//बालुवाटरबाट ब्यूतियो जंगे शासन

बालुवाटरबाट ब्यूतियो जंगे शासन

काठमाडौं । यस पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जंगबहादुर बनेको संकेत दिएका छन् । प्रधानमन्त्री निवासमा लगातार कार्यकर्ता तथा शुभेच्छुकहरुलाई टिका लगाइदिने चलन पहिले थिएन । नेकपाभित्रको पूर्व एमाले समूहका वरिष्ठ नेता माधव नेपालले पनि प्रम ओलीकी सिको गरे । टिकाको भोलिपल्टदेखि यी दुई नेताका निवासमा टिका थाप्ने कार्यकर्ताहरु उनीहरुकै गुटका थिए । पार्टीभित्र बढिरहेको गुटबन्दीलाई बढावा दिन पनि यो शैलीले सहयोग पु¥याएको छ । प्रधानमन्त्री ओली आङ्खनो तर्फबाट संघीयतालाई बलियो बनाउने पक्षमा देखिँदैनन् । त्यही कारण प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्रीसँग आक्रोशित छन् । कम्युनिष्ट पार्टीले जनताको हितका निम्ति सिन्को नभाँचेका बेला यस्तो आडम्बरी चरित्र प्रदर्शन गर्नु जरुरी थिएन । बरु नेपाली काँग्रेस सत्तामा हुँदा यस्ता प्रवृत्ति जनताले देख्न परेन । काँग्रेर पूर्व पञ्चभन्दा पनि गिर्दै गएको ओली नेतृत्वको सरकारविरुद्ध जनमत बढ्नुको कारण यस्तै प्रवृत्तिले हो ।