//सेनाको बाटो व्यक्तिका नाममा

सेनाको बाटो व्यक्तिका नाममा

काठमाडौं । नेपालमा भूमाफियाको कतिसम्म जगजगी छ भने कुनै दिन सिंहरदबारमाथि पनि व्यक्तिले दाबी गरे भने अनौठो मान्नु पर्दैन । किनकि देशमा बढिरहेको भूमाफियाहरुको जगजगीप्रति अदालत समेत मिसिएको अवस्थामा सरकारको त के कुरा गर्नु हामीले यहाँ त्यस्तै भूमाफियाको समाचार प्रस्तुत गरेका छौं । राजधानीको स्वयंभूस्थित बारुदखानाको बदनियतका कारण सर्वसाधारणलगायत सो क्षेत्र र केही जग्गाधनी अहिले बाटोविहीन बन्न पुगेका छन् । बाटोका लागि अधिग्रहण गरिएको जग्गामध्येबाटै लामो समयपछि व्यक्तिलाई बाटोको बीच भागबाट स्वयम्भू बारुदखानाको पत्रका आधारमा जग्गा उपलब्ध गराईदिंदा सर्वसाधारणलाई हाल उक्त बाटो प्रयोग गर्न नपाउने अवस्थामा पु¥याइएको छ । २०४० असाढ ८ गते गोरखापत्रमा सूचना प्रकाशित गरि बारुदखानाका लागि रि¨रोडबाट आउन–जानका लागि भन्दै कित्ता नम्बर २०६, २१७ लगायतका अन्य थुप्रै कित्ताहरुबाट अधिग्रहण गरिएको थियो । यसरी खुलाइएको बाटो सार्वजनिक प्रयोगमा ल्याउँदा बारुदखानालाई असर पर्ने भन्दै २०५७ मंसिर १९ गते सो कार्यालयले पत्र संख्या १२०२८÷ए÷१७÷०५७÷५८÷२४ बाट काठमाडौं उपत्यका नगरविकास कार्यालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा बारुदखानाले उक्त बाटो काँडेतारले घेरेर सर्वसाधारणको प्रयोगमा समेत रोक लगाउ“दै आएको थियो । कि.नं.२०६ का धनि दिव्यरत्न शाक्यले उक्त जग्गा अधिग्ररणमा परेको कित्ता १२५१ वापत मुआव्जा बुझी १२४९ र १२५० व्यक्तिलाई बिक्री गरिएको थियो भने किनं.२१७ बाट कि. १०६० अधिग्रहणमा छोडि कि.१०६१ व्यक्तिमा रहेको थियो ।
कित्ता २०६ का धनी दिब्यरत्न शाक्याले सो सम्मुच्च कित्ता बिक्री गरिसकेको करिब एक दशकपछि अधिग्रहणको कित्ता १२५१ मा आफ्नो जग्गा बढी गएको भन्दै फिर्ताका लागि निवेदन दिएपछि परिस्थितिले नयाँ मोड लिएको हो । उनले आफ्नो जग्गामध्ये ७ आना एक पैसा मात्र अधिग्रहण गरिएको र फिल्डमा १२ आना जग्गा देखिएकाले बाँकी जग्गा फिर्ता माग गर्दै निवेदन दिएको बताइन्छ । सोही निवेदनका आधारमा बारुदखानाले २०६० साल फागुन २७ गते करिब अवकास हुन दुई वर्ष बा“की रह“दा शा.प्र.से.नरेन्द्रबहादुर बस्नेतले पत्र संख्या १२०२९।क्यु।३।०६०।६१।१० बाट कि.१२५१ को १२ आनामध्ये पश्चिम सुरबाट १८ फिट मोहडा हुनेगरी ७ आना १ पैसा उत्तर–दक्षिण तिरबाट कित्ताकाट गरी बारुदखानाको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन र बाँकी जग्गा निवेदक शाक्यलाई फिर्ता दिन मालपोत कार्यालय कलंकीलाई पत्र लेखि बोधार्थ नापी शाखालाई मात्र दिइएको थियो । आफ्नो तालुक कार्यालयलगायत उक्त बाटो उपभोग गर्दै आएका कसैलाई खवर तथा सरजमिनसमेत नगरी निज तत्कालिन प्र.से बस्नेतले उक्त पत्र गुपचुप बनाउन खोजेका थिए । अझ मिति २०६१ श्रावण ८ गतेको स्व.बारुदखानाको पत्र संख्या १२० २९।क्यू।३।०६१।६२।२ बाट नापी शाखा, कलंकीलाई अमिन खटाई दिन भन्दै पत्रलेखि बोधार्थ मालपोत कार्यालय, कलंकीलाई मात्र दिनुले निज प्र.से.को नियत शंकास्पद देखिएको थियो । तर मालपोत कलंकीबाट उक्त पत्रको बारेमा थाहा पाएपछि स्थानिय जनताको समूहले मिति ०६३ जेठमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं, मालपोत, नापी, र स्वयम्भू बारुदखानामासमेत सो जग्गा बदनियतपूर्ण व्यक्तिलाई दिन लागेका हु“दा तत्काल उक्त कार्य रोक्का गर्न निवेदन दिएका थिए । नेपालको प्रचलित कानून मुआव्जा सम्बन्धि ऐनमा पनि अधिग्रहणमा परि मुआब्जा समेत बुझिसकेको जग्गा स्थानिय जिल्ला प्रशासन कार्यालयका प्रमुखद्वारा मात्र फर्काउन सक्ने प्रावधान रहेको भनि जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं, स्वयम्भू बारुदखानाका प्र.से. बस्नेतलाई समेत भेटि स्थानियले गुनासो गरेका थिए । मिति २०६३ जेष्ठ २२ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले ०६२।६३ च.नं ४३२७ को पत्रबाट स्वयम्भू बारुदखानालाई यथार्थ विवरण पठाईदिन भनि पत्रसमेत काटेका थिए । यसैबीच सो जग्गा धनि दिव्यरत्न शाक्यबाट हरिप्रसाद सिलवालले रजिष्ट्रेशन पास गरेको देखिन्छ । सेनाको जग्गा छुन नमिल्ने भन्दै आएका मालपोत र नापी कलंकीले स्वयम्भु वारुदखानाकै कित्ताकाट गर्न लेखिएको पत्र प्राप्त गरेपछि नापी शाखाले पनि सो अधिग्रहण गरिएको बाटोको बीचमै पर्ने गरि कित्ता काट गरिदिएको थियो भने मालपोत, कलंकीले तत्कालै पुर्जा बनाइदियो । अब कित्ता नम्बर २०६ बाट अधिग्रहण परेको कित्ता नम्बर १२५१ लाई स्वयम्भु बारुदखानाको सो पत्रका आधारमा कित्ता नम्बर २१८९ अधिग्रहणमा नै राखी कित्ता नम्बर २१९० व्यक्तिको नाममा बनाइयो जुन जमिन बाटोको बीचमा पर्दछ । नया“ नापीअनुसार कित्ता नम्बर २१८९ लाई कित्ता नम्बर १४३ र २१९० लाई कित्ता नम्बर १४१ र कित्ता नम्बर १०६० लाई कित्ता नम्बर १४२ देखाइएको छ भने सो व्यक्तिलाई फर्कार्ईएको कित्ता १४१ को दाया“ कित्ता नम्बर १४३ र १४२ बाया“ परेको छ ।
पीडित जग्गाधनीका अनुसार बाटोका लागि जग्गा अधिग्रहण गरिसकेर बाटो कायम भइसकेको अवस्थामा आफ्नो सम्पूर्ण जग्गा बेचिसकेको व्यक्तिले ‘मेरो जग्गा बाँकी देखियो’ भन्दै बारुदखानालाई पत्र लेखेको भरमा बारुदखानाले जग्गाको सर्जमीन, सँधियारसँग छलफलविनै कसरी जग्गाधनी पूर्जाका लागि सिफारिस ग¥यो ? भन्ने विषय पनि प्रष्ट हुन सकेको छैन । फेरि नेपाल सरकारको द्वितीय श्रेणीका शा.प्र.से. दर्जाले कार्यालयको पत्रमा आफ्नो तालुक कार्यालयलगायत कुनै कसैलाई जानकारीसम्म नगराई मालपोत र नापी शाखालाई मात्र पत्र लेख्ने र सो बमोजिम जग्गा नै व्यक्तिको नाममा दर्ता हुनुले स्थानियबासीले अख्तियार दुरुपयोग भएको र लामो समयसम्म पनि कुनै कसैलाई कारबाहीसमेत नहुनुले ठूलै चलखेल भएको आशंका गरेका छन् । उनीहरुले बारुदखानाको पछिल्लो निर्णयबाट आफूहरुलाई अन्याय परेको र कतिपय जग्गाका लागि बाटोसमेत थुनिएको भन्दै सम्बन्धित निकायसँग पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको बताए । २०४० सालको अधिग्रहणदेखि हालसम्म साझा पेट्रोलपम्प रि¨रोडस“गैबाट स्वयम्भु बारुदखाना र अजिमा हल पुग्ने जिएलडिमा समेत पर्ने उक्त बाटो (भगवानपाउ वनस्थली मार्ग जोडिने) बाटोकै अवस्थामा कायम छ । तर बाटोको बीच भागबाट जग्गा छुट्याएर जग्गाधनी पूर्जा लिएका व्यक्ति हरिप्रसाद सिलवाल आफ्नो दलबल समेत ल्याई आफूलाई कानूनले दिएको भन्दै पुर्जा देखाउ“दै अब छिट्टै उक्त जग्गामा छेकवार गरि पर्खाल लगाउने काम सुरु गर्ने भन्दै हिड्दा पीडित स्थानियहरु न्याय खोज्दै विभिन्न निकाय पुग्न थालेका हुन् । “नेपालमा जे पनि हुने रहेछ के गर्नु, जहा“ गए पनि यसरी एउटा कर्नेलले गुपसुप पत्रलेखेर जग्गा फिर्ता दिन नपाउने र दुबैतिर बाटो बीचमा व्यक्तिलाई फर्काइएको जग्गा देख्दा सम्पूर्ण अधिकारीहरु समेत अचम्मित भएका छन् । तर कारबाहिचाहि“ कसैले गर्दैनन्” स्थानियले दुःख पोखेका छन् । रक्षकद्वारा नै पिल्सिएका जनताले अब कता जाने र के गर्ने भन्दै निराशा प्रकट गरिरहेका छन् । यदि यसरी नै मालपोतबाट पनि हालसाविक भइसकेको बाटो बीचको जग्गा सरकारी कर्मचारीको बदनियतले व्यक्तिको नाममा गई अदालतबाट समेत निजकै नाममा फैसला भई आएमा यो एक नजिर नै बन्न जाने र भविष्यमा यस्ता प्रवृत्तिले व्यापकता पाई भोलिका दिनमा सिंहदरबार टुँडिखेल पनि जोगाउन मुस्किल पर्ने स्थानीय बुद्धिजीवीले चिन्ता व्यक्त गर्न थालेका छन् ।