//जसले आफ्नैको साथ पाएनन्

जसले आफ्नैको साथ पाएनन्

काठमाडौँ । सत्ता अहङ्कारको सनकले मान्छेलाई सिध्याउँछ । नेकपाको ओली ब्रान्डका खम्बा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाद्वारा धोका खाएका पत्रकारहरू प्रेस चौतारीमा दर्जनौँ भए । यिनले गोखरापत्रमा कार्यकारी अध्यक्ष कृष्णमुरारि भण्डारी बोके, राससको अध्यक्षका लागि तयार हुन गगन विष्टलाई पार्टी महासचिवले नै भने । तर नियुक्ति गर्ने बेलामा साहित्यकार श्यामललाई गरियो । राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र गोरखापत्र जस्ता संस्थानहरू भ्रष्टाचार, कमिसन र दलालीको क्षेत्र बन्नुहुँदैन । तर राससले समाचार बाँड्ने कि कवि श्यामलले कवि गोष्ठी गराउँदै हिँड्ने ? यिनै मन्त्रीले रासस, नेपाल टेलिभिजन, गोरखापत्र र रेडियो नेपालको सुधारका लागि कमिटीहरू बनाइए, तिनको रिपोर्ट सञ्चार मन्त्रालयमा थन्किएका छन् । तर नियुक्ति पाए गोरखापत्रमा कृष्णमुरारि भण्डारीले । पार्टी एकता भएको छ । प्रेस सेन्टरले चौतारीका नेता (विघटित एमाले)बाट कुनै आशा पनि गरेको छैन । किनकि अहिलेसम्मको नियुक्तिमा माओवादीका निकट कोही पनि परेका छैनन् । गनग विष्ट, राजेन्द्र अर्यालहरूलाई आश देखाउने र इँटाले हान्ने काम चाहे महासचिव विष्णु पौडेलले गरून् वा सघाउनुप¥यो भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले नै किन नगरून् । उनीहरूले नपाएको सरकारी फल प्रेस सेन्टरले कहिले पाओस् ! हेप्नुको पनि सीमा छैन एमालेबाट । टेलिभिजनमा महाप्रबन्धक गोविन्द रोक्का थिए, राससमा ओपेन्द्र शर्मा । तर एमालेको ओली ब्रान्डले डा. महेन्द्र विष्ट र कवि श्यामललाई कार्यकारी अध्यक्षको रूपमा पठाएर महाप्रबन्धक पदमा आसीन प्रेस सेन्टरका नेताको हुर्मत लिएको छ । सहेरै उनीहरू बसेका छन् । अपमान गर्न र हेप्ने पार्टीमा नेकपा एमाले ब्रान्डमा ओली ब्रान्ड अगाडि छ । यो टिमले सधैँ सत्ताको रजाइँ गर्न पाउने स्थायी लाइसेन्स त पाएको छैन ? भैंसीलाई सिङको भारी हुँदैन भने जस्तै प्रेस काउन्सिललाई मिडिया अनुगमनको नाममा सरकारले भारी थपेकै छ । काउन्सिल मर्यादित बन्नुपर्छ । काउन्सिलको इज्जत पत्रकारले राख्नुपर्छ तर त्यहाँ पुग्ने र पु¥याइनेहरूले कसको सेवा गर्छन् ? सञ्चारमन्त्री बास्कोटा आफैँ विज्ञ हुन् । संस्थाको मर्यादासँग व्यक्तिको चरित्र जोडेर गणतन्त्र दिवसको पदकमाथि प्रम ओली र ईश्वर पोखरेलले गरेको खेलबाडको निन्दा प्रेस काउन्सिलले ग¥यो कि गरेन ? सरकारी संस्थानहरू सुधारमा छैनन् । आफैँ अयोग्य भन्यो, आफैँले उही व्यक्तिको नियुक्ति ग¥यो । हातखुट्टा बाँध्यो, दौडिन लगायो अनि कसरी लोकप्रिय हुन्छ सरकार ? विरोधीविरुद्ध अरिङ्गाल बन्न पार्टी कार्यालय पुगेर हारगुहार मागेका प्रम ओलीले राज्य लुटेर बहुप्रचारमा आफ्ना तस्बिर प्रदर्शन गर्दा जबज चम्केको ख्याल गरेनन् ? अप्ठ्यारो पर्दा कार्यकर्ता खोज्ने, ठाउँ खाली हुँदा कार्यकर्तालाई लोप्पा दिने ? यही हो समाजवादउन्मुख समृद्धि र विकास सञ्चारमन्त्रीले जवाफ दिनुप¥यो ।