//गेजुवाले पायो बुढीगण्डकी

गेजुवाले पायो बुढीगण्डकी

काठमाडौं । चाइनिज कम्पनी गेजुवाले बुढीगण्डकी परियोजना निर्माणको जिम्मा पाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले देउवा सरकारले खोसेको बुढीगण्डकी गेजुवालाई दिलाउने निर्णय गरेको हो । केपी ओलीको अघिल्लो कार्यकालमा पनि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा गेजुवालाई बुढी गण्डकी दिने घोषणा भएको थियो । नेपाल सरकारकै योजनाको रुपमा गेजुवाले बुढीगण्डकी बनाउने सहमति भएको हो ।
सो आयोजनाका लागि गेजुवाले चिनियाँ बैंकहरुसँग ऋण लगानी खोजी गरी नेपाल सरकारलाई दिलाउने छ । रु २ खर्ब ५० अर्ब लगानी हुने बुढीगण्डकीको ऋण गेजुवाले जुटाउने सहमति भएको छ । एशीयाली विकास बैंक, विश्व बैंक जस्ता निकायले तलाउ परियोनजामा लगानी गर्दैनन् । तर गेजुवाले अर्जेन्टिना र ४ अफ्रिकी मुलुकहरुमा यस्ता परियोजना सम्पन्न गरेको छ । त्यसका निम्ति चिनियाँ बैंकहरुको लगानी जुटाइदिएको थियो । सरकारले परियोजनाबाट प्रभावित हुनेहरुलाई उचित मुआब्जा वितरण गर्ने कार्य जारी राखेको छ भने बाँध निर्माणास्थलमा सुरुङ बनाउने काम पनि जारी नै छ ।