//नालायकलाई महानगरको प्रमुख बनाएको फल

नालायकलाई महानगरको प्रमुख बनाएको फल

असफल सिद्ध हुँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरमा नालायक नगर प्रमुख बनाउने तत्कालीन नेकपा एमालेलाई अहिले लज्जित बनाएको हुनुपर्छ । एक वर्ष चार महिना पार गरेका काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले सिन्को भाँचेनन् । यी शाक्यले पार्टी नै तहस–नहस बनाए भनेर बारम्बार कुरा निस्कन्छ । तर पार्टीले निर्वाचित स्थानीय सरकारलाई गरोस् के ? आलोचना सहनेबाहेक । प्रधानमन्त्री ओलीका आफन्त विद्यासुन्दरको हैसियत वडा सदस्यसम्म रहेछ तर ओलीकै आडमा यी तत्कालीन एमालेको पार्टी सचिव पनि बनाइए । नेपाली काँग्रेसले राजुराज जोशी जस्तो लुम्रो अगाडि सार्दा युरोपेली युनियन भर्सेज विवेकशील पार्टीले रञ्जु दर्शनालाई फेसबुके भोट जम्मा ग¥यो । साझा पार्टीको नाममा मेयरका प्रत्यासी इन्जिनियर किशोर थापाको मत जोड्दा विद्यासुन्दर पराजित हुने अवस्था थियो । तर शाक्यले नेपाली काँग्रेससँग कति प्रतिवाद गर्नुपरेन । भ्रष्टहरू हरि कुँवर, ज्ञानेन्द्र कार्कीकै टिमको सहारामा यी कुदे । काठमाडौँको फोहोरसमेत व्यवस्थापन नगर्नेले सडक सुधार गर्छ, खानेपानीको हाहाकार हटाउँछ भनेर कसरी विश्वास हुन्छ ? जसले १०१ कार्यक्रम एक सय दिनको लक्ष्य राखेर घोषणा ग¥यो तर कार्यान्वयन गर्दै गरेन । कामै नगरी प्रधानमन्त्री ओलीले पत्रकारको साथ खोजे जस्तै महानगरका मेयर शाक्यले प्रेसको साथ खोेजेका छन् । काठमाडौँ महानगरले गर्ने काम धेरै छन् । बजेट पनि महानगरको ठूलो छ । भएका साधनको प्रयोग नगरी राजधानीको धूलो, धूवाँ कसरी हट्छ ? सडकको खाडल जसले बनायो, उसैलाई मर्मत गर्न लगाउने हैसियत महानगरले राख्छ । तर विद्याको नेतृत्व जहाँ–त्यहीँ असफल छ । यहाँ काँग्रेस पनि जोडियो, रानीपोखरी मर्मत गर्न नदिने उपप्रमुख हरिप्रिया खड्गी हुन् । यिनैको टोल बागबजारमा पानी पर्दा सडक जलाम्य हुन्छ तर ढल मर्मत सुधार भएको छैन । एमाले–काँग्रेसको सहभागिता राजधानीका प्रत्येक नगरमा छ । तर नेमकिपाको अधीनमा रहेको भक्तपुरले सीमापुर सम्झाउँदैछ । ठूलो पार्टीका गोबरका थुप्राहरू भ्रष्टाचारमा रमाएका छन् । जथाभावी कर लगाएर भत्ता कुम्ल्याएका छन्, जनताको काम सिन्को भाँचेका छैनन् । जस्तो सरकार, त्यस्तै जनप्रतिनिधि भएको देशले प्रगति गर्दैन । राजधानीको दशा नेकाँ र एमालेले मिलेर सुरु गरेका हुन् ।