//जनता भोकै, नेतालाई राज्यको ढुकुटी

जनता भोकै, नेतालाई राज्यको ढुकुटी

काठमाडौँ । कम्युनिस्ट पार्टी पनि भ्रष्टाचारी, व्यभिचारी, स्वार्थी र लुटाहाकै प्रतिनिधि पात्रको रूपमा खडा भएको छ । सत्तारूढ दलका ठूला नेताको कृपामा सरकारको ढुकुटीबाट उपचार खर्च लिनेहरू थुप्रै छन् । मधेसका दुई हस्ती आपूर्तिमन्त्री मातृका यादव हुन् वा राजपाका नेता महन्थ ठाकुर नै पछिल्लो पटक सरकारबाट पैसा लिएर थाइल्यान्ड र भारतमा पुगेर उपचार गराउने भाग्यमानी हुन् । उनीहरूको सम्पूर्ण खर्च सरकारले बेहोरेको छ । प्रधानमन्त्रीले झापाका कार्यकर्तालाई पनि लाखौँ बाँडेका छन् । गरीब मुलुकका धनी मन्त्री मातृका यादवले सरकारसँगै पैसा लिएर उपचार गर्नुपर्ने बाध्यता थिएन । राज्यको ढुकुटी त काँग्रेस र एमालेको खाईभूर्जा थियो । संसदीयकालमा सत्ता टिकाउन र बलियो देखिन राज्यको ढुकुटीमा लुट मच्चाइएकै हो । पुरुष सांसदले महिला सुत्केरी हुँदा प्रयोग गर्ने औषधिको बिल पेस गरे पनि ढुकुटी लुटेकै थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रम ओली पनि राष्ट्रकै ढुकुटीबाट उपचार गराएका भाग्यमानी हुन् । संसदीयकालका फाइल माफिया हृदयेश त्रिपाठी, विरोध खतिवडा नेकपाका सांसद छन् । राप्रपाका डा. प्रकाशचन्द्र लोहनी सांसद बन्न सक्ने अवस्था गुमेको छ । भूकम्पपीडितलाई सम्धीले दान दिएको जस्तापाता बेच्दा काँग्रेसका डा. रामशरण महतले चुनाव हारेका छन् । मौका पर्दा राज्यको ढुकुटी सर्लक्कै कुम्ल्याउन सफल अनुहारहरू नेकपाको नेतृत्वमा अझै शक्तिशाली छन् । पार्टीको नेतृत्वले जनता हेर्दैन । गुट र दलालको सेवा गर्ने गरेको यस्ता थुप्रै प्रमाण छन् । जनताले अस्पतालबाट सामान्य औषधि पाउँदैन । स्वास्थ्य मन्त्रालयले ६५ थरी औषधि सरकारको लगानीका अस्पताल, स्वास्थ्य चौकी, हेल्थपोष्टका लागि छुट्ट्याएको छ । तर स्वस्थ्यमन्त्री जो बन्छ, उसैको टिमले स्वास्थ्य मन्त्रालयको भण्डारबाट नक्कली बिल बनाएर औषधिको रकम कुम्ल्याउने गरेका थुप्रै उदाहरण छन् । फोरमका नेता उपेन्द्र यादवले यो पत्ता पाएका छन् त ? दुई सचिवको लडाइँको झमेलाले मन्त्री दङ्ग छन् ।