//यसरी जुट्यो एकताको साइत

यसरी जुट्यो एकताको साइत

काठमाडौं । पदीय स्वार्थमा अड्किएको वाम एकता अन्ततः टुंगोमा पुगेको छ । तल्लो तहसम्म पार्टी एकतामा कुनै समस्या नदेखिए पनि केन्द्रमा पुगेर अड्किएको वाम एकताको गाँठो ठूलै रस्साकस्सीपछि बुधबार बेलुकी फुस्किन पुगेको हो । यो एकतामा दुवै पार्टीका अध्यक्षको पदको विषयले लामो समय लिएको कुरालाई नकार्न सकिँदैन । पार्टी एकता संयोजन समितिमा रहेका नेताहरुले दुवै अध्यक्षलाई आ–आङ्खनो पद त्याग भन्न सक्ने अवस्था थिएन । त्यही कारण उनीहरुले अध्यक्षद्वयको पद र चुनाव चिन्ह सूर्य, माओवादीको दश वर्षे जनयुद्ध शब्दलाई पार्टी विधानको प्रस्तावनामा कसरी राख्ने, अध्यक्षद्वयको व्यवस्थापन कसरी गर्ने भन्ने जिम्मा उनीहरुलाई सुम्पिए । लामो समयसम्म दुई पार्टीबीचको एकता प्रक्रियाका बारेमा विभिन्नथरिका विचारहरु आए । नेताहरुले एकताको विरोधमा अभियान पनि चलाए, एकता पक्षधरहरुले एकता विरोधीहरुलाई आ–आङ्खनो तर्फबाट घोचपेच गर्न पनि बाँकी राखेनन् । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलकै नेतृत्वमा एकता विरोधीहरुको टिक बन्यो । त्यो टिममा शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, शेरधन राईजस्ता प्रधानमन्त्री केपी शर्मा ओलीका निकटका हनुमानहरु सहभागी थिए भने माओवादी अध्यक्ष प्रचण्डलाई पनि एकता विरुद्ध जान उक्साउने नेताहरुको कमी थिएन । त्यहाँ वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरु थिए । दुवै पार्टीका अध्यक्षहरुले आङ्खना निटकका एकता विरोधीहरुको मन पनि राखे, एकता अभियानलाई लामो समयसम्म वार्ता र संवादको विषय टुंग्याउन बाँकी छ भन्दै अल्झाए । तर यो सधैं टिक्ने अवस्था थिएन । जनमासनमा दुवै पार्टीका अध्यक्षविरुद्ध आक्रोश बढ्दो थियो । यो बीचमा विदेशी पाहुनाको आगमन, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, माओवादी अध्यक्ष प्रचण्डको विभिन्न जिल्लाहरुमा आयोजित पूर्व निर्धारित कार्यक्रमहरुका कारण बैठक बस्न सकेको थिएन । जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने धार्मिक नेपाल भ्रमण भयो त्यसपछिका दिनमा दुवै पार्टीका अध्यक्षमाथि एकता संयोजन समितिले दबाव दिन थाल्यो । संयोजन समितिमा सबै एकता पक्षधर भएकाले एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल, माओवादीका वर्षमान पुनको केही लागेन । उनीहरु एकता संयोजन समितिले तयार परेको दस्तावेज तयारी समितिका सदस्य पनि थिए भने पद निर्धारण समितिको सदस्य पनि थिए । जनताको दबाव, कार्यकर्ताको मागलाई दुवै पार्टीले पन्छाएर भाग्न सक्ने स्थिति अहिले थिएन । संसदमा दुई पार्टीका सांसदहरु एकताको पक्षमा थिए । संयोगले दुई तिहाई पुग्न दश जना सांसद नपुगे पनि यतिखेर एमाले र माओवादीका गरी १७४ जना सांसद रहेका छन् । सरकारले कम्युनिष्ट पार्टीको सिद्धान्त र मर्मअनुसार, नीति तथा कार्यक्रम तयार पार्न एकता संयोजन समितिको विधान प्रतिवेदन समितिका संयोजक वामदेव गौतमलाई जिम्मा दिएको थियो । त्यही समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयले बजेटको तर्जुमा गरिरहेको अवस्था छ । निर्वाचन अगावै संयुक्त चुनावी घोषणापत्रको अभियानमा सहभागी भएका नेताहरुद्वारा निर्मित सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका कारण पनि यतिखेर दुई पार्टीका नेताहरुलाई एकता घोषणा गर्न बाध्य बनायो । किनकि संविधानतः जेठ १५ गतेभित्र नेपाल सरकारले संसदमा बजेट प्रस्तुत गर्नु पर्दछ । त्यसको एक हप्ता अगाडि सरकारका नीति तथा कार्यक्रमहरु संसदमा प्रस्तुत भई छलफलद्वारा बहुमतले पारित गरीसक्नु पर्ने प्रावधान छ । एमाले र माओवादीलाई अपर्झट यो एकता गर्नुपर्ने बाध्यता कार्यकर्ताको दबाव र सरकारको नीति तथा कार्यक्रमले जुराएको हो । यी दुई पार्टीबीचको एकता भड्काउन छिमेकी भारतले धेरै प्रयास गरेको थियो । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहको नेतृत्वमा कृष्ण सिटौला, दीपकुमार उपाध्यायको टोली पटक पकट माओवादी अध्यक्ष प्रचण्डलाई उक्साउन नपुगेको पनि होइन । तर प्रचण्डले आङ्खनो स्वार्थका निम्ति विगतमा जतिसुकै अस्थिर राजनीतिमा हात हाले पनि यस पटक आफैंले हस्ताक्षर गरेको पार्टी एकताको प्रतिबद्धतालाई तोड्न सकेनन् । दुई पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका पार्टी एकताको घोषणा नहुँदै तयार भइसकेको थियो । खाकाअनुसार स्थायी समितिमा ४३ जना रहने निर्णय भएको हो । जसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने बताइएको छ । पार्टीको चुनाव चिन्ह सूर्य नै रहने भएको छ । एकीकृत पार्टीको शक्तिशाली र हेडक्वार्टर मानिने सचिवालयमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम र ईश्वर पोखरेल र विष्णु पौडेल रहने छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा बादल, रहेका छन् । एमाले र माओवादीको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान पनि अनुमोदन गरिसकेको छ । हिजो बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।