//धम्की दिँदै माफी माग्दै

धम्की दिँदै माफी माग्दै

काठमाडौँ । राजधानीका जनताको सपनासँग जोडिएको मेलम्ची खानेपानी आयोजनामा भएको विदेशी लगानीको सदुपयोग गर्नु त कहाँ हो कहाँ पीआईडी नामक संस्थाका आयोजना निर्देशक तिरेसकुमार खत्री, लेखाका उपसचिव इश्वरप्रसाद काफ्लेको मनपरीले नेटो काटिसकेको छ । यिनीहरूको मनपरीलाई साथ नदिने कर्मचारीहरू त्यहाँ पाखा लागेका छन् भने दलाली र चापलुसी गर्नेहरू दौडधूपमै सक्रिय छन् । गत साता ०१५७०५९१६ बाट ताजा खबर साप्ताहिकका सम्पादकलाई ज्यान मार्ने धम्की दिनेहरू एक साता नबित्दै लत्रिन पुगेका छन् । तीमध्येका उपसचिव काफ्लेले ९७५१०७१२७१ बाट फोन गरी आफूहरू माओवादी निकट कर्मचारी संगठनको भएकाले जे पनि हुनसक्ने धम्की दिन पनि पछि परेनन् । पीआईडीलाई संस्थागत भ्रष्टाचारमा परिचालन गर्दै आएका काफ्ले र खत्री जस्ता भ्रष्टहरूको कारण मेलम्ची परियोजनाका कार्यक्रमहरू समयमा सम्पन्न नभएका हुन् भन्ने कुरा खानेपानी मन्त्री बीना मगरलाई हेक्का हुनु जरुरी छ । भ्रष्टहरूलाई समाचार लेखेकै भरमा पत्रपत्रिकाविरुद्ध धम्की दिने र आफ्नो च्यानल बनाउने तागत पैदा गराउने राजनीतिक दलहरू भएका कारणले पनि यो मुलुकमा विकास हुन नसकेको प्रष्ट छ । धम्कीदिनेमध्येका एकले ताजाखबरसँग आफ्नो गल्ती स्वीकार्दै माफी पनि मागेका छन् ।