//यति एयरको स्वार्थमा ओलीको समृद्धि

यति एयरको स्वार्थमा ओलीको समृद्धि

अब वायु सेवा निगम ‘ख’ ग्रासमा !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लो धरोहर हो समृद्धि र विकास । नेकपाको सरकार हो भनिन्छ । तर सरकारले गर्ने कुनै पनि निर्णय न त पार्टीमा छलफल हुन्छ न त संसदीय दलको कार्यालयमा वरिष्ठ नेता र पार्टीका अध्यक्षबीचमा बातचित हुन्छ । राष्ट्रिय ध्वजावाहक कम्पनी वायु सेवा निगमको युनाइटेड र भाडामा लिएर सुरुमा उडान व्यवसाय गरेको यति एयरका आङछिरिङ शेर्पाले अब वायु सेवा निगम खग्रास बनाउँदैछ । त्यसका लागि छानिएका पात्र हुन्– प्रम ओलीका विश्वासिला पात्र मदन खरेल । यिनैले हो कमिसनका कारण नेपालको आकाशमा उपयुक्त नभएका चिनियाँ जहाज ल्याएको पनि । चिनियाँ कम्पनीले दुईवटा उपहारमा तीनवटा जहाज सहुलियत ऋणमा दिएको हो । अहिले ती जहाज निगमलाई भालुको कन्पट भएका छन् । एमालेका अर्का खञ्चुवा शिवशरण न्यौपाने त्यो बेला निगमको अध्यक्ष थिए । मदन खरेल चार वर्षका लागि महाप्रबन्धक थिए । तर उनले २७ महिनामा पद त्यागेका हुन् । कारण थियो– एमाले कर्मचारी सङ्गठनले काम गर्न नदिएको चिनियाँ कम्पनीको कमिसन पाएकै एक सातामा खरेलले राजीनामा दिएका हुन् । जसरी टेलिकम सिध्याउने एनसेलको ६४ अर्ब राजस्व खड्ग ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाको कथित दुई तिहाइले राज्यलाई तिर्नुनपर्ने गरी चुनाव खर्च शतीशलाल आचार्यबाट १–१ अर्ब लिए र ढिसमिस गरायो । त्यस्तै, स्थिति वायु सेवा निगमको शत्रु यति एयरलाई अगाडि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले वायु सेवा निगममाथि हुने दोहन गर्दैछन् । उनले भारत र चीन भ्रमण गर्दा राष्ट्रिय ध्वजावाहक कम्पनी वायु सेवा निगमको विमान किन लगेनन् ? तस्कर आङछिरिङप्रेमी किन भए ? तस्करको काम देशका कम्पनीहरू खाने हो । त्यस्ता कम्पनी सरकारको पूर्ण स्वामित्वका हुन् । प्रधानमन्त्री ओलीले समृद्धि र विकासे फूर्ति लगाएको सात महिना भयो । यो अवधिमा यस्तो नालायक सरकार र नालायक कम्युनिस्ट पार्टी नेपालीले भोग्नुप¥यो । एजेन्टका अध्यक्षले सुगतरत्न कंसाकारले एजेन्टबिना कम्पनीसँग सोभैm किनेका जहाजको कमिसन खोज्ने छन् । जबकि कंसाकारले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सञ्चारमन्त्री गोकुल बास्कोटा हुँदै प्रमसमक्ष कमिसनको भाग पु¥याएका थिए । त्यसबाट चित्त नबुझेको कारण नै प्रधानमन्त्रीले आफ्नै गाउँलेलाई कार्यकारी अध्यक्ष पदमा ल्याएका हुन् । मदन खरेल निगमका पूर्वकर्मचारी भएकाले वायु सेवा निगमलाई सक्न यति एयरले विगतदेखि चलाएको योजना बुझेका छन् । उनलाई निगममा ल्याएको यति एयरले हो । जसरी टेलिकम डुबाउन एनसेलले लगानी गरेर असक्षम घोषित भई हटाइएका दिगम्बर झालाई पुनः दूरसञ्चार प्राधिकरणमा ल्याइयो । मदन खरेलको आगमन त्यही हो । खरेलको समयमा चीनले ५६ सिट र १९ सिटको जहाज अनुगमनमा दिएर ५६ र १९ सिटका तीन जहाज भिडाएको हो । हिसिला यमी पर्यटनमन्त्री थिइन् । वैद्य अर्गनाइजेसन चिनियाँ कम्पनीको दलाल थियो । नेपाललाई काम नलाग्ने चिनियाँ जहाज थोत्रा ट्याक्टर बनेका छन् । कवाडीमा बेच्नुबाहेक ती जहाजको अर्थ छैन । त्यो बेला मदन खरेल र हिसिलाले खाएको ऋण ती थोत्रा एयरपोर्टमा थन्क्याएर राज्यले अरबौँ स्वाहा पारेको हो । निगमलाई तन्नम गराउने प्रधानमन्त्री ओलीको योजना छ नकि सुधार्ने । अन्तर्राष्ट्रिय तहमा वायु सेवा निगमको इज्जत कसरी धान्ने ?
प्रम ओलीको नयाँ काम भनेको पहिले असक्षम घोषणा गरेकालाई थैली लिँदै पुनः संस्थान र प्राधिकरणमा भित्र्याउने हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले एनसेलले कर तिर्नुपर्दैन भनेर सामाजिक विकास समितिमार्फत् सार्वजनिक लेखा समितिको निर्णय उल्ट्याउन गरेको निर्णय नै नेकपा एमालेको राज्यलाई दोहन गर्ने सिद्धान्तमा पर्छ कि पर्दैन ? यहाँ वामदेव गौतमको उग्रराष्ट्रवाद निभ्छ कि चम्कन्छ ? उठ्ती र राष्ट्र लुटमा जो सफल छ, प्रधानमन्त्रीले त्यसैलाई सरकारी संस्थान र समितिहरूमा राजनीतिक नियुक्ति गरेका हुन् । एमालेका मन्त्रीको कार्यक्षेत्रमा यो सफल होला, माओवादी मन्त्रीको कार्यक्षेत्रमा प्रचण्ड छँदैछन् । यी दुवै पार्टीका अध्यक्षको काम उठाउने हो । निगमलाई सेतो हात्तीका रूपमा चनाइनिज विमान भिडाएर राजीनामा दिएका मदन खरेल अब सूक्ष्म अध्ययन गर्न निगम आएका छन् । उनलाई हिजो असहयोग गरेको एमाले कर्मचारी सङ्गठनका सुभाष डाँगी, काँग्रेसका तारणी दाहाल, माओवादीका मनोज शाहले तत्काल विरोध गरेका छैनन् । तर रोजीरोटी नै समाप्त पार्न एति एयरको एजेन्टप्रति शङ्का
जनाएका छन् ।