//शाकाहारी भोजनका यस्ता छन् फाइदा

शाकाहारी भोजनका यस्ता छन् फाइदा

दशैंले भर्खरै हामीबाट बिदा लिएको छ । दशैंलाई मासुको पर्वका रुपमा लिइन्छ । तर मांशहारी भोजन भन्दा साकाहारी भोजन स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक देखिन्छ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन् । शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिकै पोषकयुक्त हुन्छ । मांसाहारी भोजनमा माछा, मासु र अन्डाबाट प्रोटिनप्राप्त हुन्छ भने शाकाहारीलाई वनस्पतीबाट प्राप्त हुन्छ । शाकाहारी भोजनमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । सागसब्जीमा विभिन्न आवश्यक तत्वजस्तै भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ जसले घातक बिमारीबाट बचाउन मद्दत गर्दछ । त्यसैगरी शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । शाकाहारी भोजनमा शरीरको आवश्यकता अनुसार क्यालोरी र भिटामिन पाइन्छ । शाकाहारी भोजनमा फाइबर प्रचुर मात्रामा पाइन्छ । हामीले यहाँ साकाहारी भोजनका बारेमा चर्चा गरेका छौं ।
हृदय रोगको कम सम्भावना
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदयसम्बन्धि रोग हुने सम्भावना कम रहन्छ । किनकी मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ ।
ऊर्जावान बनाउँछ
शाकाहारी भोजनको अतिरिक्त प्रभाव हुँदैन । यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँछ । शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ र उनीहरू आफूलाई फुर्तिलो महसुस गर्छन् ।
उच्च रक्तचापबाट बचाउँछ
शाकाहारी भोजन गर्ने मानिसमा मांसाहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्यून हुन्छ । शाकाहारी भोजनमा अधिक मात्रामा फाइब हुने हुँदा पनि स्वास्थ्यका लागि निकै उपयोगि मानिन्छ ।
क्यान्सरबाट बचाउँछ
शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ । फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । विभिन्न अध्ययनहरूमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तर क्यान्सरको खतरा कम हुन्छ । अनाज, फलफुल, तथा सागसब्जीमा रेशा र अक्सिडेन्ट धेरै मात्रामा हुन्छ, जसले क्यान्सरलाई टाढा राख्न सहायक भूमिका खेल्छ ।
किड्नी रोगबाट बचाउँछ
किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ । अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्वारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नी सम्बन्धी विकार मांसहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ । (एजेन्सी)