//फाइल माफियाले गर्लान् छानबिन ?

फाइल माफियाले गर्लान् छानबिन ?

सरकारका दुई कोष धराशयी बन्दै
काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति अहिले उपसमिति गठन गरी वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणको छानबिन गर्न तम्सेको छ । काँग्रेसका नेता प्रकाशमान सिंहले सूचना चुहाउँदा उब्जेको यो प्रकरणमा उनका साला भूषण राणा र कटनेकाजी मोहन बस्नेत जोडिएका हुन् । प्रकाशमान पहिले उफ्रिए तर सोच्दै गए, उपसमितिको बैठकमै यिनको धतुरो झ¥यो भने काँग्रेस हुँ भनेर जाने कहाँ ? समितिको सभापति पवित्रा निरौला अहिले ठूला नेताहरू माधव नेपाल र भीम रावलको मात्र पेलानमा छैनन् । रविन्द्रको लूट, हृदयश त्रिपाठी विरोध खतिवडाको विगततर्फ सोच्दैछन् । त्यो पनि राष्ट्रसेवक कर्मचारीको रकम सङ्कलन गर्ने सञ्चय कोष, नागरिक लगानी कोषको १२–१२ अर्ब डुबेको बेला यी दुवै कोषको अध्यक्ष राजस्व सचिव शिशिर ढुङ्गाना कसरी कारबाहीबाट उम्केलान् ? भ्रष्ट शिरोमणि ओलीका सारथि रवीन्द्र त्यहीँ छन् । त्रिपाठी र खतिवडा एमाले ! खानेहरूले गर्छन् ! नेकपा एमालेको उपयोगवादी सिद्धान्तले मुलुकलाई समृद्धि र विकासमा यही बेला लाउडा, धमिजा काण्डको अर्को रूप वाइडबडीको कारण फेरि वायु सेवा निगम त डुब्दैन ? नेपालको राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने खड्ग ओलीले हिजोका हृदयेश त्रिपाठी, विरोध खतिवडा मात्र होइनन्, पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिचान गर्न सक्छन् ? को लाग्दैछ, यो कुलङ्गार काण्डमा ? कसरी भयो यो काण्ड ? काँग्रेसका शेरबहादुर र आरजुको लागि प्रकाशमान खटाएर हुन्छ ?
सङ्घीय संसद्मा १६ वटा समिति छन् । तीमध्ये सङ्घीय संसद्को प्रतिनिधि सभामा ११ वटा र राष्ट्रिय सभामा पाँच । प्रतिनिधि सभाका समितिहरू कार्यक्षेत्र मिच्छन्, ठूलो फाइल खौज्छन्, खोतल्छन् । यिनले कारबाही गर्ने हैसियत राख्दैनन् तर कोलाहल मच्चाउँछन् । यस पटक पनि सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, सामाजिक हित सम्बन्ध समिति जस्ता संस्थाहरूले वायु सेवा निगमको ठूलो जहाज (वाइडबडी) खरिद प्रकरणको छानबिनमा चासो दिए तर अर्थ यी कुनै समितिको देखिँदैन । वायु सेवा निगमलाई लुछ्ने, चिथोर्ने र हरिकङ्गाल बनाउनेहरू भीम रावल, वामदेव गौतम र यमलाल कँडेल एमालेका हुन् । काँग्रेसकी सुजाता कोइराला नै काफी छन् । उनको अगाडि–पछाडि स्व. चक्र बास्तोला र तारिणीदत्त चटौतहरू छँदै थिए । शेरबहादुरपत्नी डा. आरजु राणाले काँग्रेसमा सुजाता र तत्कालीन माओवादीमा हिसिलालाई बिर्साएकी छन् । यिनैले चुनावका बेला कञ्चनपुरमा घर किनेको पैसा सुगतरत्न कंसाकार र टेलिकमकी कामिनी राजभण्डारीको हो भनियो । अहिले त्यो केस मौन छ । वायु सेवा निगमलाई जरुरी थियो, अहिले वाइडबडी ल्याइयो । उडानको स्वीकृति नयाँ क्षेत्रमा छैन ।

बजार व्यवस्थापन नहुँदै २४ अर्ब ऋण लिएर ठूला जहाज किन ल्याइयो ? सरकारको तर्फबाट ठूला जहाज चलाउनु राम्रो हो तर गन्तव्यको चासो नलिनुमा हिमलायन एयरलाइन्स, कृपासुर शेर्पा, आङछिरिङ शेर्पा र यति एयर नै हो । प्रधानमन्त्री ओलीले यस पटक यति एयरको सेवा गरेका छन् । त्यही कारण पर्यटनमन्त्री रवीन्द्रले होटल हायातको ३९ प्रतिशत सेयर १३ प्रतिशतमा झारेर २६ प्रतिशतको रकमबापत करोडौँ रकम एकै गाँस बनाउँदा पनि वास्ता गरेनन् । रवीन्द्र नै हुन्, अहिले शशी श्रेष्ठ सभापति भएको समितिमा रहँदा एनसेलको ६४ अर्ब राजस्व नेपाल सरकारलाई तिर्नुपर्दैन भन्ने शुद्ध एमाले । मन्त्री रवीन्द्र अधिकारी आरएको वाइडबडीको खरिदमा शुद्ध छन् भन्नै सकिँदैन । किनकि सुगतरत्न कंसाकारले यिनलाई राम्रैसँग चिनेका छन् । सम्पत्ति विवरणमा ६४ तोला सुन त्यसै भएको होइन । संसद्मा फाइलप्रेमी मानिएका हृदयेश त्रिपाठी, विरोध खतिवडा, डा. प्रकाशचन्द्र लोहनीहरूमध्ये त्रिपाठी र खतिवडा अहिले पनि संसद्मा छन् । बरु यिनको पार्टी सदस्य जाला, सांसद भएपछि यिनीहरू सार्वजनिक लेखामै हुन्छन् । मनमोहनको सरकार हुँदा प्रमुख प्रतिपक्षी काँगेसले लेखा समिति पाउनुपथ्र्यो । बनायो एमालेले हृदयेश त्रिपाठी । त्रिपाठी सभापति भएपछि लेखा समितिमा चमत्कार भयो । सार्वजनिक लेखा समिति हाँकेका बेला देउवाका दलाल भरत शाहलाई परेन आपत ! यो प्रकरण छानबिन हुँदा देउवा बाँधिन्छन् । अहिले प्रसङ्ग वाइडबडी र वायु सेवा कम्पनीको जहाज भाडामा कि निगमको स्वामित्वमा भन्ने हो । तर लडाइँ संसद्का समितिहरूको बीचमा छ । नेपाली काँग्रेस बोल्दैन । शेरबहादुरसँग प्रकाशमानले रिस फेर्न माधव नेपाल र भीम रावलको साहरा लिए । रावल तिनै व्यक्ति हुन्, जसले पर्यटनमन्त्री हुँदा चाइना साउथवेस्ट विमान भाडा प्रकरण चम्काएर आरएलाई दोहन गरे । अन्तर्राष्ट्रिय सम्बन्ध समिति व्यापार वाणिज्यले हेर्छ भनेर माधव नेपालले वायु सेवा निगम बुझेका र लुटेका भीम रावललाई अगाडि सारेका हुन् । रवीन्द्रले खाए माधव करमेड ! भीम रावल पुष्टिएकै थिए । के कम्पनीमार्फत् खडा भएका चार एजेन्ट खोज्न सक्छौ ? रकम सरकारको डुब्यो । कम्पनी सरकारको हो । जबकि रू. १० अर्बको काम १५ अर्ब खर्च गरियो । हवाई माफियाको यहाँ खेल थियो । नत्र निगममा पहिले असफल मदन खरेललाई भित्र्याएर प्रम ओलीले चालेको पाइला के हो ? यो प्रकरणमा ८० प्रतिशत शेरबहादुरले खाए, पैसा गयो सञ्चय कोष र नागरिक लगानी कोषको । शुद्ध मन र राष्ट्रहित सोचेर छानबिन गर्छ ओली नेतृत्वको सरकारले ? मदन खरेल किन ल्याइयो, सीधै ओलीको पैसा भित्र्याउने मान्छे भनेर ? किनकि रवीन्द्र वामदेवका हुन् । ओलीले वामदेवलाई हराएको कारण अविश्वास अहिले चर्केको हो । रवीन्द्र र महासेठ वर्तमान सरकारका महाभ्रष्ट हुन् । राज्यको पैसा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको हो । जबकि त्यहाँको अध्यक्ष अर्थ मन्त्रालयको सचिव हुन्छ, त्यो पनि राजस्व सचिव । इतिहास कालो छ । राज्यको लुट मच्चाउने पालो खड्ग ओली, शेरबहादुर देउवा, रवीन्द्र अधिकारीको मात्र होइन, सञ्चय कोष र नागरिक लगानी कोषका कार्यकारीको पनि आएको छ । कोषको रकम खर्चनेका विरुद्ध कर्मचारी सङ्गठनहरू मरेतुल्य भएका छन्, किन ?