//प्रमले ख्याल नगर्दा

प्रमले ख्याल नगर्दा

काठमाडौँ । कञ्चनपुर घटनामा सोही प्रदेशका प्रहरी डीआईजी सुरज केसी ओझेलमा छन् । त्यहाँ जान जो–कोही प्रहरी मान्दैनन्, कैलालीको टीकापुर घटनापछि भन्दै प्रहरी उम्कन पाउँदैन । अपराधी छाड्न र निर्दोषलाई दोषी करार गर्न निर्मलाको शव जलाइयो । लुगा पखालियो । अपराध एसपी डिल्लीराज विष्टबाटै सुरु भएको हो । तर यिनै विष्टले चम्काएको आतङ्कको बारेमा सरकार बेखबर बन्यो । प्रमले निर्मलाका हत्याराभन्दा बढी चासो रोशनी बम र बबिताप्रति दिँदा निर्मलाका बाबुआमा प्रमको व्यवहारले छोरीको हत्यारा पत्ता नलाग्ने निष्कर्षमा पुग्न बाध्य भएका छन् । अपराधी जो–सुकै होस्, कारबाहीमा पर्नुपर्छ । तर प्रधानमन्त्रीका भनाइले भाँडिएकोे सुदूरपश्चिम भीम रावल जस्ता दिग्गज नेताले ठाउँमा ल्याएनन् । सामन्तवादी शैली हामीकहाँ छ, हामी सामन्त हौँ भन्न न त माओवादीका लेखराज भट्टले कैलो जुल्फी हल्लाएर भन्छन् न त कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरले भन्छन् । कञ्चनपुर काँग्रेसका एनपी साउद, लेखराज भट्ट मात्र होइनन्, दिलेन्द्र बडू, डा. आरजु राणासम्मले यो यथार्थतामा बोल्न सकेका छैनन् । तर अपराधमा आईजीपी सर्वेन्द्र खनालका नाममा प्रहरी जोडिएको छ । यही बेला दलालहरू आर्थिक स्वार्थलाई प्रयोग गरेर प्रबन्धबाट हुने लुटमा सरिक भएका छन् । प्रहरीको प्रबन्ध सधैँ लुटको खानी हो । त्यहीँबाट सुडानको काण्डका मनोज न्यौपानेले सफाइ पाए । न्यौपाने जस्ता विद्वान् काठमाडौंको मेट्रो प्रमुख रहेका बेला आईजीपी सर्वेन्द्रले सञ्चार क्षेत्रबाट राम्रो रेस्पोन्स पाउनु भनेको कागतालीले हो । अहिले कञ्चनपुर काण्डमा यस्ता धुन्धकारीहरूले रजाइँ गरेका छन् । ठेकेदारले चलाएको आतङ्कमा आईजीपीका विरुद्धको अभियान चर्केको हो । त्यो कुरा प्रमले किन बुझेनन् ? खनाल अन्तरमुखी छन् । उनले प्रहरीको निम्ति धेरै गरे तर प्रचारमा जोड दिएनन् । रमेश खरेल जस्ता कान्तिपुरका प्रायोजित डीआईजी प्रधानमन्त्री केपी आलीलाई सुझाव दिए कि कसो हो ? प्रहरीको बद्नाम काँग्रेसी कित्ताबाट बढी भएको छ । गएको दुई वर्षमा देशभर २६११ वटा बलात्कारका घटना भएका थिए । प्रहरीले यही आँकडा देखाएर अपराधी एसपी डिल्लीराज विष्ट र सीआईबीका अङ्गुर जिसीलाई बचाउन सक्दैन । नेकपाका नेता भीम रावलका दोस्ती प्रदेश सातका डीआईजी पनि चोखिन सक्दैनन् । प्रहरीभित्रै आईजीपी खनालविरुद्धको गिरोह छ । त्यो गिरोहले भ्रष्टाचारमा मनपरी गर्न सुन तस्करी काण्डसँग जोडिएका व्यापारीहरूको निर्देशनमा काम गरेको त छैन ? आईजीपी खनालको ध्यान त्यता पुगेको देखिँदैन । प्रधानमन्त्री ओलीको डाँको ठूलो छ । उनकै गृहजिल्ला झापामा पनि झन् बढी बलात्कारका घटना भएका छन् । प्रदेशको गणना गर्दा १ नम्बर प्रदेश नै महिलामाथि अत्याचार गर्नेमा पर्छ । दाइजो र विवाहको केसमा प्रदेश– २ मा महिला मारिन्छन् । त्यहाँका नेता जसले संविधान दिवस मनाएनन्, उनीहरूको चासो छोरी–बुहारीको जीवन धन–सम्पत्तिले सकेकोमा चिन्ता रहँदैन ? नेपालको परिवर्तन कहाँ रोकियो ? किन यो देशको समाज प्रहरी बुद्धिजीवी राजनीतिज्ञ अपराधीको कित्तामा उम्रिँदैछन् ? निर्मलाका आमाबाबुका अगाडि झूटो कुरा बोल्ने प्रधानमन्त्री केपी ओली कसको सूचनाको भर पर्छन् र मनपरी बोल्छन् ? प्रधानमन्त्रीको नाताले बालिका निर्मला पन्त जति नजिक हुन्, त्यो रूपमा अपराधी लुकाउने एसपी नहुनुपर्ने हो । तर प्रहरीका एसपीको अपराध बचाउन उसैको कुरा भीम रावल र कर्ण थापाबाट सुनेर बालुवाटारले कमाएको बेइज्जती प्रहरी आईजीपीले ढाकछोप गर्नुपर्ने भो ? यो कस्तो अवस्था हो ?