//यी रहेछन् भारतका विश्वासी !

यी रहेछन् भारतका विश्वासी !

काठमाडौँ । राजनीति नेपालमा गर्ने, सत्ता नेपालकै हाँक्ने तर मताधिकार, चिन्तन, दृष्टिकोण मात्र होइन, जनताले देख्ने गरी प्रवृत्ति भारतीय दर्शाउने नेपाल भूमिका सपूतहरू उपेन्द्र यादव, अनिल झा, विजय गच्छदारको राजनीतिक हाउभाउ र बेलाबेलामा धम्की किन आउँछ भन्ने पुष्टि विश्व सञ्चार सेवा गुगलले नै गरिदिएको छ । जब जनताले यिनलाई खबरदारी गर्नुपर्दछ । सरकारको वार्ताटोलीले नरुचाएको सीके राउत नामका देशद्रोहीलाई उचाल्न युके, अस्ट्रेलिया, मलेसिाय, युरोप जस्ता देशले किन चाहेका छन् ? के नेपालको राष्ट्रियतामाथिको खतरालाई उपेन्द्र महतो, राजेन्द्र महतो, उपेन्द्र यादव, अनिल झाले बुझेका छन् ? उपेन्द्र शुद्ध व्यापारिक चरित्र देखाउने तस्कर हुन् । जसले नेकपा र काँग्रेसका शक्तिशाली नेतालाई पैसाले किनेका छन् । यादव सङ्घीय समाजवादी फोरम भन्दै मधेसको डनका रूपमा प्रस्तुत हुने चरित्र हुन् । विजय गच्छदारलाई सत्ता र कुर्सी सर्वोपरी हो । काँग्रेसमा फर्कंदाको घाटा उनले बुझेका छन् । काँग्रेसकै विमलेन्द्र निधि पनि भारतका दलाल हुन् । जबकि नेपाली नेता, नेपालको प्रेमी किन भए प्रश्न यो हो । अहिले उपेन्द्र यादव, अलिन झा, विजय गच्छदार, विमलेन्द्र निधि र राजेन्द्र महतोको खोजी किन हुन्छ ? भन्न त प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमेतलाई भारतीय दलालको आरोप लगाइन्छ । यसले मुलुकको हितमा कसका नेता के कति कसरी पैसाका लागि खटेका छन् ? छानबिन गर्ने निकाय कोही भएन ।