//विष्णुको लगानी यसरी भयो खरानी

विष्णुको लगानी यसरी भयो खरानी

  • बुद्धको नाममा लुट्ने यी लुटाहा
    काठमाडौँ । लुम्बिनी विकास कोष २०३५ सालमा लुम्बिनी विकास समितिको नामबाट स्थापना भएको हो । यसले सुरुमा राखेको उद्देश्य बुद्धको जन्म, शिक्षा र ज्ञानको पहिचान आमजनतालाई दिलाउने हो । पञ्चायतकालमा यो समितिलाई आफ्ना मान्छेलाई जागिर खुवाउने र कमाउने स्रोतको रूपमा लिइएको हो । त्यो चाल अहिले छ । यस समितिलाई नक्कली र किर्ते जालसाजी गर्ने भारतमा पढेको बताउने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल जस्ताले कसरी सञ्चालन गरून् र यिनको नाम त्यो बेला छनोट होस् । किनकि उनी आफूलाई पुरातत्वविद् भन्छन् । विभागले भूकम्पले क्षति पु¥याएको पुरातात्विक संरचनामा लुट्न यी व्यस्त छन् । यिनले प्रत्येक मठ–मन्दिरमा पुनर्निर्माण गर्ने भन्दै पैसा स्वाहा पार्दा कुलेश्वरबासी दङ्ग छन् । बुद्धले त्यो बेला योग, ध्यान, प्रणायाम, मौखिक ज्ञान र शक्ति प्राप्त गरेको भेषनारायणको कुन लेखमा उल्लेखमा छ ? उनी एमाले भएकाले विष्णु ढकालभन्दा विद्वान् हुँ भन्छन् रे । नेकपा एमालेका विष्णु पौडेलको उक्साहटमा करोडौँ खर्चेर लुम्बिनी विकास कोषको सदस्य सचिव बनाइएका विष्णु ढकाल फोन नं. ९८४१३५१४९९ लाई रूपन्देहीको स्थानीय विकास अधिकारी बन्दा लुम्बिनीको नाममा जनताको जमिन अधिकरण गर्दा प्राप्त पैसाले मत्याएको हो ? जिल्ला प्रशासन प्रमुख बन्दा ढकालले विष्णु पौडेललाई दिएको रू. ३ करोड चन्दामा भएको यो खेलले बुद्धत्व प्राप्त गर्छ । अहिले आएर नयाँ प्रोजेक्ट बनाउने अवधारणा र परामर्शदाता नियुक्ति गरी ठूलो रकमको प्रोजेक्ट बनाई फेरि लुट्ने जालसाजी हुँदैछ । सो प्रोजेक्टमा गौतम बुद्धको गर्व, जन्म, कर्म, आचरण र बुद्धत्व ज्ञान प्राप्त शिक्षाको प्रवाह गर्ने नीति र कार्यक्रम खोई ? यही प्रोजेक्ट अन्तर्राष्ट्रियकरण गर्दै दान माग्न प्रोजेक्ट बनाउने र कमाउने भित्री सोच रहेका छन् ।
    धर्म संसारमा सबैलाई एउटै हो र धर्म र धर्मगुरु सबैका साझा छन् । बुद्धको नाममा पुरातत्वको नामको पैसा कमाउने यस्तै चण्डालहरू हुन्, जसले भेषनारायण र विष्णु ढकालका नाममा नेकपा एमालेको दौरामा यो विचित्र गर्दैछन् । यहाँ रवीन्द्र अधिकारी, विष्णु पौडेल र खड्ग ओली मिलेका छन् । यिनकै अपराधका कारण अब विश्वका बौद्धमार्गीमा लुम्बिनीप्रति अनास्था पैदा हुँदैछ । अहिलेसम्म लुम्बिनीको नाममा आएको करिब ४० मिलियन अमेरिकी डलर महँगी मुद्रा अवमूल्यनको बाहना देखाएर दुरूपयोग गर्नेमा सरोज भट्टराई, निमित्त कार्यकारी पुरातत्वविद् वसन्त बिडारी, उपाध्यक्ष अवदेश त्रिपाठी फेरि तीन वर्षको योजनामा रू. २५ अर्ब रूपैयाँ दुरूपयोग गर्ने योजना बनाएका छन् । यी चण्डालहरूको योजनाले बुद्धको जन्म, कर्म, शिक्षा र ज्ञानका बारेमा चरम विवाद सिर्जना गर्ने गरी दीर्घकालीन योजना बनाउँदैछन् । भारतीय दादागिरीको बिमस्टेकमा बुद्धको नाममा लुट नीति बन्दै थियो । तर त्यो बेला एमालेलाई करोड खुवाएर सदस्यसचिव बन्दै गरेका पाल्पाका प्रजिअ विष्णु ढकालको लगानी खरानी बन्दै थियो । अहिले उनी काठमाडौँमा शक्ति भिडाएर सर्वोच्चबाट वैधानिकता लिन एमाले कार्यालय धापासीको बुद्धिजीवी फाँटका दाजु सहसचिवबाट रिटायर्ड लक्ष्मी ढकालको शरणमा जान पनि सकेका छैनन् । किनकि विष्णु कालो काँग्रेस, घुस्याहा एलडीओ ललितपुरमा छँदा दाजु गृहमा थिए । त्यो बेला यिनको पैसा थियो । पैसाले सबैतिर मिलाउने गोपाल पराजुली (हाल धनुषा प्रजिअ) र यी विष्णु एकै कोटीका हुन् । यिनका सहयात्री थिए मण्डले वकिल बालकृष्ण न्यौपानेका भाइ केदार न्यौपाने । केदार गृहको लागूऔषध एकाइमा बसेर कमाइ गर्न स्थान खोज्दै तराईतिर झरेका छन् । यस्ता भ्रष्टहरूले चलाएको स्थानीय प्रशासनका राष्ट्रिय गौरवका आयोजनाको हालत के हुन्छ ? लुम्बिनी विकास कोषको धर्म–कर्मविरुद्धको भ्रष्टाचारका कारण हजारौँ वर्ष पुरानो बुद्ध मन्दिर जो संसारको ठूलो मन्दिर थियो, त्यो तालिवानले तोडेका हुन् । त्यही नक्कल यस्ता भ्रष्टहरूले नेपालको लुम्बिनी, पशुपति, मुक्तिनाथ, बौद्ध, गोसाइँकुण्ड, हलेसी जस्ता दर्जनौँं मठ–मन्दिरमा गर्न खोजेका छन् । संसारका धार्मिक व्यक्तिहरूको स्वीकार भएको लुम्बिनी विकास कोषलाई कसरी अन्तर्राष्ट्रियस्तरको डिजाइन गुरुयोजना छनोटका लागि श्रीलङ्का, जर्मन, कोरिया, जापान, ताइवान, कम्बोडिया, चीन, भारत जस्ता देशहरूका धार्मिक गुरुहरूसँग आवश्यक छलफलका लागि यिनले किन आह्वान गर्दैनन् ? जनताले बुझ्छ ।