//राम्रो गर्दागर्दै अपजसको भारी !

राम्रो गर्दागर्दै अपजसको भारी !

काठमाडौँ । दुई तिहाइको मत भए पनि संसद्मै आफैँ मजबुत नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लो रेल कुदाइरहेका छन् । राम्रो गर्दा उनले अपजस बोकेकै छन् । उनले पार्टीका वरिष्ठ नेताहरूको कहीँ पनि गणना गरेका छैनन् । त्यही कारण पनि अपजस सहेका हुन् । सरकार सञ्चालन र पार्टीको सङ्गठन संरचना विवादरहित बनाउन यिनको रुचि देखिँदैन । न त पूर्वप्रमहरूै न ओलीको व्यवहारले सन्तुष्ट छन् । गुटबन्दी त्याग्न नसकेका पार्टी अध्यक्ष एवं प्रम ओलीले राष्ट्रको खर्चमा आफ्नो प्रचार गर्न भ्याएकै छन् । मन्त्रिपरिषद्मा उनको जङ्गे शासनको प्रतिवाद कसैले गरेको छैन । प्रधानमन्त्रीको एक्लो प्रचारमा न त कहीँ किसानको महत्व छ न त सामाजिक सुरक्षा कार्यक्रममा कुनै उद्योग प्रतिष्ठानमा काम गरेका मजदुरको तस्बिर छ । जसको हितमा केन्द्रित कार्ययोजना हो, उसैको खोजी नहुने त्यो कार्यक्रमको प्रचारमा प्रम ओली आफ्नै तस्बिरमा रमाएको नेपालीले देख्नुप¥यो । विदेशी पहुना आए, गए । क्रिश्चियनको मस्कद पूरा भयो । नेपाली शान्ति र सुशासन पाउन क्रिश्चियनको आशीर्वाद लिनुप¥यो । एमाले नौ महिने कार्यकाल पहिले जसरी लोकप्रिय थियो, दोस्रो कार्यकाल मुलुकको सङ्कट मोचनमा केन्द्रित रह्यो । सबै साथ राष्ट्रवादीमा थियो । नाकाबन्दीका बेला कालो बजार, भ्रष्टाचार जस्ता विषय गणनामा परेनन् । तर मन्त्रीहरू केही गर्ने उद्देश्यका थिए, काम देखियो । अहिले सरकारले दुई तिहाइ पाएको छ । तर काम प्रधानमन्त्रीका फाल्तु प्रवचनका झ्याउरे गीत जनता सुन्दैछन् । नेपालको शान्ति र सुशासनमा क्रिश्चियन पादरीहरूले आशीर्वाद दिनुपर्ने भएको छ । कृषिप्रधान देशले २०७५–०७६ को अबको चार महिनामा विदेशबाट रू ९ अर्ब ३८ करोड ८ लाख ७६ हजारको चामल मात्र खरिद गरेको छ । राष्ट्रको अरबौँ लगानीका प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम आएको छ । किसानलाई व्यवसायिक खेतीमा आश्रित गराउन कृषि व्यापार आयोजना नामको कार्यक्रम पनि छ । तर यी दुवैको रकम खाने पहुँचवाला सांसद र नेता छन् । प्रधानमन्त्रीको सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने ध्यान त्यहाँ छैन । आफ्नै दलालहरूको हितमा ल्याइएका नीति नियम छन् । गुटको रूपबाट मुक्त बन्न न त अध्यक्ष पद तयार छ न त प्रधानमन्त्रीलाई चासो छ । तर काम राम्रो भएका छन्, प्रधानमन्त्री भन्छन्, थपडी उनकै दलालहरूले बजाउँछन् । हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रूपमा घोषणा गर्न युरोपेली युनियन सफल भयो । त्यो बेला एमालेभित्रका ओली ब्रान्डको मानवअधिकार, सञ्चार, ट्रेड युनियनहरूले दाम खाए । प्रधानमन्त्रीकै सल्लाहकार विष्णु रिमालले एमाले मजदुर समूह जिफन्टको नाममा डीएफआईडीको लगानी भित्र्याएकै हुन्, जुन क्रम जारी छ । अदृश्य लगानी उपलब्धिहीन कार्यक्रमले देश खोक्रो भएको छ । राष्ट्रिय स्वाभिमान र आत्मगौरवका कार्यक्रमहरू ओझेलमा परेका छन् । क्रिश्चियन समूहले नेपालमा शान्ति र विकासलाई सघाउने भन्दै अन्य देशमा अस्वीकृत एसिया प्यासिफिक सम्मेलन नेपालमा आयोजना गर्दा सरकारलाई सह–आयोजक बनाउँदा पनि सरकारले रमाइलो मान्थ्यो । एक–दुई पटक एकनाथ ढकालले कोरिया र रसिया जस्ता देश घुमाएकै भरमा वरिष्ठ नेता माधव नेपाल कार्यक्रमको समर्थक भए । पार्टी र सरकारको हैसियतको अत्तोपत्तो नहरेको यो जात्रामा गृह मन्त्रालयले जनतालाई दुःख दियो । जोर–बिजोर सवारी आतङ्क चर्काएर देशको ठूलो जनसङ्ख्यामामाथि दमन गरियो । अति भएपछि विद्रोही स्वरको नेतृत्व गर्न काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ सडकमा आयो । गरीबकी छोरी भएबापत निर्मला पन्तले बलात्कारपछि जीवन गुमाइन् । सरकारले अपराधी प्रहरी डिल्लीराज विष्ट र जगदीश भट्टलाई जेल पठाउनुको सट्टा सरकारी जागिरमा फेरि अवरोध नआउने गरी बर्खास्तीको नाटक ग¥यो । अहिले फेरि पुनर्बहालीको नौङ्टकी सुरु भइसकेको छ । यही सरकार महिला हिंसाविरुद्धको १६ दिने डलरको खेतीमा नाच्दै गर्दा छोरीका हत्यारालाई सार्वजनिक गर भन्दै अनसन बसेका निर्मलाका बाबु अर्धबेहोस हुँदा पत्ता पाउँदैन । एउटा नागरिकमाथिको यो दर्दले प्रम ओलीलाई छोएन । सीमा मिचिएका छन् । जङ्गे पिलर हटाइएका छन् । निजी स्कुलले मनपरी अभिभावकमाथि शोषण गरेका छन् । हेलो सरकारमा हजार उजुरी छन् । काम लिएर ठेकेदारले काम समयमा सम्पन्न गर्दैन, यातायातको सिन्डिकेट हट्दैन । विभागीय मन्त्रीहरू घूस खान्छन् । सरकारको निर्णय उल्ट्याएका छन् । प्रधानमन्त्री मुस्कानसहितको अत्याचार बढिरहँदा पत्तो पाउँदैनन् । यो देशमा सरकारविहीन राजनीति, प्राणविहीन जनता खडा बनाएर कसले यस्तो दुर्गति चम्काउन लागेको छ ? न त पार्टीले सोचेको छ न त प्रधानमन्त्रीले ध्यान दिएका छन् । कुनै मन्त्री जिम्मेवार छैनन् । सरकारले राम्रै गर्दागर्दै कसरी जस पाउँछ ?
गृहले मच्चायो आतङ्क
एसिया प्यासिफिक सम्मेलनको समर्थन भन्दा बढी विरोध भयो । विरोधको कारण थियो, क्रिश्चियन टिमको बाहुल्यता । सम्मेलनको आयोजक युनिभर्सल पिस फेडेरेसन । फेडेरेसनका अध्यक्ष हुन्, एकनाथ ढकाल । ढकालकी कोरियन श्रीमती क्रिश्चियन हुन् । ढकालले परिवार दल चलाउन क्रिश्चियन सहयोग लिएका छन् । पार्टी एमालेमा विलय भएपछि उनको बढी सम्बन्ध वरिष्ठ नेता माधव नेपालसँग भयो । माधवले सम्मेलनको अध्यक्षता गरेका थिए । ‘विश्व भाइचारा र शान्ति सम्बन्ध सुदृढ बनाउन विभिन्न धर्मावलम्बीहरू नेपाल आए त बिग्रियो के ?’– पूर्वप्रम माधव नेपाल भन्दै थिए । तर गृह मन्त्रालयले बढी चाकडी देखायो । सम्मेलन थालनी नहुँदै ट्राफिक नियम ल्याइयो । जनतालाई सताउने निर्देशनहरूले सडक यातायातमा आतङ्क मच्चायो ।
क्रिश्चियनलाई खुसी पार्न जोर–बिजोर आतङ्क
यो देशको ट्राफिक प्रहरी कसले चलाउँछ ? प्रहरी प्रधान कार्यालयको ट्राफिक महाशाखामा एसएसपी प्रमुख छन् । मञ्च पाए माननीय पदको चुनाव लड्ने स्वयम्भूको चुनावमा उम्मेदवार बन्लान् जस्तो गरी भाषणमा पोख्त वसन्त पन्त एसएसपी छन् । यी पन्तले क्रिश्चियनहरूको नेपालमा आयोजित एसियन प्यासिफिक समिटका बेला सार्वजनिक वा निजी सवारी साधनलाई जोर–बिजोर गरी सवारी चलाइदिन गृहको निर्देशनमा आतङ्क मच्चाए । त्योबापत यिनले कति खाए ? गृह मन्त्रालयले जोर–बिजोर गर्न निर्देशन दिएको त्यो बेला थाहा भयो, जुन दिन समिटको उद्घाटन थियो । गृहले नेपाल प्रहरीलाई निर्देशन दिने हो । प्रहरीले ट्राफिक महाशाखलाई निर्देशन ग¥यो । बिहीवार र शुक्रवार सडकमा ट्राफिक दादागिरी चल्यो । निजी सवारी साधन मर्कामा परे । सरकार पनि लाचार बन्यो क्रिश्चियनका अगाडि । जुन सम्मेलनका बारेमा सरकार यसरी लत्रिनुपर्ने थिएन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्षता नै ग्रहण गर्नुपर्ने पनि थिएन । विभागीय मन्त्रालय, प्रहरी प्रधान कार्यालयको वक्तव्य दिँदा वसन्त पन्तको ट्राफिक शासनप्रति सामाजिक सञ्जालले धतुरो झारे । बिहीवार दिनभर र शुक्रवार आधा दिनसम्म सडकमा ट्राफिक जसरी छाडा भयो, यसले दिलाएको दुःखकष्टको क्षतिपूर्ति कसले दिन्छ ? कति खायो ट्राफिकले क्रिश्चियन टोलीसँग पैसा ? ट्राफिक प्रहरीले सनक देखाउँदा कहिले मोटसाइकलमा सवार गर्ने दुवैले हेलमेट लगाउनु पर्ने नियम बनाइन्छ । बजारका नयाँ–पुराना मोडलका हेलमेट बिक्री भएपछि ट्राफिक सुत्छ, नेपालको नियम मनपरी छ ।