//नेपाल प्रज्ञा प्रतिष्ठान लथालिङ्ग

नेपाल प्रज्ञा प्रतिष्ठान लथालिङ्ग

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठान केही वर्षदेखि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीका तथाकथित केही बुद्धिजीवीहरूलाई जागिर खुवाउने अखडा भएको छ । विगत चार वर्षअघि गठन भएको प्राज्ञिक परिषद्को समयावधि यही ०७५ साल भाद्र २३ गते समाप्त हुँदैछ । त्यसपछि गठन हुने परिषद्मा पुनः थामिने प्रयासमा अहिले कार्यरत सदस्यहरू रहेका छन् । बैरागी काइँला कुलपति हुँदा उपकुलपछिको पद पाएर कुलपति हुन पुगेका गङ्गाप्रसाद उप्रेती पुनः अर्को अवधि पनि कुलपति हुने, थामिने प्रयासमा छन् । नेपाल कम्युनिस्ट पार्टीको सरकार रहेको समयमा म जस्तो त्यागी व्यक्ति नदोहोरिए को दोरिने त भनेर उनी धेरै ठाउँमा भाषण गरी हिँडेका छन् । मलाई हटाउनुपर्ने आधार के भन्ने उनको बौद्धिक जगत् र सरकारसँग प्रश्न रहेको छ । विगत पनि गङ्गाप्रसाद उप्रेती साहित्यिक कृति, कार्यक्षमताका आधामा कुलपति भएका होइनन् । कर्मकाण्डी तरिकाले त्यो पदमा पु¥याइएको हो । उनलाई त्यो पदमा पु¥याउने आधार भनेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका मामाससुरा गायत्री नेपालका मामा हुन् । अर्कातिर प्रधानमन्त्री खड्गप्रसाद ओलीका कुनै कालखण्डमा गुरु, उमेरका हिसाबले नभई पढाइका हिसाबले गुरु बन्न पुगेका हुन् । अर्कोतर्फ कुनै व्यक्ति पूर्वका हुन् भने अझ दुवै व्यक्तिको थर गोत्र पनि मिल्दोजुल्दो नै देखिन्छ । कुमाईको घुमाइ । उनीहरूले गरेको कामको विवरणतर्फ ध्यान दिने हो भने चार वर्ष उपकुलपति हुँदाको कर्मकाण्ड र चार वर्ष कुलपति हुँदाको कर्मकाण्ड झन्डै उस्तै–उस्तै रहेको छ । प्रज्ञा प्रतिष्ठानले गर्ने नियमित केही कार्यक्रम छन्, ती कार्यक्रम भनेको साहित्य, भाषा आदिबारे बौद्धिक बहस चलाउने र बहसको निचोडलाई लिएर पुस्तक प्रकाशित गर्नु । प्रत्येक वर्ष राष्ट्रिय कविता महोत्सव र अन्य कुनै साहित्यिक पर्व भानुभक्त जयन्ती, मोती जयन्ती, देवकोटा र लेखनाथ आदि व्यक्तिका जन्म जयन्ती मनाउँदा हुने कविता गोष्ठी हुन् । कुनै विषयमा बौद्धिक छलफल र कविता महोत्सव गर्दा कुनै ठोस मापदण्ड बनाइँदैन । राजधानीमा बस्ने आफ्नै सम्पर्कका कविलाई मात्र बोलाउने गरिन्छ । प्रतिष्ठानले दिने सुविधा उनीहरूलाई दिइन्छ, साठी वर्ष उमेर नाघेको संस्थाका तर्फबाट गरिने कार्यक्रममा जिल्लाको खासै सहभागिता या प्रतिनिधित्व गराइँदैन । प्रतिष्ठानका प्रकाशन राजधानीमा केही थोरै पसलमा पु¥याइन्छ । भएको प्रकाशन मुसालाई खुवाएर प्रतिष्ठानकै गोदाम घरमा थन्क्याइन्छ । प्रकाशनको सङ्ख्या बताइँदैन÷खुलाइँदैन । राजधानीबाहिर पठाउने परम्परै छैन । तीन महिनामा कुनै साहित्यिक कार्यक्रम गरियो भने सहभागीलाई खाजाका पोकामा एक सय खर्च गरियो भने तीन सयको बिल बनाइन्छ । प्रकाशन र कार्यक्रम सम्बन्धमा यो परिषद्ले कर्मकाण्ड मात्र पु¥याएको छ भने आर्थिक घोटाला धेरै भएको छ । भूकम्पका बेला भएको नोक्सानी प्रज्ञा भवन मर्मतमा ज्यादै घोटाला गरिएको छ । एक हजार इँटा ल्याएको छ भने तीन हजारको बिल बनाइन्छ । सय बोरा सिमेन्टको ठाउँमा तीन सय बोरा र अझ पेन्टिङमा ज्यादै महँगो रङका डब्बा किन्दा त्यस्तै विधि अपनाइएको छ । यस्ता काममा विभागीय प्रमुख तोकिने चलन छ, ती विभागीय प्रमुख तोकिएर विभाग बनाइँदा कविता, दर्शन, आख्यान, प्रमुखसँग जसले बढी कार्यक्रम गर्छु भनेर कार्ययोजना प्रस्तुत गर्छ, उसैले काम गरे पनि नगरे पनि पैसा कुम्ल्याउँछ । प्राज्ञिक सदस्यहरूलाई देश–विदेशमा भ्रमणको सुविधा उपलब्ध गराइएको छ । ती भ्रमणमा अरू सदस्यले मौका पाऊन्–नपाऊन् कुलपति अपाmू भने देशका धेरै ठाउँ पुग्नै पर्ने, विदेश उनै जानुपर्ने कर्मकाण्ड विगतमा देखियो । राज्यले पाँच करोड रकम दियो भने तीन करोड भ्रमणमै सिद्धिएको छ, त्यसमा दुई करोड कुलपति र बाँकी रकम अन्य सदस्यलाई दिइएको देखिन्छ । प्रतिष्ठानका प्रकाशनलाई देशभरका साहित्यिक पत्रकार, मोफसलका पुस्तकालयसम्म पु¥याउने योजनै बनाउने प्रयास पनि गरिएन । आफ्नो विकल्प अर्को व्यक्ति नदेख्ने चाकरीमा लिप्त कुलपति उप्रेतीभन्दा धेरै योग्य र सक्षम व्यक्ति पनि नेपाली साहित्य फाँटमा छन् भन्ने मानसिकता उनीमा छैन । चाकरीमा नै रमाउने र चाकरी गर्न आउनेकै कुरा बढी सुन्ने राजनीतिक नेतृत्वका कारण पनि आज मुलुकमा चाकडीको परम्परा हटेन । यसको अन्त्य कहिले र कसरी होला ? यो प्रश्नको उत्तर छैन । विगत केही दिनअघि हिम्वत् खण्ड साहित्य संस्कृतिको बृहत् कार्यक्रम गरियो । सोही कार्यक्रममार्फत् केही व्यक्तिले साहित्यकार र समालोचक राजेन्द्र सुवेदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पु¥याए । तिमी कुलपति हुन्छौ भन्ने आशा सुवेदीलाई केही व्यक्ति र ओलीनिकट व्यक्तिले भनेका छन् । त्यही भनाइ नै मेरो पदीय भाग्य होला भेनर राजेन्द्र सुवेदी मख्ख परेर घरमै घोत्लिएका छन् भने यता खाई आएको राज्यकोष दोहन गर्न सक्षम चाकडीबाजहरू कुलपति उप्रेतीलाई लिएर कुदिरहेका छन् । भर्खरै एकीकरण भएको कम्युनिस्ट पार्टीका दुवै घटकका नेताका घरमा पुग्ने, फोन गर्ने काममा दत्तचित्त भएर उप्रेतीको टिम लागेको छ । जनयुद्धकालमा माओवादी पार्टीका गतिविधिप्रति चित्त नबुझेर केही लेखिएकै भए पनि त्यस्ता कृति सच्याउन उनीहरू तयार छन् । प्रजातन्त्रवादी घरबार भएका प्रज्ञा सदस्यहरू सरकारले एक वर्ष म्याद थपिदिए, थप तर खान पाइने थियो भन्ने तर्क प्रस्तुत गर्दैछन् । वाम घटकबाट आएका व्यक्तिहरूको महत्वाकाङ्क्षा भने चुलिएको छ । उप्रेतीलाई कुलपति थामिन चाकडीले नपुगे हात्तीको थान व्यागमा पु¥याउन पनि तयार छन् । आखिर पदमा त पुगिन्छ नि । सचिव जीवेन्द्रदेव गिरीलाई उपकुलपतिको आशा छ भने प्रगतिशील लेखक सङ्घको तर्फबाट आएका अमर गिरी र मातृका पोखरेललाई पुनः थामिन मन छ । प्रगतिशील साहित्यमा हामीजत्तिको व्यक्ति देशमा अरू लेखक छैनन् भन्ने अहंता तिनमा रहेको छ । देशका आमबुद्धिजीवी, साहित्यकारको भने प्रज्ञा प्रतिष्ठानको गरिमा र प्रतिष्ठा राख्न यो कर्मकाण्डी प्रज्ञा परिषद्का व्यक्ति कोही पनि नदोहोरिऊन् भन्ने छ । प्रचण्ड, केपी, माधव, झलनाथ, नारायणकाजीसमेतको सद्बुद्धि आओस् ।