//नाकामा १ खसी बराबर २५० सलामी

नाकामा १ खसी बराबर २५० सलामी

काठमाडौं । दशैंका निम्ति उपत्यका बाहिरबाट राजधानीमा भिœयाइएका खसी, बोका, राँगा, च्याङ्ग्रा, कुखुरा, माछाजस्ता मासुजन्य वस्तुहरुलाई क्वारेन्टाइन स्वीकृति दिलाउने सरकारको पशुपंक्षि मन्त्रालयको घोषित कार्ययोजना के कति सफल भयो ? त्यो आङ्खनै ठाउँमा होला । सरकारले चाडबाडका समयमा अधिकांश नेपालीले प्रयोग गर्ने मासुजन्य वस्तुहरुको जाँच बुझको निम्ति कहाँ कहाँ स्वास्थ्य परीक्षण केन्द्र राखिएको छ त्यो सम्बन्धी जानकारी राज्यको तर्फबाट सार्वजनिक भएको छैन । यही मौकाको फाइदा लिँदै उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा प्रहरीले प्रति खसी–बोका २५० का दरले सलामी उठाइरहेको छ । यसको प्रत्यक्ष प्रभाव थानकोटमामा देख्न सकिन्छ । धादिङबाट २० वटा खसी बोका लिएर काठमाडौं आएका किसान रामबहादुर श्रेष्ठ भन्छन्, ‘के गर्ने हजुर जिल्लाबाट भेटेनरीको बिल ल्याउनुपर्ने रहेछ त्यो नभएका कारण एउटा खसीको २५० थानकोटमा बुझाएको छ ।’ यसरी उठाइएको रकमको कुनै बिल भर्पाइ नदिइ प्रहरीले खाने गरेको छ । यो रकम आइजीपीसम्म पुग्ने प्रहरीहरु नै बताउने गरेका छन् । तर नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले कुनै पनि प्रहरीबाट गलत नियतले घुस असुल्ने काम भए तत्काल आफूलाई खबर गर्न आदेश दिइरहेका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयले समेत प्रहरीहरुको यो दशैं खर्च उठ्ती कार्यक्रमलाई चासो दिएको देखिँदैन । यस्तो प्रहरीले दशैंको समयमा राजधानीवासीलाई कसरी शान्ति सुरक्षा देला ? यो भने प्रतिक्षाको विषय बन्दैछ ।