीसँग माओवादी अध्यक्ष प्रचण्डले आजातले उठाएको प्रसङ्ग कोट्ट्याए । कोसीमा बाढी आउँदा स्थानीय भारतीय चेकपोष्ट हटाउन कुरा राखे तर फोरमका उपेन्द्र यादव, राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी जस्ता नेताले किन कुरा उठाएनन् ? संविधानमा मधेसको असन्तुष्टि छ । सरकारले नेपालको सार्वभौम अखण्डता खलल नहुने गरी संशोधन गर्न भनेको छ । राजपा र फोरमले सरालाई समर्थन गरे । तर उनीहरूकै लागि छुट्ट्याइएको मन्त्रालयमा मन्त्री पठाएनन् किन ? भारतीय प्रम जनकपुर भ्रमणको बेला यिनले देखाएको देशद्रोही चरित्रको सर्वत्र विरोध भएको छ । मन्त्रीका लागि हुने लुछाचुँडी मधेसको विशेषता बन्दैछ । संसद् चलेको छ । मधेसका दलहरूलाई लाज भएन । नेपाललाई भारतको एक अङ्गको रूपमा राख्न खोज्ने ‘रअ’का तलबदारहरू त नेपालमा धेरै छन् । तर काँग्रेसका विमलेन्द्र निधि र गगन थापाले जसरी प्रतिक्रिया जनाए, अरूको प्रतिक्रिया किन आएन ?