//यस्तो गम्भीर विषयमा सेना चुपचाप

यस्तो गम्भीर विषयमा सेना चुपचाप

जवानको रगत पसिना यसरी डुब्दै छ
काठमाडौँ । नेपालको राष्ट्रिय सुरक्षा नीति नभएको कारण सुरक्षा निकायहरू आफैँ असुरक्षित रहेको कुरा अनमिनले व्यक्त गर्न थालेपछि लखेटियो । सुरक्षा निकायहरू र भवनहरू वरपर एक किमिको दूरी खुला हुनुपर्ने अनमिनको तर्क थियो । माओवादी द्वन्द्वका क्रममा सरकारको सुरक्षा फौज र माओवादी दुवैको तर्फबाट चन्दा असुली र खानतलासीको नाममा लुटपाट भएको अनमिनले थाहा पायो । दुवैतर्फको ज्यादतीको उजुरी दिने ठाउँ थिएन । धेरै धनसम्पत्ति हुनेलाई माओवादी पालेको आरोप लगाएर सेनाले धम्क्याएर रकम असुल्यो । त्यसको छानबिन नेपालले गर्दैनथ्यो । दुवैतर्फको पीडा र आर्थिक लुटको न्यायोचित छानबिन नभएसम्म नेपालमा स्थायी शान्ति हुँदैन भन्ने तर्क अनमिनको हो । माओ विचारधाराका माओवादी हुन् भने जनताको सियोसम्म फिर्ता गर्नुपर्ने रेडबुक अनमिनसँग थियो । सेनाले घर खानतलासीको क्रममा सहरी क्षेत्रमा घरभित्रका सुनचाँदी र पैसा कब्जा गरेको विवरण लिएर जनतालाई फिर्ता गर्नुपर्ने लगायतका विषयमा स्थायी शान्ति र न्यायका लागि जरुरी हो । कम्बोडियाको विद्रोहको शान्ति प्रक्रिया, प्रवृत्तिको शान्ति र स्थायित्व अनमिनले चाहेको हो । त्यो देख्न नसक्नेले अनमिनलाई खेदेका हुन् । अनमिनले नेपालको केन्द्रीय सचिवालय सिंहदरबार सेनाको हेर्डक्वार्टर, प्रहरी र सशस्त्रको हेर्डक्वार्टरलगायत सुरक्षा संयन्त्र माफियाको कब्जामा भएको थाहा पायो । जब यो प्रश्न उठ्यो, अनमिन बदनाम भयो । त्यही बेला धरहरा वल्र्ड ट्रेड सेन्टर, सिभिल मल जस्ता क्षेत्रबाट विद्रोहीले लञ्चर प्रहार गर्न सक्ने चेतावनी थियो । सिंहदरबार, प्रहहरी हेर्डक्वार्टरवरपर सुरक्षाका लागि पनि खाली ठाउँ आवश्यक छ भन्ने सुझाव अनमिनको हो । नेपालका सुरक्षा कार्यालयहरू असुरक्षित रहेको अवस्था छ । सरकारको चासो त्यहाँ हुँदैन । यस्ता कुरामा सार्वजनिक र सरकारी जमिन, घर व्यवसाय, बन्द व्यापारबाट आतङ्कवादीको घूसपैठ हुने चेतावनी दिन थालेकै कारण अनमिन लखेटिएको हो । त्यही अनमिनले मानवअधिकारका नाममा घुस्याहाहरूलाई राम्रै प्रयोग गरेको हो । नेपालको भूमि प्राकृतिक स्रोत–साधन, आतङ्कवादको कब्जामा जाने चेतावनी नेतामा भएकै कारण भारत पनि अनमिनको विरुद्धमा गयो । अहिले ७७ जिल्लाका सरकारी कार्यालयहरू सुरक्षाका पोष्टसमेत असुरक्षित छन् । नेपालको राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समिति नाम मात्रको छ । यसलाई संविधानमा स्थायी संस्था बनाउनुपथ्र्यो । विभिन्न नामका आयोग केवल कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् । नेपालका सूचना विदेशीलाई बेच्ने र विदेशीले उपयोग गर्ने आशङ्काले सुरक्षा निकाय ग्रस्त छन् । सरकारले बलियो कानुन बनाएको छैन । सुरक्षा अधिकृत र जवानको नैतिक आचरण भ्रष्ट छ भन्ने सूचना विदेशीले थाहा पाएका छन् । यही कारण सीमा क्षेत्र र सुरक्षा अधिकारीलाई देशप्रति बफादार मान्न जनता तयार छैनन् । किनकि एयरपोर्टका प्रहरी नै सुन तस्करका भरिया भएको देश हो नेपाल । सेनाले राष्ट्रको भूमि, सीमा रक्षा गर्ने भूमिका निर्वाह गरेको छैन । सीमा मिचिँदा सेना बोल्दैन । मालपोत र नापीकै सहयोगमा भएको भूमि अतिक्रमणप्रति सेना किन मौन ? शङ्का छ । नेपाली सेनामा भ्रष्टाचार जहाँ–त्यहाँ छ । गौरवसमशेर राणाले भौतिक पूर्वाधारको कमिसन खाए गए । राजेन्द्र क्षेत्री प्रधानसेनापति भए, गए । उनले पनि त्यहाँ सुधार गरेनन् । केवल नातावादमै सेना लाग्यो । सेनाको कुरा अमेरिकी राष्ट्रपतिले समेत उठाए । उनले देशभक्त सेना खोज्नुको कारण के ?
अहिले नयाँ सेनापति पूर्णचन्द्र थापा आएका छन् । उनी ०१७ साल भदौ २५ को जन्ममितिले ५८ वर्षे उमेर हद लाग्नेमा थिए तर उनी शाहीकालमा गजेन्द्र लिम्बू मातहतमा काम गरेका हुन् । त्यो बेला गाडी राजदरबारको पल्टनमा राख्थे । उनी युएन मिसनको इजरायल र सिरिया मिसनमा फोर्स कमान्डर रहँदा छाडेर नेपाल फर्केका हुन् । उनका बाबु कर्णेल थिए । अपराध भएन भने नेपाली सेनामा थापापछि ०७८ सालमा पर्शुराम शर्मा सेनापति हुने रोलक्रममा छन् । तर यिनी पनि महिलामोही हुँदा झ्याप परेका हुन् । सेनाका हाकिमको रमाइलो गर्ने काठमाडौँ गेष्ट हाउस हो । सुन्न नपारेस्, ताराध्वज पाण्डे, अशोक सिग्देल जस्ता रथीहरू दिउँसै गेष्ट हाउसमा फेला नपरून् । अनुपजङ्ग थापा, मधुकर कार्की ०८४ भदौका प्रतिस्पर्धी हुन् । जागिरकै समयमा ६० प्रतिशत बेलायत र अमेरिका बस्ने तेजेन्द्रजङ्ग थापाका पुत्र अनुपजङ्गको पल्लाभारी त्यो बेला नहोला भन्न सकिँदैन । सैनिक सेवा कस्तो हो, पाकिस्तानको शिक्षा लिए हुन्छ । जहाँ हालै प्रधानमन्त्री जननिर्वाचित हुँदा (नेपालका एमाले, काँग्रेस जस्ता पार्टीले माओवादीलाई ०६४ सालमा असहयोग गरे जस्तै) इमरान खान प्रधानमन्त्री बन्दा विपक्षीले कोलाहल गरे पनि सेनाले जनमतको कदर ग¥यो । रुकमाङ्गद कटवाल काण्ड किन घटाइयो ? कसले घटायो ? यस्ता विषय अब नेताको लुटाहा चिन्तनमा हराएको कारण विदेशीले नेपालको सुरक्षा चासो देखाएको हो । अहिलेका प्रधानसेनापति दरबारको हैकम हुँदा दरबारकै थिए । राष्ट्रको स्वाभिमान र गौरवको फिलिङ्गो त्यो सेना बन्ने आश गर्न सकिँदैन । जसको काम जनयुद्धकालमा घर खानतलासी गर्ने र जनताको धन लुट्ने थियो । गणतन्त्रपछिको सेनाको पनि चरित्र उस्तै छ । सेनापतिहरू उस्तै छन् । नयाँ सेनापतिले जनस्तरमा राम्रो छाप छाड्लान् भन्नेमा पनि शङ्का छ । किनकि सेनामा परिवर्तन छैन । दरबारले पत्याएका परिवर्तनविरोधी नै सेनाका सहयोगी भएका छन् । सेनाले खाने खाजा बिस्कुट, अण्डा, दूध, चाउचाउ जस्ता कुरामा कमिसनको चलखेल छ । देशलाई राजस्व ठग्ने चौधरी समूहको यहाँ हेलमेल छ । देशको सम्पत्ति नै विदेश लैजाने विनोद चौधरी, राजेन्द्र खेतान जस्ता देशघातीको उत्पादन नेपाली सेनाले खरिद नगरे हुने हो ।
कोषको रकम जोखिममा
उता, सेनाको कल्याणकारी कोषको पैसा क्यापिटल मर्चेन्ट एन्ड फाइनान्समा रू. १७ करोड ९ लाख ९५ हजार, युनाइटेड विकास बैङ्कमा १ करोड ५१ लाख, सम्झना फाइनान्समा १ करोड ६९ लाख, सेयर मार्केटमा २ करोड ५३ लाख र हिमालय फाइनान्समा १२ लाख जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषको रकम विगतमा सेनापतिहरूले स्वार्थमा छरेका थिए । कोषमा अहिले रू. ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रहेको छ । विभिन्न परियोजनामा ५ अरब ५२ करोड ५७ लाख ८७ हजार गरी सेनासँग ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रहेको छ । जग्गा किन्ने, घडेरी बेच्ने व्यापार पनि सेनाले गरेको छ । फाइनान्सले
लगेको पैसा उठ्ने सम्भावना कम छ । हिमालय फाइनान्स त धराशयी भइसक्यो ।