//जो निरन्तर जनताको मन जित्छन्

जो निरन्तर जनताको मन जित्छन्

उनी कार्यालयभित्रै थिए । तर उनको नेम प्लेटमा ‘बाहिर’ लेखिएको थियो । यी थिए– ललितपुर महानगरपालिका वडा नंं. १० का वडाध्यक्ष नरसिंह व्यञ्जनकार । नेम प्लेटको उनलाई कुनै चासो छैन । साउन ३ गते उनको भीमरथारोहण गरिँदैछ । उनी ७७ वर्ष ७ महिना ७ दिन ७ घडीमा सो कार्यक्रमका नायक बन्दैछन् । उनको घर ज्वागलमा पर्छ । २०४९ सालमा उपमहानगर बनेपछि यिनको वडा १ बाट टुक्रिएर १० हुन पुगेको हो । वडाध्यक्ष भएपछि जसरी काम गर्ने अपेक्षा थियो, त्यो भएन । वागमती सुधारमा उनको जोड छ । ‘विकासका निम्ति मान्छे नैतिकवान् हुनुप¥यो । आफ्नो हैसियत बुझ्नुप¥यो, जनताको माग सम्बोधन गर्न सक्नुप¥यो । जिम्मेवार हुनुप¥यो’– २०२९ सालदेखि निरन्तर वडाध्यक्ष पदको यात्रामा लागेका ७७ वर्षीय वडाध्यक्ष नरसिंह व्यञ्जनकार भन्दै थिए ।
उनलाई सो वडाका राजनीतिक दलहरूले कहिले निर्विरोध बनाए त कहिले उनले प्रतिद्वन्द्वीलाई भारी मतले हराए । यस पटक उनले काँग्रेसका कर्मलाललाई ९७ मतले हराए । उनले ६ सय ९१ मत पाए, कर्मलालले ५ सय ९४ । त्यहाँ एमालेले १ सय ८७ मत पायो । उनका अर्का प्रतिद्वन्द्वी थिए – एमालेका कुलबहादुर आचार्य । दलीय हिसाबमा उनलाई पार्टीमा भित्र्याउन सबैले खाजेका हुन् । तर उनी पिँजडाको सुगा बन्न चाहेनन् । स्वतन्त्र रहेर सधैँ उनी चुनाव जित्नुमा नैतिकता, कर्मनिष्ठ र इमानदारिता ठान्छन् । २०७४ साल वैशाखमा चुनाव भयो । नतिजा आउन महिना लाग्यो । ७७ वर्षीय नरसिंह व्यञ्जनकारलाई चुनाव जित्छु भन्ने विश्वास थियो । उनी ढुक्क थिए तर मान्छे यत्रो दलीय प्रतिस्पर्धा छ, त्यो पनि ललितपुर जस्तो राजनीतिक दलीय गढमा महानगरपालिका वडा नंं १० मा स्वतन्त्र उम्म्ेदवार व्यञ्जनकारले आफ्नै भतिजा जस्ता कर्मलाल व्यञ्ज्नकारलाई ९७ मतले हराए । राजनीतिक विश्लेषक र मत सर्वेक्षकहरूको दलीय सर्वेक्षणले हावा खायो । २०२९ सालमा यिनी वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित भए । त्यो बेला पनि देवेन्द्र अमात्य उनका प्रतिस्पर्धी थिए । उनको निरन्तरता जनताको अभिमतप्रति इमानदारपूर्वक खटिनु नै वडामा लोकप्रियता हासिल गर्नु थियो । त्यही कारण २०३६ सालमा उनलाई बहुदलको हावाले हल्लायो । जताततै दलीय हलचल छ । उनी अडिन सकेनन् । हावा जता बग्यो, त्यतै लागे वडाध्यक्ष पद त्यागेर । त्यही कारण हुन सक्छ, २०३९ सालमा उनलाई निर्विरोध वडाध्यक्ष बन्ने मौका जु¥यो । तर नगर पञ्चायतको भवन बनाउने सवालमा नगरका प्रधानपञ्चसँग मत मिलेन र यिनले पद त्यागेर जनताका बीचमा आए । २०४१ सालमा उपचुनाव भयो, जित यिनकै भयो । ०४३ सालमा चुनाव भयो, जित यिनकै भयो । समस्या लिएर जाने जोसुकै होस्, उनले आफ्नो क्षमताले भ्याएको र कानुनले दिएको सहयोग गरेर फर्काउने हुनाले ललितपुर– १० का जनताले यो वृद्ध उमेरमा पनि यिनै नरसिंह व्यञ्जनकारालाई रोज्छन् । समाजसेवा नै उनको लगनशीलता हो । ‘नौ पटक एउटै पदमा विजय प्राप्त गरे पनि जनताको इच्छा पूरा गर्न सकेको छैन’– उनी भन्छन् । ‘समयअनुसार मान्छेका आवश्यकता बढ्छन्’– व्यञ्जनकार भन्छन् । स्थानीय तहमा सिंहदरबारको अधिकार पुग्यो भनिन्छ तर सिंहदबारको सेरोफेरोसँग जोडिएको कामपा वडा नं. ११ ले नपाएको अधिकार वागमतीपारिको ललितपुर नगरको वडा नं. १० ले कसरी पाउँछ ? ‘विकासका लागि महानगरको मुख ताकेर मात्र हुँदैन’– आफ्नो अनुभवबारे उनी भन्छन् । त्यही कारण उनको वडामा जनता जागरुक छन् । जनताका बीच मोती बनेर उनी हरेक कार्यक्रममा जनतासँगसँगै हुन्छन् । हो, तिनै नरसिंह व्यञ्जनकार गुरुजीको साइतमा बिहीवार भीमरथारोहणको नायक बन्दैछन् । हाम्रो पनि शुभकामना !