//क्रिश्चियन धर्मगुरुको नाममा अत्याचार !

क्रिश्चियन धर्मगुरुको नाममा अत्याचार !

काठमाडौँ । कुनै प्नि धर्म शास्त्रअनुसार अपराधी र भ्रष्टहरूलाई पवित्र बनाउने प्राकृतिक नियम छन् । धर्म र शिक्षा गुरु जीवनभर सदाचारी र पवित्र हुनुपर्छ । कुनै पनि विवाहित सन्तान जन्माउने र अपराध कर्मका नायक प्राकृतिक धर्मगुरु मान्य हुँदैनन् । धर्मको परिभाषा भ्रष्टाचारीको उन्मूलन गराउनु हो । भ्रष्टाचारी नै हिंसाकारी र मानवताविरोधी हुन्छन् भन्ने प्राकृतिक मान्यता हो ।
नेपालमा एसिया प्यासिफिक सम्मेलनको उद्देश्य र लक्ष्य नै पथभ्रष्टलाई बचाउनु थियो । धर्मगुरुले जल छर्केर शुद्धीकरण गर्दा त्यो जलमा के–के मिसाइयो, सम्मेलनमा त्यो खुलाइएको थिएन । हिन्दूले जलमा गाईको मूत्र, दही, दूध, मह मात्र होइन, गोबरसम्म मिलाएर गहुँत बनाउँछन् र त्यो पवित्र मानी शुद्धीकरण गर्छन् । इसाई धर्ममा त्यो शुद्धता के हो ? तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेत युरोपेली युनियनको चपेटामा परेका थिए । किनकि युनियनले महिला, जनजाति, दलित वर्गलाई किनेको थियो । संसद्मा ककस नामक संस्था खोलेर सबै दलका सांसद पार्टीको ह्विप नमान्ने नियममा जेलिएका थिए । त्यहाँ सभामुख सुवास नेम्वाङ नै कमान्डर बनाइए । अहिले नेम्वाङ संसदीय दलको उपनेता छन् । आइतवार नेपालमा एसिया प्यासिफिक समिटको नाममा भेला भएका विभिन्न देशका अतिथिको सत्कारका नाममा सरकारले राष्ट्रको राजस्व पनि खर्च ग¥यो । आफ्ना नागरिकलाई समेत सास्ती दियो । युनिभर्सल पिस फेडेरेसनको अग्रसरतामा यो जमघट गराउन व्यक्ति न त सांसद हुन् न त यो मुलुकको सेवक । यी त थिए– नेपालको हिन्दुत्वमाथि धावा बोलेर आफ्नो स्वार्थको खेती गर्ने रसियन क्रिश्चियानिटीका कार्यकर्ता । एकनाथ ढकालको सती गएको नेकपाको सरकारले राष्ट्रलाई शान्ति, विकास, सुशासन, अन्तरधार्मिक सङ्गठन, नागरिक समाजको दायित्व, जलवायु परिवर्तनका बारेमा कस्तो बाटो देखाउला, अबका दिनले प्रष्ट पार्ने छ । सरकार नालायक भएको प्रमाण हो यो । भारत, कम्बोडिया, म्यानमार, फिलिपिन्स, कोलम्बिया, पाकिस्तान, इरान, अफगानिस्तान, रसिया फेडेरेसनसमेत ४५ राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएको त्यो जमघट नेपालमै गराउनुपर्ने कारण के थियो ? सरकारले उपलब्धिहीन रू. ५५ लाख यसको लागि देखावटी खर्च देखायो । भन्डै २० करोडको यो सम्मेलनले क्रिश्चियन समूहलाई खुलारूपमा नेपालमा धन्दा चलाउन सहयोग पु¥याउने छ । नेपाली काँग्रेसले सरकार सह–आयोजक बनेकोमा विरोध ग¥यो । सरकार हच्कियो । एकनाथ ढकालभन्दा केपी ओली नेतृत्वको सरकार कमजोर देखिएको यो समिटको सकारात्मक पक्ष देखिँदैन । कोरियन धार्मिक नेता मुनको पहलमा २००५ मा स्थापित एसिया प्यासिफिक समिटको नेपालमा एकनाथ ढकालले युनिभर्सल पिस फेडेरेसनको नाममा राजनीति गर्दै थिए । उनले खडा गरेको परिवार दल फेडेरेसनको इकाई थियो । नेपालका हिन्दू धर्मका ठेकेदारी गर्ने विश्व हिन्दू महासङ्घ र राप्रपाको कमल थापा मण्डली त्यो बेला गुमनाम भयो । जसले धर्मको नाममा ०७० सालमा संसद्को चौथो शक्ति बनेर सत्ताको स्वाद लुटेको थियो । अहिले नेपाललाई कूटनीतिक रूपमा पनि कमजोर बनाउन शक्ति राष्ट्रहरू लागेका छन्, जसको प्रत्यक्ष प्रभावमा नेकपाको नेतृत्व र वर्तमान ओली सरकार परेको छ । धर्म निरपेक्ष राज्यले क्रिश्चियन फेडेरेसनलाई बोकेर राज्यको खर्च किन ग¥यो ? कम्युनिस्टहरू विश्व सर्वहारा वर्गका सहयात्री हुन् भन्ने पूर्ववतः मान्यता यही ओली सरकारले तोडेको छ । प्रधानमन्त्री ओली नेतृत्वले विगतमा स्थापित भएको सामाजिक सुरक्षा कोषको कभरमा बसेर ल्याएको राष्ट्रिय अभियानसमेत क्रिश्चियन धर्मले कप्लक्क खाएको छ । यस्तो बेलामा कहाँ गए हिन्दू धर्मका ठेकेदारहरू ? जनताले खोजे तर भेटेनन् ।