//कैलाश बैङ्कविरुद्ध माफिया !

कैलाश बैङ्कविरुद्ध माफिया !

काठमाडौँ । बैङ्क डुबाउँदै आफू कमाउने आर्थिक अपराधीहरू धेरै छन् । जानेर वा फसेर बैङ्कको कर्जा विभागका कर्मचारीले ख्याल नगर्दा यो स्थिति आएको हो । सरकारले बैङ्कहरूलाई कडीकडाउ गरेको छ । यही बेला राष्ट्र बैङ्कले कालो सूचीमा राखेको कुमारी बैङ्कले पनि ऋण उठाउन नसकेको छट्टु चोरले एनआईसी एसिया र जनता बैङ्कसम्म धाउँदा नपाएको ऋण कैलाश विकास बैङ्कले फसाएको बैङ्किङ सूत्रबाट समाचार प्राप्त भएको छ । समाचार सुकेधारामा रहेको मातृभूमि गार्मेन्टको हो । त्यसका मालिक हुन्– लोगो चोरका रूपमा परिचित रामेश्वर भट्टराई । यिनको काम गार्मेन्टको धन्दा देखाएर बैङ्क ठग्ने हो । यिनले कुमारी बैङ्कको ऋण तिरेका छैनन् । राजनीतिक पहुँचको धाक लगाउने यी भट्टराई कुनै ठाउँमा डा . बाबुराम भट्टराईको पनि नाम लिन्छन् । अलिहेसम्म उनलाई कालो सूचीमा रहँदा राष्ट्र बैङ्क र कुमारी बैङ्कले बैङ्किङ क्षेत्रमा परिपत्र नगर्नुको कारण यही हो ? यस्तो समयमा देशका नेताले ध्यान दिएको भए कैलाश विकास बैङ्कको रू. १ करोड ५४ लाख पनि डुब्दैनथ्यो । एनआईसी एसिया बैङ्कमा ऋण लिन भट्टराई निकै धाए । ऋण नपाउँदा बैङ्ककै विरुद्ध प्रचारमा लागेका थिए । जनता बैङ्कमा जान एक जना दरबारिया प्रयोग गरे तर उनको केही लागेन । बैङ्कले ऋण दिएन । कैलाश विकास बैङ्कले कुमारी बैङ्कको हवाला दिन सक्थ्यो । राष्ट्र बैङ्कको हवाला दिएको भए हुन्थ्यो तर १० प्रतिशत घूस लिएर कैलाशको कर्जा शाखाले ऋण दिएको दाबी यी भट्टराईले छाती फुलाएर भट्टीमा गफ हाँक्दा यो प्रतिनिधि दङ्ग प¥यो । के १० प्रतिशत वा १५ प्रतिशत घूस दिएपछि बैङ्कको कर्जा विभागले ऋण प्रवाह गर्छ ? प्रश्न यो हो । यहाँ प्रश्न उठ्छ, कैलाशले कालो सूचीको चरित्रलाई किन ऋण दिन्छ ? जबकि गार्मेन्टको नाममा ठूला लोकप्रिय कम्पनीको लोगो टाँसेर रामेश्वरले लिलामका कपडामा ट्याग टाँसेर व्यापार गरिरहेका छन् । लिलामी कपडा ल्याउने र लोगो टाँसेर मार्केटमा पठाउने यिनको धन्दा हो । आरबी कम्प्लेक्सले पनि यिनको ठगी धन्दा खोतलिरहेकाले खोजी जारी छ । कम्प्लेक्स ठगिएपछि यस्ता मार्केटको नेपालमा अर्थ छ ?