//यो पदको गरिमा कसले राख्ला ?

यो पदको गरिमा कसले राख्ला ?

काठमाडौँ । यो मुलुकमा गणतन्त्र र सङ्घीयतालाई पचाउन नसक्ने जमात छ । सरकार भने परिवर्तन चाहनेकै नेतृत्वमा छ । त्यो सरकारले जनता र राष्ट्रको गरिमा राखोस् न सेवा दिएको होस् । त्यही कारण संवैधानिक राष्ट्रपतिमाथि बारम्बर प्रहार भएका छन् । आफू आलोचित भएपछि ती राष्ट्रपतिले पनि कतिपय निर्णय गर्नुपर्ने हो तर गरेको देखिएन । उनका सल्लाहकार तलब भत्ता खाने मात्र भएछन् । १५ करोडका सवारी साधन, प्रहरी तालिम केन्द्रसम्म ओगटेर भव्य महल, यिनै कुराले अहिले राष्ट्रपतिलाई विवादमा ल्याएको छ । जनताकी छोरी उपमा पाएकी यिनै राष्ट्रपति हुन्, हिजो माओवादीलाई जङ्गल फर्काउन पार्टी नेता केपी ओलीकै सुझावमा रक्षामन्त्री हुँदा शान्ति प्रक्रिया बिथोल्ने डिजाइनमा फसेकी । धन्न प्रम थिए, माधवकुमार नेपाल । मदन भण्डारीको दुर्घटना र मृत्युका बारेमा अब कुनै फर्माइस छैन । एमालेजनले बिर्सेका छन् । हिजो त्यो कमाइको खेती थियो । चुनावी एजेन्डा दासढुङ्गै भएको थियो । त्यो कमाइले ईश्वर पोखरेल, वामदेव गौतम धनाढ्य भए । माधव नेपाल, झलनाथ खनाल आफैँ धनाढ्य थिए । यिनको विगत कोट्ट्याउनु छैन । अहिले मुलुकको धरातल के छ ? जनताको हालत के हो ? राष्ट्रपतिलाई जनताको प्रश्न छ, के गरीबका छोराछोरीप्रति तिमी सचेत छौ ? सङ्घीयताविरोधी सलबलाएकै बेला सेवा सुविधाका कुरा आए । के गणतन्त्र जनतालाई चुस्न र केपी ओलीका भारदारको रजाइँका लागि आएको हो ? किन चेत खुल्दैन नेकपाको यो लुटाहा टोलीलाई ? सरकारले के गरेको छ, प्रगति कसको खुसियालीमा जनताकी छोरीका लागि प्रहरी तालिम केन्द्र आवश्यकताकै आधारमा कब्जा गर्नुप¥यो ? विदेशी एजेन्ट र दलालको खेलमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ किन फसे ? यिनले जनताको हितमा यो नौ महिनामा के लछारे ? कति पीडितले राहत पाए ? यतिखेर जनताले सोध्ने गरेका छन् । परियोजना र प्रोजेक्ट प्रम केपी ओलीले आफैँअन्तर्गत किन तान्दैछन् ? लुट्नका लागि कि आफ्ना सुन्डमुसुन्डको लागि भरथेक गर्न ? मुलुक बनाउनेले यो देशको यथार्थ बुझेको प्राविधिकको कहिल्यै सुझाव लिएको छ ? केवल दलाल र धुन्दुकारीको आडमा मुलुकको राजस्व लुट्न किन अग्रसर हुने ? नेकपा भनेको लुट्ने र जुटाउनेहरूको पार्टी हो भनेर चिनाउन ? केपी ओलीको धुन्दुकारी चरित्र तिनले राखेका सल्लाहकार र तिनको कार्यशैलीले पनि नेपालमा कम्युनिस्ट पार्टीको भण्डाफोर हुँदैछ । वर्तमान सरकारले के ग¥यो जनताका लागि ? महँगी घटायो ? चिनीको मूल्य घट्यो ? आयल निगमबाट हुने तेल तस्करी रोकियो ? खाद्यान्नको मूल्य घट्यो ? ठेकेदारले सडक बनाए ? सुनको तस्करी घट्यो ? हत्या, बलात्कारका घटनामा कमी आए ? जनतालाई तत्कालीन र दीर्घकालीन उपलब्धि के दियो ? केवल खड्ग ओलीले श्री ३ जङ्गे शासन चलाए । विद्या भण्डारी श्री ५ हुन खोजेकी छन् । बद्नामीको हद यहाँभन्दा बढी के खोज्नु जनताले ? आफ्ना दलालहरूलाई मनपरी गर्न दिने प्रधानमन्त्रीको विगतको चिनारी हो । केपी ओलीले केही ठाउँ दिए भन्दैमा नेकपा एमालेको सबै योगदान पूरा हुन्छ ? जनताको बहुदलीय जनजाद भनेको विद्या र केपीको रजाइँ हो ? यस्तो तालले अब जनता विद्रोहमा नउत्रिएलान् भन्न सकिँदैन । तर नेतृत्वले खोई चेतेको ? त्यही कारण प्रधानमन्त्री केपी ओली श्री ३ र राष्ट्रपति विद्या देवी भण्डारी श्री ५ भएको कार्यकर्ताले पचाउँदैनन् । यो मुलुकको ठेकेदार नागरिक समाजकाहरू डलर पाए मात्र बोल्छन् । दमननाथ ढुङ्गाना कहाँ छन् ? महेश बस्नेतले चुनावमा नालीमा फालेपछि सार्वजनिक स्थलमा काँग्रेसी भोटो लगाएर आउन नसक्ने भए अब नागरिक अगुवा दमननाथ । सुशील प्याकुरेल राष्ट्रपति कार्यालयमा, सुबोध प्याकुरेल प्रदेश– १ को योजना आयोगको उपाध्यक्ष । अब त एड्भोकेसी फोरम पनि म¥यो कि सीआईएले पत्याएन ? यिनले किन बोलेनन् निर्मला पन्त प्रकरणमा ? भीम रावलले कति खाए एसपी विष्टसित ? भारतीय गुप्तचरहरूलाई ठाउँ दिएका प्रधानमन्त्री केपी ओली आफैँ प्रधानमन्त्री भएका बेला किन मदन भण्डारीको हत्या प्रकरणको छानबिन हुँदैन ? के भन्छिन् विद्या, जसले षड्यन्त्रपूर्ण रूपमा मदनको हत्या भएको भन्दै सेतो पहिरनमा काठमाडौँमा चुनाव जितेकी थिइन् । जनताकी छोरी भनेर कमाएको त्यो इज्जत अब १८ करोडको गाडी र प्रहरी प्रतिष्ठानलाई खेद्नका लागि हो ? विद्या हिँड्दा सडकमा कति जनताले सास्ती पाएका छन् ? पोखरेली पत्रकार माधव शर्मा र सीआईएका एजेन्टबाट आरोपित सुशील प्याकुरेलले थाहा पाएका छन् कि छैनन् ?