//चारतारे काँग्रेसका चार जनाकै तेस्रो धार

चारतारे काँग्रेसका चार जनाकै तेस्रो धार

काठमाडौँ । रामचन्द्र पौडेलको लोभी चरित्र थाहा पाएपछि पौडेललाई त्यागेर आफ्नै धार खडा गर्न थालेका झापाली काँग्रेस कृष्ण सिटौलाले पेलेपछि नै विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता बन्न राजी भए । यिनै सिटौलाका कारण राप्रपाको बीउ झापामा हुर्किन पायो । यिनकै क्षेत्रका राजेन्द्र लिङ्देलले सांसद बन्न झापामा वाम गठबन्धनसँग तालमेल गरेका हुन् । काँग्रेस र राप्रपा देशभर वाम गठबन्धनविरुद्ध एक थिए । तर झापामा त्यो रौनक छुट्टै देखियो । सिटौला हावी भए, भापामा काँग्रेस सोत्तर भयो । देशभर सोत्तर भएको काँग्रेस लोभीपापीको बाहुल्यता भएकाले युवा पुस्ताले स्थान पाएन । रामचन्द्रका लागि सधैँ सती जानुपर्दा तनहुँमा रघु पौडेलहरू पनि दिक्क थिए । पौडेल आपंmैँले सहयात्री गोविन्दराज जोशीविरुद्ध अदालती उजुरीको पेटबोली खोतले, जबकि उनले त्यो कमान्डले आफैं सिद्धिन्छ भन्ने सोचसम्म राखेनन् ।
तिनै रामचन्द्रको दरिद्रता बुझेका कृष्ण सिटौला काँग्रेसमा तेस्रो धारको नेतृत्व लिने गरी तयारी गर्दैछन् । यो धारले काँग्रेसले आफ्नै नेतृत्वमा जारी संविधानमा स्थापित धर्म निरपेक्षताको मुद्दालाई हटाउन दिने छैन । काँग्रेसले पार्टीकै नयाँ विधानमा समेत सनातन हिन्दू धर्मको एजेन्डा स्थापित गर्न नसकिहरेको बेला भ्रष्टको आरोपमा जेल सजायँ भोगेका स्व. खुमबहादुर खड्काको एजेन्डा स्थापित हुने स्थिति रहेन । बेलाबखत महामन्त्री डा. शशांक कोइरालाले धर्मका बारेमा काँग्रेसले सोच्छ भने पनि यी महामन्त्रीको बोलीले पार्टीमा प्रभाव पारेको छैन । दामोदर गौतम, हरिबोल भट्टराईहरू तत्कालीन राजा ज्ञानेन्द्रका पालाका थिए । अहिले राजाको समेत हुलिया टाट छ । मठ मन्दिरमा पूजा चलाएर जनताले दुत्कारेको सानो झुन्डको घेरामा बसेर संसार चलाउन खोज्दा गद्दीच्यूत हुनुपरेको इतिहास पुरानो छैन । काँग्रेसका कृष्ण सिटौला, गगन थापा, शिव हुमागाईं र उमाकान्त चौधरीको पत्रकार सम्मेलनले दर्शाएको सन्देश भनेको यो टिम देउवा र पौडलइतर हो । देउवाबाट हेपिएका पौडेलबाट हेपिएकाहरूले सिटौलाप्रति चासो दिन सक्छन् । कोइराला परिवारका डा. शेखर कोइरालासँग यो टिमको जोडा मिल्छ । मौकाअनुसार देउवा र पौडेलतिर दौडिने अर्जुननरसिंह केसी र प्रकाशमान सिंहको त गुटको गुञ्जायस रहेन । जस्तापाता काण्डले ध्वस्त भएका डा. रामशरण महत जस्ता भ्रष्ट नेता काँग्रेसमा मूल्यहीन भइसकेका छन् । सिटौला पक्षले तत्कालै महाधिवशेनको माग किन ग¥यो ? शङ्का गर्नुपर्ने ठाउँ यहाँ छ । सिटौलालाई भारतसँगै युरोपेली युनियनको गगन थापा, उमाकान्त चौधरीलाई तत्कालीन दरबारको प्रतिनिधि पात्र भन्ने स्व. गिरिजाले नै माओवादीसँगको सहकार्यमा अगाडि सार्नुपर्नाका कारण पनि कसैले बुझेन । शक्तिको सदुपयोग मान्छेले गर्छ । सुशील कोइरालाले प्रकाशमान सिंहलाई महामन्त्री बनाए, यीबाट काम लिन कठिन थियो । सुशीलले कृष्ण सिटौला जस्ता चतुर नेतालाई महामन्त्री बनाएर काँग्रेसको अन्तरवस्तुको ज्ञान दिलाए । अहिले सिटौलाले म तेस्रो धार भन्नुको कारण सुशीलकै समयमा पाएको जिम्मेवारी हो । त्यो बेला उपसभापति जितेका रामचन्द्रको काम गराइ पैसासँग जोडिएकै हो । सरकारले गणेशमानको नाममा पैसा दियो, रामचन्द्र नीति र सिद्धान्तको प्रचार गर्न भत्ता बुझेर देश दौडाहामा निस्के । त्यही बेला सिटौलाले पार्टीको काममा राज्यको ढुकुटीबाट पैसा लिनुहुँदैन भनेका थिए । रामचन्द्र लोभीमा पनि महालोभी भएकाले देउवालाई दोब्य्राउन पौडेलको पछि सिटौला लागेनन् । उनको तेस्रो धारमा युवा पुस्ता कति समेट्छन्, थाहा छैन । तर युवा पुस्तालाई परिचालन गर्न गगन थापा इमानदारपूर्वक खटे भने १४औँ महाधिवेशनमा थापा महामन्त्रीको पहिलो दाबेदार नहोलान्् भन्न सकिँदैन । तर बच्नुपर्छ, राजधानीमा महल भएर पनि संसद् सचिवालयबाट घरभाडा खर्च लिने संस्कृतिबाट ।