//किन जोगाउनुपरेछ प्रमलाई अपराधी ?

किन जोगाउनुपरेछ प्रमलाई अपराधी ?

भीम रावलको नाता के हो अपराधीसँग ?
काठमाडौँ । आखिर सरकारले गठन गरेको छानविन आयोगले पनि केही उपलब्धी प्राप्त गरेन । जब सरकार यसरी कमजोर हुन्छ भने त्यो बेला प्रहरीले नै दबाएको काण्डले कसरी मुक्ति पाउँछ ? प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै भनेका होइनन् । किनकि उनका पछाडि नेकपाभित्र धेरै दूतहरू छन्, जसले यसपी डिल्लीराज विष्टलाई पश्चिमाञ्चल क्षेत्रको डन बनाए । उनले यो काण्डको दोषी पत्ता लाग्न १२ वर्षसम्म पनि लाग्छ सक्छ भन्नुको कारण यही होला । कञ्चनपुर काण्डका दोषीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरी नेतृत्वसम्मले देखाएको व्यवहारले यो देश अपराधीकै कब्जामा छ भन्ने प्रष्ट हुन्छ । एमालेका भीम रावल र कर्ण थापा कञ्चनपुर हत्याका अपराधी बचाउने कुलदेवता बनेका छन्, किन ? यिनको साइनो अपराधी एसपी विष्ट, उनका पुत्र किरण विष्ट, मेयर सुरेन्द्रका भतिजा आयुष विष्टसँग के छ ? के कर्ण र रावल कञ्चनपुर पुग्दा बबिता बम र रोशनी बमको महलमा पुगेर रङ्गीला साँझ बिताएका थिए ? होइन भने भीम रावलले अपराधी एसपी डिल्लीराज विष्टको बचाउ किन गरे ? जबकि प्रहरीले डीएनए परीक्षणमै कैफियत गरेको छ । यहाँ आईजीपी पनि चोखा छैनन् । नेकपा एमालेमा भीम रावल सम्मानित छन् तर उनको बेलाबखतको चरित्रले बढी शङ्का पैदा गर्छ । निर्मला पन्त एमालेको मतदाता हुनुपर्दैन । न त उनका बाबुआमा एमाले नै हुनुपर्छ । नेपालमा भीम रावल र कर्ण थापाको शासनले कञ्चनपुर तातेको हो । नेपाली काँग्रेस त्यहाँ स्याल बनेको छ । किनकि रमेश लेखक र दिलेन्द्र बडूहरू कृपाका नेता हुन् । एनपी साउद जस्ता नालाकयको कुरा के गर्नु ? के निर्मलाले यो धर्तीमा राज्यलाई अवरोध गरेकी थिइन् ? किन बोले प्रमले अमेरिका भ्रमणमा गएको बेला निर्मलाको हत्या छानबिन हुन १२ वर्ष पनि लाग्न सक्छ भनेर ? के छ केपी ओली, रामहादुर थापा, सर्वेन्द्र खनाललाई यी अपराधी संरक्षण गर्नुपर्ने कारण ? यिनका पनि छोरी छन् । मुलुकमा जम्दै गएको अपराध र हिंसाको कारक नेताहरू नै हुन् । नेकपाका भीम रावल पूर्वगृहमन्त्री हुन् । यिनैले हो गृहमन्त्री हुँदा आफ्नै गृहजिल्लाको प्रहरी महिलामाथि बलात्कार गर्ने आफ्नै थरका प्रहरीको बचाउ गरेको पनि । नेकपाकै सरकारले निर्मला पन्तको बलात्कारपश्चात् मारिँदा अनेक प्रचार गर्नुपर्छ । नेकपा बलात्कारी, अपराधी र तस्करको संरक्षक हो ? डिल्लीराज विष्टले प्रहरी पोसाकमा गरेका जस्ता अपराध उनी जहाँ गए, त्यहाँ दोहो¥याएका छन् । को हो, यो डिल्लीराज विष्ट ? उनको आदेशमा प्रहरीद्वारा यातना भोगेका स्थानीय युवायुवतीलाई जस्तै यी डिल्लीराज, यिनका छोरा, रोशनी दिदीबहिनीमाथि टर्चर कसैले दिन्छ ? कति खाए भीम रावल र कर्ण थापाले एसपी विष्टसँग र निर्मलाको लास जलाउन दबाब दिए ? एमालेमा यस्ता आपराधिक चरित्रका नेता धेरै छन् । यिनै भीम रावल ज्ञानमा विद्वान् हुन्, व्यवहारमा घटिया र निरङ्कुश, जसले अपराधीले गरेका अपराधमा साथ दिए । नेपाली चेलीमाथि भीम रावल र कर्ण थापाले राजनीतिक पूर्वाग्रह राखेर बालुवाटारमा जस्तो अपराध गरे, त्यसको दण्ड सजायँ के हुन्छ ? कानुन बुझेका यिनले भनून् । निर्मलाले बाँच्न नपाउनु एसपी विष्ट र उनका रक्षक एवं संरक्षक भीम रावल, कर्ण थापाको के बिगारेकी थिइन् ? यो राज्यमा गरीब हुनु नै अपराध हो ? रूढिवादी संस्कार त्यही पश्चिममा रहेछ । भीम रावल र कर्ण थापाले यो मानसिकता तोडेर अगाडि बढ्नुपर्छ । बालुवाटारको नाटकमा प्रम केपी ओलीका ज्वाइँ कर्ण थापा (जो घरकी श्रीमती त्यागेर परकीसँग रमाइलो गर्दै झापाकी ओली थरकी श्रीमतीसँग राजधानीमा बिताए ।) यिनै हुन् केपीका विरुद्ध लागेकामाथि खेलकुदका गुण्डाको साथमा जाइलाग्ने वकिल ? एमाले, माले विभाजन हुँदा भीम रावलले स्वास्नीमाथि गरेको अत्याचार त्यो बेलाका जनधारणा, सौर्य साप्ताहिकका पाना पल्टाए पुग्छ । उनी हिजोका गृह, पर्यटन र रक्षामन्त्री हुन् । के एसपी विष्टकै डिजाइनमा भएको यो हत्या प्रकरणले नेकपाको इज्जत बच्यो ? प्रधानमन्त्री खड्ग ओलीका लागि आमनेपाली युवायुवती एकै सन्तान हुन् भने निर्मला पन्त दुर्जन किन बनाइयो ? प्रधानमन्त्रीज्यू, यो केसले जसरी हिजो नेकपा एमालेका सुशील प्याकुरेल, सुबोध प्याकुरेल, अग्नि खरेल, मन्दिरा शर्माले माआवादीका प्रचण्ड, डा. बाबुराम, रामबहादुर थापाविरुद्ध हेगको धम्की दिँदै पैसा खाँदै गर्थे, त्यो अवस्था ओलीलाई नआउला भन्न सकिँदैन । सिकाएको त एमालेले हो । किनकि राष्ट्रपति कार्यालयमा सीआईएका एजेन्ट सुशील छन् । यी पैसाको खेती गर्छन् । नेकपा इन्सेकको नाउँमा एमालेको छैटौँ
महाधिवेशनका यी प्रतिनिधि हुन् । यी भन्दा खतरा अग्नि हुन् । किन ओलीले यिनैलाई महान्यायाधिवक्ता बनाए ? यहाँ छ नि जड कुरा । के छ अग्निको पार्टीमा योगदान ? कति वकिल भए अग्निका कारण नेकपामा ? के अपराधी बचाउन प्रम ओली नै अग्रसर हुनुपर्छ ? यो प्रश्न गम्भीर छ ।