//एनसीसीविरुद्ध यस्तो चालबाजी

एनसीसीविरुद्ध यस्तो चालबाजी

हरिसिद्धिको जग्गा कब्जा गर्ने लक्ष्मीको दाउ
काठमाडौं । आफूलाई एनसीसी बैंकको जन्मदाता भन्ने लक्ष्मीबहादुर श्रेष्ठसमेतको टोली यतिबेला बैंकको हकप्रद शेयर जारी गर्न नदिन अदालत धाउन थालेको छ । संयोगवश श्रेष्ठले उच्च अदालत पाटन र सर्वोच्च अदालतमा हालेका मुद्दाहरू दुवै खारेज भएका छन् । नेपालका २८ वटा वाणिज्य बैंकमध्ये एनसीसी बैंकले ८ अर्ब पुँजी पु¥याउन बाँकी छ । त्यो पुँजी पु¥याएर नोपल राष्ट्र बैंकले तोकेको परिधिमा बैंकलाई पु¥याउनुको सट्टा संस्थापक भनी गर्व गर्ने लक्ष्मीबहादुर श्रेष्ठको टोलीले बैंकप्रति देखाएको यो हर्कतले शेयरधनीहरू आक्रोशित भएका छन् । लक्ष्मीबहादुरको दाउ अहिले हरिसिद्धि इँटा टायल कारखानाको जग्गा कसरी हात लगाउने भन्नेमा केन्द्रीत छ । एनसीसी बैंकलाई बेलाबखत विवादमा ल्याउने र बैंकको कर्जा आफूखुशी प्रयोग गर्ने यो समूहलाई नेपाल राष्ट्र बैंकले पनि नचिनेको होइन । विगतमा बैंकको स्थिति खराब भएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी एनसीसी बैंकलाई बचाएको इतिहास छ । बैंकभित्र यस्तो गिरोह रहेपछि कसरी प्रगति हुन्छ ? आम शेयरधनीहरू यतिबेला चिन्तित बनेका छन् । जबसम्म हकप्रद शेयर जारी गर्न सकिँदैन तबसम्म बैंकले आफ्नो पुँजी बढाउन सक्दैन भन्ने कुरा थाहा हुँदा हुँदै श्रेष्ठ गिरोहले बैंकप्रति यो दुस्साहस ग¥यो त्यो भने आम रुपमा चासोको विषय बनिरहेको छ । सरकारले हरिसिद्धि इँटा टायल कारखानालाई निजीकरण गर्दा त्यसको भौतिक सम्पत्तिको अनुगमन गर्ने प्रक्रिया जारी राखेको भए लक्ष्मीबहादुर श्रेष्ठहरूले हरिसिद्धिको जग्गामा आँखा लगाउने थिएनन् । सो जग्गा कब्जा गर्न लक्ष्मीबहादुर श्रेष्ठको अदालत धाउने प्रवृत्तिमाथि सम्बन्धित पक्षले गम्भीर हुन सकेन भने अझै पनि एनसीसी बैंकको भविष्य खतरामुक्त देखिँदैन ।