//सर्वोच्चमा फेरि उस्तै

सर्वोच्चमा फेरि उस्तै

काठमाडौँ । संसद्को सुनुवाइ समितिले शैक्षिक योग्यताको यथोचित प्रमाण दिन नसकेकाले दीपकराज जोशीको नाम यस पटक पनि सिफारिस गर्न न्यायपरिषद् बाध्य भएको हो । जोशी सर्वोच्चमा वरिष्ठ न्यायाधीश हुन् । चोलेन्द्रसमशेर जबरा शुद्ध जोशी र अशुद्ध होइनन् । विशेष अदालतको न्यायाधीश हुँदा भ्रष्टहरूलाई लोकतान्त्रिक न्याय दिलाएर भूपध्वज अधिकारी र चोलेन्द्रसमशेर जबराले राम्रै आम्दानी गरेका हुन् । न्यायाधीश बन्न तत्कालीन प्रधानन्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर पुनरावेदन अदालत बुटवलको न्यायाधीश बनेका चोलेन्द्रसमशेर सर्वोच्चको नेतृत्वमा आउन नेकपाका सांसदलाई प्रयोग गरेका छन् । कानुनी क्षेत्रमा बद्नाम भएका चोलेन्द्रभन्दा दीपकराज जोशीलाई काविल मानिन्छ । सर्वोच्च अदालतमा न्यायमूर्तिहरू विवादमा आउन सुशीला कार्कीको समयलाई उर्वर मानिन्छ । काँग्रेस चुनावमा धराशयी हुनुको कारण प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन एमालेको उक्साहटमा प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा हस्तक्षेप गर्नु थियो । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुमा काँग्रेसको देउवा गुटले जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्दा कार्यकारी सरकारको निर्णयलाई हस्तक्षेप गर्नु थियो । गोपाल पराजुलीलाई दुईथरी नागरिकता भएकाले विवादमा पारियो । पराजुलीलाई सर्वोच्चले बिदाई गरी पेन्सनपट्टा पनि दिएको छैन । पराजुलीपछि दीपकराज जोशीलाई शैक्षिक योग्यताको विवाद चर्काएर प्रधानन्यायाधीश बन्न दिइएन । तर सुनुवाइ समितिले समेत उनको शैक्षिक प्रमाणपत्र छानबिन गरेन । अर्थात् अधिकार प्राप्त त्यो समितिले अहिले अर्का विवादास्पद चोलेन्द्रलाई काँध हाल्दैछ ।